मुख्य समाचार
सरकार र मृतक रवीन्द्र मेहताका परिवारका सदस्यसँग भएको संवाद सकारात्मक
सरकार र मृतक रवीन्द्र मेहताका परिवारका सदस्यसँग भएको संवाद सकारात्मक

: सरकार र मृतक रवीन्द्र मेहताका परिवारका सदस्यसँग भएको संवाद सकारात्मक भएको छ। गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा आज शिक्षण अस्पताल महाराजगञ्जमा भएको छलफलमा सरकारका तर्फबाट मृतकका परिवारले उठाएका माग सम्बोधन गर्न पूर्ण प्रतिबद्धता व्यक्त गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

गृहमन्त्रीले मृतकका आफन्तलाई घटनाप्रति दुःख व्यक्त गर्दै आवश्यक सहयोग तथा राहत उपलब्ध गराउन सरकार तयार रहेको आश्वासन दिए। वार्तामा सहभागी आफन्तले मृतकका बुबाआमासँग अहिले सल्लाह गरेपछि मात्रै भोलि थप छलफल गर्ने बताएका छन्। उनीहरूले अहिले मेहताका शव बुझेर परीक्षणका लागि शिक्षण अस्पतालमा पठाउन सहमति जनाएका छन्।

सरकार र परिवारबीचको संवाद सकारात्मक दिशामा अघि बढेको र भोलि पुनः छलफल गरी सहमतिलाई अन्तिम रूप दिने तयारी रहेको गृहमन्त्री गुरुङको सचिवालयले जनाएको छ। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा यही साउन १० गते राति भएको घटनामा घाइते भएका २२ वर्षीय रवीन मेहताको आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जोले बिदाइ शिष्टाचार भेट गरेकी छन् । संघीय संसद् सचिवालय, सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटवार्तामा नेपाल–युरोपेली संघ सम्बन्ध, संसदीय सहयोग, आर्थिक साझेदारी, विकास सहकार्य तथा आपसी हितका विविध विषयमा विचार–विमर्श भएको थियो । भेटमा सभामुख अर्यालले सन् २०१३ देखि नेपाल युरोपेली संघको हवाई सुरक्षा सूचीमा समावेश ...
: मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटवालसँग कोशी प्रदेश प्रहरी कार्यालयले स्पष्टीकरण मागेको छ। विराटनगर महानगरपालिका-७ गोश्वारा रोडस्थित व्यवसायी बेनी गोपाल मुन्दडाको घरमा ठूलो संख्यामा प्रहरी परिचालन गरी खानतलासी गरिएको घटनाबारे स्पष्टीकरण सोधिएको हो। कोशी प्रदेश प्रहरी कार्यालयले उक्त घटनासम्बन्धी प्राप्त सूचना, उपलब्ध विवरण तथा प्रारम्भिक तथ्यका आधारमा प्रहरीको निर्णय प्रक्रिया, कानुनी आधार र कार्यसम्पादनबारे गम्भीर ...
: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद निश्कल राईले शान्ति भनेको कर्फयु हटाउनु र सडक खोल्नु मात्र नभएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सुनसरी घटनाको सन्दर्भ निकाल्दै सांसद राईले नागरिकको मनबाट डर हटाउनु र न्यायप्रति विश्वास जगाउनु र एक समुदायले अर्को समुदायलाई पुनः छिमेकीको रुपमा हेर्न सक्नु भएको बताएका छन् । उनले सरकार र आन्दोलनरत एउटा पक्षबीच ...
: प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले तत्काल एलपी ग्यासको ‘सिलिन्डर म्यापिङ’ सुरु गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले मागभन्दा बढि ग्यास आयात हुँदा पनि बजारमा ग्यासको अभाव देखिएको भन्दै तत्काल ’सिलिन्डर म्यापिङ’ सुरु गर्न आयल निगमलाई निर्देशन दिएको हो । समिति सभापति रहबर अन्सारीले ...
: प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान ११ बजे सुरु छलफलमा समसामयिक राजनीतिक विषयमा छलफल जारी छ । प्रधानमन्त्रीसँगको भेटमा सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, ज्ञानेन्द्र महता, जगत जोशी, कोमल ज्ञवाली र केपी खनाल छन् । प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका ...