मुख्य समाचार
परीक्षाको मुखमा रजिष्ट्रेशन रोेकेको विरोधमा लुम्बिनी इन्टरनेशनल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी ललितपुरका क्याम्पस प्रमुखको कुर्सी विद्यार्थीले आगजनी
परीक्षाको मुखमा रजिष्ट्रेशन रोेकेको विरोधमा लुम्बिनी इन्टरनेशनल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी ललितपुरका क्याम्पस प्रमुखको कुर्सी विद्यार्थीले आगजनी

। परीक्षाको मुखमा रजिष्ट्रेशन रोेकेको विरोधमा लुम्बिनी इन्टरनेशनल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी ललितपुरका क्याम्पस प्रमुखको कुर्सी विद्यार्थीले आगजनी गरेका छन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भई विगत १० वर्षदेखि सञ्चालित उक्त क्याम्पसमा सिभिल इन्जीनियरिङको स्नातकोत्तर तहमा अध्ययनरत पहिलो सेमेष्टरका विद्यार्थीले आफूहरूको रजिष्ट्रेशन रोकेको विरोधमा क्याम्पस प्रमुखको कुर्सी कार्यकक्षबाट झिकेर आगजनी गरेको क्याम्पस प्रमुख खेटराज दाहालले बताए ।

विद्यार्थीहरू नाराबाजी गर्दै क्याम्पस प्रमुखको कार्यालयमा प्रवेश गरेका थिए ।

विश्वविद्यालयलाई सर्वोच्च अदालतले रजिष्ट्रेसन रोक्ने निर्णय कार्यान्वयन नगर्न उत्प्रेषणको आदेश दिएको १५ दिन वित्दा पनि रजिष्ट्रेशन खुलाउन आनाकानी गरिरहेपछि विद्यार्थीहरू रुष्ट बनेर आन्दोलित भएको विद्यार्थी सुशिल खनालले बताए ।


१० वर्षदेखि सञ्चालित क्याम्पसमा भर्ना भएर ६ महिना अध्ययन गरेर परीक्षाको तयारीमा रहेका बेला एक्कासी परीक्षाको रजिष्ट्रेसन रोक्निे निर्णयले विद्यार्थीहरु अन्याय र मर्कामा परेको विद्यार्थी खनालले गुनासो गरे ।

अदालतको आदेश समेत अवहेलना गर्दै लुम्बिनी वौद्ध विश्व विद्यालयले विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न खोजेको विषयमा थप कानूनी उपचार खोज्ने र आन्दोलनका कार्यक्रम घोषणा गर्ने विद्यार्थी खनालले बताए ।

कलेजले एमएससी इन कन्स्ट्रक्सन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट लगायतका तीनवटा विधामा स्नातकोत्तर तहको कक्षा सञ्चालन गर्न २०७२ साल मंसिर २७ मा सम्बन्धन प्राप्त गरेको थियो ।

‘१० वर्षसम्म शैक्षिक सत्रहरु सञ्चालन गरी आएकोमा तत्पश्चात् नेपाल इन्जिनियरिङ्ग परिषद् ऐन, २०५५. को दफा ३७ (२) बमोजिम नियम नबनेको अवस्थामा नेपाल इन्जिनियरिङ्ग परिषद्वारा इन्जिनियरिङ्ग शिक्षण संस्थाको स्नातकोत्तर तहका कार्यक्रमहरुको मान्यता तथा अनुगमन विनियमावली, २०८१ बनाएको आधारमा मान्यताको सर्त तोकी पुष्ट्याइँका कागजात पेस नगरेको भनी लुम्बिनी बौद्ध विश्वविद्यालयले डा. कूलप्रसाद खनालको संयोजकत्वमा गठन गरेको अध्ययन समितिको प्रतिवेदन र दिइएको विकल्प समेत नपर्खी नयाँ विद्यार्थी भर्ना र रजिष्ट्रेशन रोक्ने निर्णय गरेकोबाट निवेदकलाई प्रतिकूल प्रभाव पर्न जाने देखिएबाट सुविधा र सन्तुलनको दृष्टिबाट विपक्षीहरुको लिखित जवाफ परेपश्चात् पुनर्विचार हुने गरी हाललाई नयाँ विद्यार्थी भर्ना र रजिष्ट्रेशन रोक्ने निर्णयका पत्राचार कार्यान्वयन नगरी यथास्थितिमा राख्नू,’ भनी अन्तरिम आदेश जारी भएको थियो ।

अन्य विश्वविद्यालयमा उपकुलपति नियुक्ति भैसक्दा लुम्बिनी बौद्ध विश्वविद्यालयमा भने नियुक्त हुन सकेको छैन ।

पछिल्लो समय विश्वविद्यालयमा उपकुलपति नियुक्ति प्रक्रिया लम्बिँदै गएको र नेतृत्व अभावका बीच प्रशासनिक निर्णयहरू विवादमा तानिन थालेका छन् ।

यसैबीच निमित्त रजिष्ट्रार इन्द्र काफ्लेले कर्मचारी सरुवासम्बन्धी रातारात गरेको निर्णय रोक्न कार्यवाहक उपकुलपति डा.मानिकरत्न शाक्यले दिएको निर्देशनले विश्व विद्यालयभित्रको प्रशासनिक मतभेद थप सतहमा आएकोे छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राप्रपा सांसद ज्ञानबहादुर शाहीले जन्मदेखि आजको दिनसम्म आफ्नो शरीरमा एक थोपा मदिरा प्रयोग भएको भए सांसद पदबाटै राजीनामा दिने घोषणा गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्ने क्रममा सांसद शाहीले आफूविरुद्ध भ्रामक आरोपहरू फैलिरहेको जानकारी गराउँदै यस्तो घोषणा गरेका हुन् । मदिरा सेवन गरेर जे पनि बोल्यो, अश्लील भिडियोहरू आयो भन्ने खालका आरोपहरू आफूमाथि ...
। धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको माग उठान भइरहेका बेला स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ढल्केबरको ट्रमा सेन्टर निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेकी छन्। उनले नयाँ संरचना निर्माण सम्पन्न हुन समय लाग्ने भएकाले तत्कालका लागि लहानस्थित प्रादेशिक अस्पतालमा ‘ट्रमा युनिट’ सञ्चालन गर्न लागिएको बताएकी हुन्। सोमबार प्रतिनिधिसभामा जवाफ दिँदै मन्त्री मेहताले ढल्केबरमा क्रिटिकल केयर तथा ...
। नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले पार्टीलाई थप सशक्त, गतिशील र प्रभावकारी बनाउन नेतृत्वले अविलम्व निकास दिनुपर्ने बताएका छन् । नेपाली कांग्रेस सिन्धु–काठमाडौंद्वारा सोमवार आयोजित एक कार्यक्रममा बोल्दै नेता बस्नेतले पार्टीभित्रको वर्तमान गतिरोध अन्त्यका लागि सभापति गगन थापालाई आगामी २८ गतेसम्मको समयसीमा दिइएको बताएका हुन् । नेता बस्नेतले निर्धारित समयभित्र उपयुक्त निकास नआए २९ गतेदेखि पार्टीले नयाँ ...
। दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ-री हिमालको आधार शिविरमा फेला परेका पाँच वटा शवमध्ये दुई नेपाली र तीन विदेशी आरोहीको रहेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोषकुमार खड्काले आइतबार संकलन भएका पाँच शवमध्ये नेपाली पथप्रर्दशक दोलखाको गौरीशंकर गाउँपालिका–९ का पदम तामाङ र सोलुखुम्बुको माप्यदुधकुण्ड गाउँपालिका-५ का मेर कार्कीको ...
। नेकपा (एमाले) की सांसद सम्झना देवकोटाले ‘राष्ट्रिय सदाचार नीति, २०८३’ को प्रभावकारी कार्यान्वयनका लागि छुट्टै बजेट र अतिरिक्त जनशक्तिको आवश्यकता नरहेको बताएकी छिन् । सोमबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सदाचार र सुशासनका लागि राज्यको दृढ इच्छाशक्ति नै मुख्य पक्ष भएको उल्लेख गरिन् । बैठकमा ‘राष्ट्रिय सदाचार नीति, २०८३’ को कार्यान्वयनका सम्बन्धमा ...