मुख्य समाचार
विशेष अदालतले नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई धरौटीमा छाड्न आदेश
विशेष अदालतले नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई धरौटीमा छाड्न आदेश

: विशेष अदालतले नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई धरौटीमा छाड्न आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य, सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले पोखरा विमानस्थल निर्माणमा ठेकेदार कम्पनीलाई राजस्व छुट दिएर भ्रष्टाचार गरेको मुद्दामा धरौटीमा छाड्न आदेश दिएको हो।

विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार अधिकारीलाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको हो। अधिकारीले धरौटी बुझाए पनि उनीविरुद्ध अन्य मुद्दाहरू पनि रहेकाले रिहाइ भने नहुने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: लुम्बिनी प्रदेशमा पाँच वर्षमा ७ हजार ८ सय ६६ सवारी दुर्घटना भएका छन्। दुर्घटनामा परी २ हजार ५ सय २५ जनाको मृत्यु भएको छ। यो राष्ट्रिय सडक सुरक्षा परिषदले सार्वजनिक गरेको तथ्यांक हो। दुर्घटनामा ५ हजार ४ सय १६ जना गम्भीर तथा ६ हजार ८ सय ४ जना सामान्य घाइते भएका छन्। पाँच वर्षको ...
: दाङको गढवा गाउँपालिकाका तत्कालीन अध्यक्ष सहजराम अहिरसमेत गरी पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गाउँपालिकाका तत्कालीन अध्यक्ष अहिर,तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी,तत्कालीन राजश्व शाखा प्रमुख शम्भु चौधरीविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरेको हो। यस्तै आयोगले सगुन कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रालि बुटवल १३ रुपन्देही र उक्त कम्पनीका प्रबन्ध निर्देशक ...
: प्रधानमन्त्री बालेन शाह र प्रधान सेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ। उनीहरूबीच मंगलबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो। प्रधानमन्त्री शाहले रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका छन्। सैनिक प्रवक्ता राजाराम बस्नेतले प्रधानमन्त्री र प्रधान सेनापतिबीच भेटघाट नियमित भएको बताए। उनले अन्नपूर्णसँग भने,'पछिल्लो समय सामसामयिक विषयमा उहाँहरूबीच छलफल भएको हो।' भेटमा मोरङ ...
: सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जोले बिदाइ शिष्टाचार भेट गरेकी छन् । संघीय संसद् सचिवालय, सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटवार्तामा नेपाल–युरोपेली संघ सम्बन्ध, संसदीय सहयोग, आर्थिक साझेदारी, विकास सहकार्य तथा आपसी हितका विविध विषयमा विचार–विमर्श भएको थियो । भेटमा सभामुख अर्यालले सन् २०१३ देखि नेपाल युरोपेली संघको हवाई सुरक्षा सूचीमा समावेश ...
: मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटवालसँग कोशी प्रदेश प्रहरी कार्यालयले स्पष्टीकरण मागेको छ। विराटनगर महानगरपालिका-७ गोश्वारा रोडस्थित व्यवसायी बेनी गोपाल मुन्दडाको घरमा ठूलो संख्यामा प्रहरी परिचालन गरी खानतलासी गरिएको घटनाबारे स्पष्टीकरण सोधिएको हो। कोशी प्रदेश प्रहरी कार्यालयले उक्त घटनासम्बन्धी प्राप्त सूचना, उपलब्ध विवरण तथा प्रारम्भिक तथ्यका आधारमा प्रहरीको निर्णय प्रक्रिया, कानुनी आधार र कार्यसम्पादनबारे गम्भीर ...