मुख्य समाचार
भोजिन्हा व्यावसायिक फुटबल खेल्न जाँदा चिलीमा उनलाई भव्य स्वागत
भोजिन्हा व्यावसायिक फुटबल खेल्न जाँदा चिलीमा उनलाई भव्य स्वागत

: केप भर्डेका चर्चित गोलरक्षक भोजिन्हाले फिफा विश्वकप २०२६ मा विशेष चर्चा बटुलेका थिए। ४० वर्षीय अनुभवी गोलरक्षक भोजिन्हाले फिफा विश्वकपमा केप भर्डेको ऐतिहासिक यात्रामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

विश्वकपको पहिलो खेलमै बलियो दाबेदार स्पेनविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै उनले आफ्नो टोलीलाई गोलरहित बराबरीमा रोक्न महŒवपूर्ण योगदान दिएका थिए। स्पेनले लगातार आक्रमण गरे पनि भोजिन्हाले सात उत्कृष्ट बचाउ गर्दै केप भर्डेको पोस्ट जोगाएका थिए।

स्पेनविरुद्धको त्यो प्रदर्शनपछि भोजिन्हा विश्व फुटबलका नयाँ नायकका रूपमा उदाएका थिए। विश्वकपअघि सीमित फुटबलप्रेमीबीच मात्र परिचित रहेका उनी एकै खेलपछि सामाजिक सञ्जालमा समेत चर्चाको केन्द्र बनेका थिए। उनको इन्स्टाग्राम फलोअर्सको संख्यासमेत केही दिनमै लाखौंले बढेको थियो। उनै भोजिन्हालाई चिलीमा समर्थक र फुटबलप्रेमीले भव्य स्वागत गरेका थिए। चिलीमा भएको स्वागतका क्रममा समर्थकहरूले भोजिन्हालाई राष्ट्रिय हिरोको सम्मान दिएका थिए। उनको उत्कृष्ट गोलरक्षाको प्रशंसा गर्दै समर्थकले ताली बजाएर स्वागत गरेका थिए भने उनलाई हेर्न ठूलो संख्यामा फुटबलप्रेमी उपस्थित भएका थिए।




भोजिन्हा व्यावसायिक फुटबल खेल्न जाँदा चिलीमा उनलाई भव्य स्वागत गरिएको हो। भोजिन्हा दक्षिण अमेरिकी राष्ट्र चिलीको कोलो–कोलो क्लबमा अनुबन्ध भएका छन्। दक्षिण अमेरिकी फुटबलमा छुट्टै परिचय बनाएको कोलो–कोलोसँग भोजिन्हाले १८ महिनाको सम्झौता गरेका छन्। त्यही समझौता अनुरुप व्यावसायिक फुटबल खेल्न उनी चिली पुगेका हुन्।

विश्वकपमा आफ्नो देशलाई ऐतिहासिक उचाइमा पुर्‍याउने क्रममा देखाएको साहस र समर्पणका कारण भोजिन्हाप्रति विश्वभरको आकर्षण बढ्दो छ। केप भर्डे पहिलोपटक विश्वकपको मुख्य प्रतियोगितामा सहभागी भएको हो। सीमित स्रोतसाधन र करिब पाँच लाख जनसंख्या भएको सानो अफ्रिकी मुलुकले विश्व फुटबलका ठूला राष्ट्रसँग प्रतिस्पर्धा गर्दै देखाएको प्रदर्शनलाई ऐतिहासिक मानिएको छ। यस्तो अवस्थामा भोजिन्हाको प्रदर्शनले टोलीको आत्मविश्वास बढाउनुका साथै देशकै फुटबललाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेलेको छ।

भोजिन्हाको लोकप्रियता बढ्दै जाँदा उनको व्यक्तिगत जीवनसमेत चर्चामा आएको छ। विश्वकपका क्रममा उनकी आमाले अमेरिकामा पुगेर छोराको खेल प्रत्यक्ष हेर्न नसकेको विषय पनि चर्चामा आएको थियो। आर्थिक तथा भिसासम्बन्धी समस्याका कारण परिवार खेलस्थलमा उपस्थित हुन नसकेको भोजिन्हाको भावुक अभिव्यक्तिपछि उनको परिवारलाई सहयोग गर्न अमेरिकी अधिकारीहरूले समेत पहल गरेका थिए।

सानो देश, ठूलो सपना र अनुभवी गोलरक्षकको अद्भुत प्रदर्शन, केप भर्डेको विश्वकप यात्रालाई यही कथाले परिभाषित गरेको थियो। त्यही कारण भोजिन्हाको नाम अब केप भर्डेको फुटबल इतिहासमा मात्र होइन, विश्वकपको रोमाञ्चक कथामा समेत विशेष रूपमा लेखिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: २० औं एसियन गेम्स २०२६ अन्तर्गत करातेमा नेपालकी एरिका गुरुङ पदकविहीन बनेकी छन्। कुमुते विधाको ६८ केजीमाथिको कास्य पदकको लागि भएको खेलमा एरिका साउदी अरेबीयाकी दिना अहमद मुस्तफासँग ८–७ ले पराजित भएकी हुन्। सेमिफाइनल खेलमा एरिका काजकिस्तानकी सोफिया बेरुत्सेभासँग २–१ ले पराजित भएकी हुन्। उनले क्वाटरफाइनलमा जोर्डनकी यारा नसिरलाई ७–१ ले पराजित गर्दै सेमिफाइनल ...
: २० औं एसियन गेम्स अन्तर्गत महिला भलिबलमा समूह चरणबाट बाहिरिएका टोलीहरुबिच भएको वरियताको खेलमा नेपालले किर्गिस्तानलाई पराजित गरेको छ। नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजिनत गरेको हो। नेपालले किर्गिस्तानलाई २५–२०, २५–१६ र २५–२० ले हराएको हो । जापानको आइची नागोयामा भइरहेको २० औं एसियन गेम्समा नेपाल समूह ‘ए’ मा रहेर प्रतिस्पर्धा गरेको थियो। ...
। कप्तान राफिन्हाले लगातार दोस्रो खेलमा ह्याट्रिक गरेपछि बार्सिलोनाले ला लिगामा सेभियालाई ३–१ ले पराजित गर्दै शीर्षस्थानमा आफ्नो अग्रता थप फराकिलो बनाएको छ । रामोन सान्चेज पिजुआनमा भएको खेलमा घरेलु टोली सेभियाले १९औं मिनेटमा युसुफ फोफानाको गोलबाट अग्रता लिए पनि बार्सिलोनाले त्यसको तीन मिनेटमै जवाफ फर्कायो । राफिन्हाले बक्सभित्रबाट उत्कृष्ट फिनिस गर्दै खेल १–१ को बराबरीमा ...
। इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा आर्सनलले पहिलो हार बेहोरेको छ । शनिबार बेलुका भएको खेलमा ब्राइटनले आर्सनललाई ३-० ले पराजित गरेको हो । ब्राइटनको जितमा पास्कल ग्रस, चारालाम्पोस कोस्तुलास र चेमा आन्द्रियसले १-१ गोल गरे । खेलको ३१औं मिनेटमा ग्रसले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए । ४५औं मिनेटमा कोस्तुलासले अग्रता दोब्बर पारे । आन्द्रियसले ५७औं ...
। नेपाली एमएमए फाइटर युकी ‘द गोर्खा’ आङ्देम्बेले चीनमा भइरहेको जेसीके फाइट नाइट १२३ मा घरेलु फाइटर बुहुओगुबुलाई सर्वसम्मत निर्णय (युनानिमस डिसिजन) अनुसार पराजित गरेका छन् । चीनको शान्सी प्रान्तस्थित लुलियाङमा भएको प्रतियोगिताको मेन कार्डअन्तर्गत १३५ पाउन्ड (ब्यान्टमवेट) मा प्रतिस्पर्धा गरेका आङ्देम्बेले तीनै राउन्डमा प्रभावशाली प्रदर्शन गर्दै निर्णायकहरूको सर्वसम्मत मतबाट जित निकाले । यो जितसँगै आङ्देम्बेको पछिल्लो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम