। बाजुरामा विषालु च्याउ खाँदा एकजनाको मृत्यु भएको छ । बडिमालिका-७ धम्कनेका ५१ वर्षीय रामे थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
थापाको उपचारका क्रममा जिल्ला अस्पताल मार्तडीमा मृत्यु भएको हो । उनीकी श्रीमती नाम्सरी थापा पनि गम्भीर बिरामी छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।