मुख्य समाचार
गृह मन्त्रालयले हिन्दु र मुस्लिम समुदायका अगुवासँग छलफल गरेको छ
गृह मन्त्रालयले हिन्दु र मुस्लिम समुदायका अगुवासँग छलफल गरेको छ

। गृह मन्त्रालयले हिन्दु र मुस्लिम समुदायका अगुवासँग छलफल गरेको छ । मंगलबार सिंहदबारस्थित मन्त्रालयको हलमा दुई समुदायका अगुवासँग छुट्टा छुट्टै छलफल गरिएको हो ।

गृहमन्त्री सुधन गुरुङ समेतको उपस्थितीमा पहिला हिन्दु अगुवाहरूसँग छलफल भएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए । त्यसपछि मुस्लिम समुदायका अगुवासँग छलफल भएको थियो ।

आजको छलफलमा दुवै पक्षका समस्या सुन्ने काम भएको छ । समस्याहरुको यकीन पहिचान गरेर यसको समाधानका बारेमा राज्यले गर्नुपर्ने कामहरुको समेत सूची ल्याउन भनिएको प्रवक्ता काफ्लेले बताए ।

अहिले दुवै पक्षले सद्भाव कायम राख्न भूमिका खेलेको र यसैगरी आगामी दिनमा पनि यसलाई कायम राख्न भनिएको छ ।


आजको छलफलमा कुनै निर्णय भने भएको छैन । थप समस्या पहिचान गरेर समाधान गर्ने गरी दुबै समुदायलाई सँगै राखेर पुनः बैठक बस्ने गरी आजको छलफल टुंगिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रकुमार मेहताका परिवारले पूर्वसहमतिअनुसार नै राज्यका तर्फबाट राहत सहायता पाउने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । उपचारका क्रममा मंगलबार देवानगञ्ज–३ का २१ वर्षीय मेहताको मृत्यु भएपछि आफन्तले शव बुझ्न मानेका छैनन् । कप्तानगञ्ज क्षेत्रमा प्रदर्शन भइरहेको छ । आफन्तले शव नबुझेपछि प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालले अपिल जारी गर्दै ...
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सांसद राजुनाथ पाण्डेले नेपाली सेनाका क्याप्टेनलाई थर्काएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । काठमाडौं क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद पाण्डेले गोकर्णस्थित नेपाल ट्रस्टको जग्गामा बाटो विस्तार गर्ने क्रममा ‘थर्काउने शैली’मा नेपाली सेनाका अधिकारीसँग गरेको सवालजवाफ भाइरल बनेको हो । ट्रस्टको वालमा पाण्डेको अगुवाइको टोलीले डोजर चलाएपछि नेपाली सेनाले रोक्न खोजेको थियो ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन र निजी क्षेत्रको आत्मविश्वास पुनर्स्थापित गर्न सरकारले बैंकिङ क्षेत्रसँग घनिष्ट सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार सिंहदरबारमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूसँगको छलफलमा अर्थमन्त्री वाग्लेले बजेटमार्फत आर्थिक रूपान्तरणको स्पष्ट दिशा तय गरिएको उल्लेख गरे । साथै, अबको मुख्य प्राथमिकता प्रभावकारी कार्यान्वयनमा रहेको उनको भनाइ ...
। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपालले भारतको भूमि मिचेको भन्ने अभिव्यक्तिउपर प्रधानमन्त्री बालेन शाहले जवाफ दिनैपर्ने बताएका छन् । तर आफूहरूले जति माग गरे पनि यो विषयमा संसद्‍मा जवाफ दिन प्रधानमन्त्री तयार नभएको र सभामुख डोलप्रसाद अर्यालले पनि रुलिङ नगरेको भन्दै उनले प्रश्न गरेका हुन् । ‘थुप्रै दिनदेखि प्रधानमन्त्रीको अभिव्यक्तिलाई सच्याउनुपर्छ भन्ने मागका साथ विरोध ...
। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सर्पदंश उपचारका लागि आवश्यक ‘एन्टी स्नेक भेनम’ को अभाव नरहेको दाबी गरेकी छ्न् । मंगलबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले यस्तो दाबी गरेकी हुन् । उनले देशभर सर्पदंश उपचारका लागि हाल १ हजार २ सय ६९ भायल एन्टिभेनम मौज्दात रहेको जानकारी ...