मुख्य समाचार
फिफा अध्यक्ष इन्फान्टिनोले बोलाए आकस्मिक बैठक
फिफा अध्यक्ष इन्फान्टिनोले बोलाए आकस्मिक बैठक

। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले आफ्नो विवादित व्यावसायिक योजना फिर्ता लिएपछि उत्पन्न विवाद समाधान गर्न बुधबार मोरक्कोमा वरिष्ठ पदाधिकारीहरूको आकस्मिक बैठक बोलाएका छन् ।

फिफाको व्यावसायिक तथा प्रतियोगिता सञ्चालनसम्बन्धी अधिकार निजी संस्थालाई हस्तान्तरण गर्ने उद्देश्यले ल्याइएको ‘फिफा फरवार्ड इन्टरप्राइज’ योजना व्यापक आलोचनापछि रद्द गरिएको थियो ।

बीबीसीका अनुसार बैठकमा फिफाका महासचिव माटियास ग्राफस्ट्रोम, प्रमुख वित्त अधिकृत थोमस पेयर, कानुनी प्रमुख एमिलियो गार्सिया सिल्भेरो, प्रमुख सदस्य संघ प्रमुख एल्खान मम्मादोभ, सञ्चार निर्देशक ब्रायन स्वान्सनलगायत शीर्ष अधिकारी सहभागी हुनेछन् ।

फिफाका प्रमुख ग्लोबल फुटबल विकास अधिकारी तथा आर्सनलका पूर्वप्रशिक्षक आर्सेन वेङ्गरले योजना फिर्ता लिनु अत्यावश्यक र सही निर्णय भएको बताएका छन् ।


उनले उक्त योजनामा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्दै आफूले यसको जानकारी सञ्चारमाध्यमबाट मात्रै पाएको उल्लेख गरेका छन् । वेङ्गरले फिफाले पारदर्शिता, इमानदारी र स्वतन्त्रताका आधारमा फुटबलको सेवा गर्नुपर्ने बताएका छन् ।

यता महासचिव ग्राफस्ट्रोमले आन्तरिक इमेलमार्फत पछिल्लो घटनाक्रमलाई ‘दुःखद र निन्दनीय’ भन्दै टिप्पणी गरेका छन् ।

जोर्डन फुटबल संघका अध्यक्ष प्रिन्स अलीले भने पुरस्कार रकम रोक्का राख्ने र इन्फान्टिनोको पुनःनिर्वाचनलाई समर्थन गर्न दबाब दिने शैलीलाई ‘ब्ल्याकमेल’ सरह भएको आरोप लगाएका छन् ।

यसै विवादका बीच फिफाका ग्लोबल रणनीति तथा सुशासन सल्लाहकार कार्लोस कोर्डेरोले पदबाट राजीनामा दिएका छन् । उनले उक्त योजनालाई ‘फुटबलका लागि खराब सम्झौता’ भन्दै यसले ‘फुटबलको भविष्य धितो राख्ने’ टिप्पणी गरेका थिए ।

युरोपेली फुटबल महासंघ (युइएफए) ले पनि योजनासम्बन्धी कागजात सुरक्षित राख्न भन्दै फिफालाई कानुनी कारबाहीको चेतावनी दिएको छ ।

-बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: २० औं एसियन गेम्स २०२६ अन्तर्गत करातेमा नेपालकी एरिका गुरुङ पदकविहीन बनेकी छन्। कुमुते विधाको ६८ केजीमाथिको कास्य पदकको लागि भएको खेलमा एरिका साउदी अरेबीयाकी दिना अहमद मुस्तफासँग ८–७ ले पराजित भएकी हुन्। सेमिफाइनल खेलमा एरिका काजकिस्तानकी सोफिया बेरुत्सेभासँग २–१ ले पराजित भएकी हुन्। उनले क्वाटरफाइनलमा जोर्डनकी यारा नसिरलाई ७–१ ले पराजित गर्दै सेमिफाइनल ...
: २० औं एसियन गेम्स अन्तर्गत महिला भलिबलमा समूह चरणबाट बाहिरिएका टोलीहरुबिच भएको वरियताको खेलमा नेपालले किर्गिस्तानलाई पराजित गरेको छ। नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजिनत गरेको हो। नेपालले किर्गिस्तानलाई २५–२०, २५–१६ र २५–२० ले हराएको हो । जापानको आइची नागोयामा भइरहेको २० औं एसियन गेम्समा नेपाल समूह ‘ए’ मा रहेर प्रतिस्पर्धा गरेको थियो। ...
। कप्तान राफिन्हाले लगातार दोस्रो खेलमा ह्याट्रिक गरेपछि बार्सिलोनाले ला लिगामा सेभियालाई ३–१ ले पराजित गर्दै शीर्षस्थानमा आफ्नो अग्रता थप फराकिलो बनाएको छ । रामोन सान्चेज पिजुआनमा भएको खेलमा घरेलु टोली सेभियाले १९औं मिनेटमा युसुफ फोफानाको गोलबाट अग्रता लिए पनि बार्सिलोनाले त्यसको तीन मिनेटमै जवाफ फर्कायो । राफिन्हाले बक्सभित्रबाट उत्कृष्ट फिनिस गर्दै खेल १–१ को बराबरीमा ...
। इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा आर्सनलले पहिलो हार बेहोरेको छ । शनिबार बेलुका भएको खेलमा ब्राइटनले आर्सनललाई ३-० ले पराजित गरेको हो । ब्राइटनको जितमा पास्कल ग्रस, चारालाम्पोस कोस्तुलास र चेमा आन्द्रियसले १-१ गोल गरे । खेलको ३१औं मिनेटमा ग्रसले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए । ४५औं मिनेटमा कोस्तुलासले अग्रता दोब्बर पारे । आन्द्रियसले ५७औं ...
। नेपाली एमएमए फाइटर युकी ‘द गोर्खा’ आङ्देम्बेले चीनमा भइरहेको जेसीके फाइट नाइट १२३ मा घरेलु फाइटर बुहुओगुबुलाई सर्वसम्मत निर्णय (युनानिमस डिसिजन) अनुसार पराजित गरेका छन् । चीनको शान्सी प्रान्तस्थित लुलियाङमा भएको प्रतियोगिताको मेन कार्डअन्तर्गत १३५ पाउन्ड (ब्यान्टमवेट) मा प्रतिस्पर्धा गरेका आङ्देम्बेले तीनै राउन्डमा प्रभावशाली प्रदर्शन गर्दै निर्णायकहरूको सर्वसम्मत मतबाट जित निकाले । यो जितसँगै आङ्देम्बेको पछिल्लो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम