मुख्य समाचार
संवैधानिक इजलास गठन : परम्परा तोडिएपछि नेपाल बार असन्तुष्ट
संवैधानिक इजलास गठन : परम्परा तोडिएपछि नेपाल बार असन्तुष्ट

: साउन १३ - संवैधानिक इजलासमा न्यायाधीशहरूः डा. मनोजकुमार शर्मा, सपना प्रधान मल्ल, विनोद शर्मा, सारंगा सुवेदी र अब्दुल अजीज मुसलमान।

असार ३१ - संवैधानिक इजलासमा न्यायाधीशहरूः प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित हरिप्रसाद फुयाँल, विनोद शर्मा, सारंगा सुवेदी र टेकप्रसाद ढुंगाना।





असार २४ -ससंवैधानिक इजलासमा न्यायाधीशहरूः प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित सपना प्रधान मल्ल, विनोद शर्मा, सारंगा सुवेदी र अब्दुल अजीज मुसलमान।
संवैधानिक विवादहरू हेर्न गठित संवैधानिक इजलास गठनमा क्रमभंगता भएको छ। डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीश नियुक्त भएपछि गठित संवैधानिक इजलास गठनमा क्रमभंगता भएको हो। डा. शर्मा गत जेठ १९ गते प्रधानन्यायाधीशमा नियुक्त भएका हुन्।

संवैधानिक इजलास गठनमा यसअघिको परम्परा र मान्यताविपरीत भएको उल्लेख गर्दै नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश शर्माको ध्यानाकर्षण गराएको छ। बारका महासचिव केदारप्रसाद कोइराला भन्छन्, ‘प्रधानन्यायाधीशको छनोटबाट न्यायाधीश चयन गरेर इजलास गठन हुँदा टीकाटिप्पणी भइरहेकाले ध्यानाकर्षण गराएका हौं।’ यसै विषयमा बुधबार सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) बस्ने सर्वोच्च स्रोतले जनाएको छ।

बार र बेन्चबीच दूरी बढ्दै
भनिन्छ– बार र बेन्चबीच निकट सम्बन्ध हुनुपर्छ। तर, संवैधानिक इजलास गठनलगायतका कारणहरूले गर्दा बेन्च र बारको दूरी बढ्दै गएको छ।
यसअघिको परम्परा र मान्यताविपरीत संवैधानिक इजलास गठन गरेपछि कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसन असन्तुष्ट देखिएको छ। बारले सर्वोच्च अदालतको पूर्णबैठक बसी आवश्यक निकासका लागि अनुरोधसमेत गरेको छ। शर्मा प्रधानन्यायाधीश भएपछि परम्परा र मान्यताविपरीत संवैधानिक इजलास गठन गरिएको बारको दाबी छ।null

पछिल्लो पटक साउन १३ गतेको संवैधानिक इजलासमा भने रोलक्रमबाहिर रहेका न्यायाधीश समेटेर इजलास गठन गरिएको थियो। प्रधानन्यायाधीश शर्माको नेतृत्वमा गठित इजलासमा सपना प्रधान मल्ल, विनोद शर्मा, सारंगा सुवेदी र अब्दुल अजीज मुसलमान रहेका थिए। सपना प्रधानपछि कुमार रेग्मी, हरिप्रसाद फुयाँल र नहकुल सुवेदी वरिष्ठ मानिन्छन्। तर, इजलास गठनमा रेग्मी, फुयाँल र सुवेदीभन्दा कनिष्ठ न्यायाधीशलाई समावेश गरिएको छ।

नेपाल बार एसोसिएसनका महासचिव कोइरालाका अनुसार यसअघिको परम्परा र मान्यताविपरीत संवैधानिक इजलास गठन गरिएकोमा व्यापक गुनासो आएको छ। गुनासोबारे बारको तर्फबाट प्रधानन्यायाधीश डा. शर्मासमक्ष पटक–पटक ध्यानाकर्षण पनि गराइएको कोइरालाले बताए। ‘संवैधानिक इजलास गठनमा निश्चितता र एकरूपता होस् भन्ने हाम्रो भनाइ हो,’ कोइरालाले अन्नपूर्ण पोस्ट्सँग भने, ‘बारले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि कार्यान्वयन भएको छैन। यसले गर्दा बार–बेन्चबीचको दूरी बढ्ने दिशातिर उन्मुख छ।’

बिहीबार बसेको बार एसोसिएसनको केन्द्रीय कार्यसमितिसहित सल्लाहकारहरूसँगको संयुक्त बैठकले पनि वरिष्ठताको आधार वा रोस्टरमा रहेका न्यायाधीशहरूको बीचमा गोला गराई संवैधानिक इजलास गठन गर्नुपर्ने सुझाव दिएको थियो।

संवैधानिक इजलास गठनमा निश्चितता र एकरूपता हुनुपर्छ भन्ने हाम्रो स्पष्ट माग हो। विगतको परम्परा र वरिष्ठतालाई मिचेर स्वविवेकका आधारमा न्यायाधीश तोकिँदा बार–बेन्चबीचको दूरी बढ्दै गएको छ। हामीले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएकाले न्यायप्रणालीप्रतिको जनआस्था जोगाउन फुलकोर्ट बैठकबाटै यसको निकास खोजिनुपर्छ।
केदारप्रसाद कोइराला
महासचिव, नेपाल बार एसोसिएसन

संवैधानिक व्यवस्था र स्थापित प्रक्रियाअनुसार नै प्रधानन्यायाधीशज्यूबाट संवैधानिक इजलास गठन हुँदै आएको हो। रोस्टरमा रहेका न्यायाधीशहरूमध्येबाटै नियमपूर्वक इजलास तोकिएकाले कुनै परम्परा वा नियम मिचिएको छैन। नियमित रूपमा बुधबार बस्ने इजलास संविधानकै परिधिभित्र रहेर सञ्चालन भइरहेको छ।
अर्जुनप्रसाद कोइराला
प्रवक्ता, सर्वोच्च अदालत

बार महासचिव कोइरालाका अनुसार वरिष्ठता र रोस्टरमा रहेका न्यायाधीशहरूबीचमा गोला गराई संवैधानिक इजलास गठन गरी जनआस्था अभिवृद्धि गर्न उपयुक्त हुने सुझाव प्राप्त भएको छ। सल्लाहकारहरूसँगको बैठकबाट प्राप्त सुझावअनुसार संवैधानिक इजलास गठनका लागि सर्वोच्च अदालतको पूर्ण बैठक बसी आवश्यक निकासका लागि समेत बारले अनुरोध गरेको छ।

null

२०७२ सालमा नेपालको संविधानको धारा १३७ बमोजिम सर्वोच्च अदालतमा एक संवैधानिक इजलासको व्यवस्था गरिएको हो। संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित न्यायपरिषद्ले सिफारिस गरेको सूचीमा रहेका न्यायाधीशहरूमध्येबाट प्रधानन्यायाधीशले तोकेका अन्य ४ जना न्यायाधीश रहने व्यवस्था छ। संघ, प्रदेश वा स्थानीय तहबीचको अधिकार क्षेत्रको विवाद र संघीय संसद वा प्रदेशसभाका सदस्यको निर्वाचन वा अयोग्यतासम्बन्धी मुद्दामा सुरु कारबाही र किनारा गर्ने अधिकार पनि संवैधानिक इजलासलाई रहेको छ।

यसका अतिरिक्त सर्वोच्चमा विचाराधीन कुनै मुद्दामा गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिएमा त्यस्तो मुद्दा संवैधानिक इजलासबाट हेर्ने गरी तोक्न सक्ने अधिकार प्रधानन्यायाधीशलाई रहेको छ। संघीय संसद् वा प्रदेशसभा सदस्यको निर्वाचनसम्बन्धी विवाद र संघीय संसदका सदस्य वा प्रदेशसभा सदस्यको अयोग्यतासम्बन्धी विवाद पनि संवैधानिक इजलासले हेर्ने संवैधानिक व्यवस्था रहेको छ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले रोस्टरमा रहेका न्यायाधीशहरूबीचमा प्रधानन्यायाधीशबाट संवैधानिक व्यवस्थाअनुसार नै इजलास गठन हुँदै आएको बताए। ‘संवैधानिक व्यवस्थाअनुसार नै नियमित रूपमा बुधबार संवैधानिक इजलास गठन हुँदै आएको छ,’ उनले भने।

नेपाल बार एसोसिएसनकी पूर्वमहासचिव अञ्जिता खनालले संवैधानिक इजलास गठनमा वरिष्ठतालाई ध्यान दिने गरिएकोमा यसपटक परम्परा तोडिएको बताइन्। अधिवक्ता खनालले अन्नपूर्णसँग भनिन्, ‘इजलास गठनमा वरिष्ठताअनुसार हुने विगतको परम्परा हो। यस पटक परम्परा भत्किएको छ। परम्पराअनुसार इजलास गठन भए हुन्थ्यो भन्ने कानुन व्यवसायीको चाहना हो।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: लुम्बिनी प्रदेशमा पाँच वर्षमा ७ हजार ८ सय ६६ सवारी दुर्घटना भएका छन्। दुर्घटनामा परी २ हजार ५ सय २५ जनाको मृत्यु भएको छ। यो राष्ट्रिय सडक सुरक्षा परिषदले सार्वजनिक गरेको तथ्यांक हो। दुर्घटनामा ५ हजार ४ सय १६ जना गम्भीर तथा ६ हजार ८ सय ४ जना सामान्य घाइते भएका छन्। पाँच वर्षको ...
: दाङको गढवा गाउँपालिकाका तत्कालीन अध्यक्ष सहजराम अहिरसमेत गरी पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गाउँपालिकाका तत्कालीन अध्यक्ष अहिर,तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी,तत्कालीन राजश्व शाखा प्रमुख शम्भु चौधरीविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरेको हो। यस्तै आयोगले सगुन कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रालि बुटवल १३ रुपन्देही र उक्त कम्पनीका प्रबन्ध निर्देशक ...
: प्रधानमन्त्री बालेन शाह र प्रधान सेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ। उनीहरूबीच मंगलबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो। प्रधानमन्त्री शाहले रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका छन्। सैनिक प्रवक्ता राजाराम बस्नेतले प्रधानमन्त्री र प्रधान सेनापतिबीच भेटघाट नियमित भएको बताए। उनले अन्नपूर्णसँग भने,'पछिल्लो समय सामसामयिक विषयमा उहाँहरूबीच छलफल भएको हो।' भेटमा मोरङ ...
: सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जोले बिदाइ शिष्टाचार भेट गरेकी छन् । संघीय संसद् सचिवालय, सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटवार्तामा नेपाल–युरोपेली संघ सम्बन्ध, संसदीय सहयोग, आर्थिक साझेदारी, विकास सहकार्य तथा आपसी हितका विविध विषयमा विचार–विमर्श भएको थियो । भेटमा सभामुख अर्यालले सन् २०१३ देखि नेपाल युरोपेली संघको हवाई सुरक्षा सूचीमा समावेश ...
: मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटवालसँग कोशी प्रदेश प्रहरी कार्यालयले स्पष्टीकरण मागेको छ। विराटनगर महानगरपालिका-७ गोश्वारा रोडस्थित व्यवसायी बेनी गोपाल मुन्दडाको घरमा ठूलो संख्यामा प्रहरी परिचालन गरी खानतलासी गरिएको घटनाबारे स्पष्टीकरण सोधिएको हो। कोशी प्रदेश प्रहरी कार्यालयले उक्त घटनासम्बन्धी प्राप्त सूचना, उपलब्ध विवरण तथा प्रारम्भिक तथ्यका आधारमा प्रहरीको निर्णय प्रक्रिया, कानुनी आधार र कार्यसम्पादनबारे गम्भीर ...