मुख्य समाचार
मन्त्री निशा मेहताले सर्पदंश उपचारका लागि आवश्यक ‘एन्टी स्नेक भेनम’ को अभाव नरहेको दाबी
मन्त्री निशा मेहताले सर्पदंश उपचारका लागि आवश्यक ‘एन्टी स्नेक भेनम’ को अभाव नरहेको दाबी

। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सर्पदंश उपचारका लागि आवश्यक ‘एन्टी स्नेक भेनम’ को अभाव नरहेको दाबी गरेकी छ्न् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले यस्तो दाबी गरेकी हुन् ।

उनले देशभर सर्पदंश उपचारका लागि हाल १ हजार २ सय ६९ भायल एन्टिभेनम मौज्दात रहेको जानकारी दिइन् ।

उनले स्वास्थ्य सेवा विभागको मंगलवारको तथ्यांकअनुसार केन्द्रीय स्टोर, प्रादेशिक आपूर्ति केन्द्र, स्वास्थ्य कार्यालय तथा सर्पदंश उपचार केन्द्रहरूमा गरी उक्त परिमाणमा एन्टिभेनम उपलब्ध रहेको बताइन् ।


उनकाअनुसार हाल मौज्दात रहेको १ हजार २ सय ६० भायल एन्टिभेनमबाट विष लागेको तथा नलागेको गरी करिव ८ सय ५० जना सर्पदंशका बिरामीको उपचार गर्न सकिने प्राविधिक आकलन गरिएको छ ।

मन्त्री मेहताले सर्पदंश उपचारका लागि आवश्यक १३ हजार २ सय भायल एन्टी स्नेक भेनम खरिद प्रक्रिया अघि बढिसकेको र साउन मसान्तसम्म आपूर्ति हुने व्यवस्था मिलाइएको पनि जानकारी दिइन् ।

उनले तत्काल एन्टी स्नेक भेनम अभाव हुन नदिन सम्बन्धित निकायसँग समन्वय गरी आपूर्ति, वितरण तथा दीर्घकालीन व्यवस्थापनलाई थप प्रभावकारी र दिगो बनाउनेतर्फ सरकार केन्द्रित रहेको बताइन् ।

उनले सर्पदंश भएका बिरामीलाई घरायसी उपचारमा नअल्झिन समेत आग्रह गरिन् ।

उनले भनिन्, ‘स्वास्थ्य सेवा विभागबाट १३ हजार २ सय भाइल सर्पदंश उपचारका लागि आवश्यक पर्ने एन्टी स्नेक भेनमको खरिद प्रक्रिया अगाडि बढाइएको छ । र, साउन मसान्तसम्म आपूर्ति हुनेगरी व्यवस्था गरिएको छ ।’

उनले थपिन्, ‘तत्काल खोपको अभाव हुन नदिनका लागि सम्बन्धित निकायहरूसँग समन्वय गरि खोपको आपूर्ति, वितरण तथा दीर्घकालीन व्यवस्थाका लागि थप प्रभावकारी र दिगो बनाउने कुरामा जोड दिइएको छ ।’

मन्त्री मेहताले रेबिजविरुद्धको भ्याक्सिन (खोप) आपूर्तिको समेत समस्या नरहेको बताइन् ।

उनले हाल स्वास्थ्य विभागले २ लाख ७४ हजार भायल एमआरभी खरिदका सम्झौता भएर आपूर्तिको क्रममा रहेको बताइन् । उनले १ लाख ९० लाख एमआरभी गत हप्ता आपूर्ति भइसकेको जानकारी दिइन् । देशभर खोपको सुनिश्चितता गर्न सरकार प्रतिबद्ध रहेको जानकारी समेत दिइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। हुलाकी राजमार्गअन्तर्गत सप्तरीको महदेवा गाउँपालिका–१ चिमटीमा मोटरसाइक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पकरीबाट गएराति बथनाहातर्फ जाँदै गरेको स ०१–००६ प २४९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई कल्भर्टमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक स्थानीय ३५ वर्षीय सन्तोष राम र पछाडि सवार ४५ वर्षीय शङ्कर रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सप्तरी प्रहरीका ...
। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सुनसरी घटनाको जिम्मा सरकारले लिनुपर्ने बताएका छन् । ‘सुनसरी, सिरहा, धनुषा र पर्सालगायतका जिल्लाहरूमा भएका घटना र त्यसक्रममा सरकारले नागरिकको ज्यानै जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो ?’ उनी भन्छन्, ‘यसबारे सरकारले चित्बुझ्दो जवाफ दिनुपर्छ र घटनाको जिम्मा लिनुपर्छ ।’ प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले क्षति भएको सम्पत्तिको एकीन ...
। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयबाट हटाएर गृह मन्त्रालय मातहत नै फर्काउनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले शक्ति केन्द्रीकरणले लोकतन्त्रमा विकृति ल्याउने तर्क गरेका हुन् । सांसद केसीले शक्तिले भ्रष्ट ...
। नेपाली कांग्रेसले सुकुमवासी बस्तीबाट हटाइएकाहरूलाई तत्काल कम्तीमा पाँच वटा सुविधा दिन माग गरेको छ । भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासी नागरिकको अवस्था र व्यवस्थापन सम्बन्धीको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले काठमाडौं उपत्यकाका सुकुमवासी बस्तीबाट हटाइएकाहरूलाई सुविधा उपलब्ध हुने गरी सरकारसँग विभिन्न पाँच वटा माग राखेका हुन् ...
। भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासी नागरिकको अवस्था र व्यवस्थापन सम्बन्धीको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत भएको छ । उक्त प्रस्ताव प्रस्तुत गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुमवासी बस्तीबाट विस्थापित नागरिकको संख्या समेत संसद्मा प्रस्तुत गरेका छन् । ‘सरकारी तथ्याङ्कअनुसार छोटो अवधिमै २ हजार ६१६ घरधुरीका ११ हजारभन्दा बढी नागरिक विस्थापित भए,’ आङ्देम्बेले ...