मुख्य समाचार
स्थित पानीधारा नजिक खसेको ढुंगा सहितको सुक्खा पहिरो हटाइएपछि पृथ्वी राजमार्ग पुनः सञ्चालनमा
स्थित पानीधारा नजिक खसेको ढुंगा सहितको सुक्खा पहिरो हटाइएपछि पृथ्वी राजमार्ग पुनः सञ्चालनमा

: धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० स्थित पानीधारा नजिक खसेको ढुंगा सहितको सुक्खा पहिरो हटाइएपछि पृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ।

इलाका प्रहरी कार्यालय गजुरीका अनुसार डोजरको सहायताले पहिरो पन्छाइएपछि करिब दुई घण्टापछि राजमार्गमा सवारी आवागमन पुनः सुचारु गरिएको हो।

पहिरोका कारण रोकिएका सवारी साधनहरू राजमार्ग खुलेसँगै गन्तव्यतर्फ सञ्चालन हुन थालेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद निश्कल राईले शान्ति भनेको कर्फयु हटाउनु र सडक खोल्नु मात्र नभएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सुनसरी घटनाको सन्दर्भ निकाल्दै सांसद राईले नागरिकको मनबाट डर हटाउनु र न्यायप्रति विश्वास जगाउनु र एक समुदायले अर्को समुदायलाई पुनः छिमेकीको रुपमा हेर्न सक्नु भएको बताएका छन् । उनले सरकार र आन्दोलनरत एउटा पक्षबीच ...
: प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले तत्काल एलपी ग्यासको ‘सिलिन्डर म्यापिङ’ सुरु गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले मागभन्दा बढि ग्यास आयात हुँदा पनि बजारमा ग्यासको अभाव देखिएको भन्दै तत्काल ’सिलिन्डर म्यापिङ’ सुरु गर्न आयल निगमलाई निर्देशन दिएको हो । समिति सभापति रहबर अन्सारीले ...
: प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान ११ बजे सुरु छलफलमा समसामयिक राजनीतिक विषयमा छलफल जारी छ । प्रधानमन्त्रीसँगको भेटमा सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, ज्ञानेन्द्र महता, जगत जोशी, कोमल ज्ञवाली र केपी खनाल छन् । प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका ...
: यात्रुबाहक बसले ठक्कर दिँदा चालकसहित कार सुनकोसी नदीमा वेपत्ता भएपछि दोषीमाथि कारबाहीको माग गर्दै मध्य पहाडी राजमार्ग अवरुद्ध गरिएको छ । वेपत्ताका आफन्त र स्थानीयले मध्य पहाडी लोकमार्गअन्तरगत खुर्कोट–घुर्मी सडक खण्डको फिक्कल गाउँपालिका–२ नवलपुरमा मंगलबार बिहानदेखि राजमार्ग अवरुद्ध गराएका हुन । राजमार्गमा रुख,ढुंगामुढा राख्नुका साथै स्थानीय टायर बालेर राजमार्ग अबरुद्ध गरेका छन् । फिक्कल गाउँपालिका–२ ...
: प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहने गरी ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ पारित गरेको छ । सिंहदरबारमा मंगलबार बसेको बैठकले राष्ट्रिय अनुसन्धान विभागलाई गृहमन्त्रालय अन्तर्गत राख्नुपर्ने प्रस्तावलाई अस्वीकृत गर्दै प्रधानमन्त्री कार्यालय अन्तर्गत रहने साविकको व्यवस्था जगाउदै बहुमतले उक्त विधेयक पारित ...