मुख्य समाचार
सेवाग्राहीले सरकारी अस्पतालमा चिकित्सक नपाउने गुनासो बढिरहेका बेला सेती प्रादेशिक अस्पतालले कार्यालय समयमै निजी क्लिनिकमा सेवा दिने चिकित्सकविरुद्ध कडा कदम
सेवाग्राहीले सरकारी अस्पतालमा चिकित्सक नपाउने गुनासो बढिरहेका बेला सेती प्रादेशिक अस्पतालले कार्यालय समयमै निजी क्लिनिकमा सेवा दिने चिकित्सकविरुद्ध कडा कदम

: सेवाग्राहीले सरकारी अस्पतालमा चिकित्सक नपाउने गुनासो बढिरहेका बेला सेती प्रादेशिक अस्पतालले कार्यालय समयमै निजी क्लिनिकमा सेवा दिने चिकित्सकविरुद्ध कडा कदम चालेको छ । अस्पतालले कार्यालय समयभित्र निजी क्लिनिक वा अन्य स्वास्थ्य संस्थामा काम गर्न पूर्ण रोक लगाउँदै उल्लंघन गर्ने चिकित्सकमाथि कानुनी तथा सेवा–शर्तअनुसार कारबाही गरिने चेतावनी दिएको हो ।

मंगलबार प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेद्वारा जारी सूचनामा केही चिकित्सक कार्यालय समयमै बाहिरका निजी क्लिनिक तथा स्वास्थ्य संस्थामा सेवा दिने गरेको गुनासो प्राप्त भएपछि यस्तो निर्णय गरिएको उल्लेख छ । अस्पताल प्रशासनका अनुसार सरकारी अस्पतालको सेवा प्रभावकारी, गुणस्तरीय र सेवाग्राहीमैत्री बनाउन सबै चिकित्सकले कार्यालय समयभरि आफ्नै कार्यस्थलमा उपस्थित भई तोकिएको जिम्मेवारी पूरा गर्नुपर्नेछ ।

यसबाट बिरामीले समयमै चिकित्सकीय सेवा पाउने र अस्पतालको सेवा प्रवाह थप व्यवस्थित हुने अपेक्षा गरिएको छ । सूचनामा कार्यालय समयभित्र कुनै चिकित्सक निजी क्लिनिक वा अन्य स्वास्थ्य संस्थामा कार्यरत रहेको पाइए प्रचलित कानुन तथा सेवा–शर्त बमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट चेतावनी दिइएको छ । सेती प्रादेशिक अस्पतालले सरकारी सेवाप्रतिको जवाफदेहिता बढाउन र बिरामीलाई सहज रूपमा उपचार उपलब्ध गराउने उद्देश्यले उक्त व्यवस्था कडाइका साथ लागू गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बाजुराको बडिमालिका नगरपालिका–७ मा जंगली च्याउको तरकारी खाएका श्रीमानको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर बिरामी परेकी छन् । मृत्यु हुनेमा बडिमालिका नगरपालिका–७ ढम्कनेका ५१ वर्षीय रामे थापा रहेका छन् । उनकी करिब ५० वर्षीया श्रीमती नाम्सरी थापा गम्भीर अवस्थामा जिल्ला अस्पताल मार्तडीमा उपचाररत छिन् । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार दम्पतीले सोमबार साँझ ...
। भेरी अस्पताल नेपालगञ्जले कुकुर, बाघ, चितुवा, सर्पलगायत विषालु जीवजन्तुको टोकाइपछि उपचारका लागि आउने बिरामीको विवरण डिजिटल प्रणालीमा व्यवस्थित गर्न थालेको छ । पश्चिम नेपालको प्रमुख रिफरल सेन्टरको रूपमा रहेको भेरी अस्पतालमा विभिन्न जिल्लाबाट कुकुर, बाघ, चितुवालगायत जीवजन्तुको टोकाइ तथा सर्पदंशको उपचारका लागि दैनिक थुप्रै बिरामी आउने गरेका छन् । डिजिटल विवरण व्यवस्थित नहुँदा उपचारमा आउने बिरामीहरूको ...
। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको नाम फेरि शिक्षा विभाग नै बनाइएको छ । शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलका अनुसार शिक्षा विभाग नै कायम गरिएको हो । ‘ऐनमा अहिले पनि शिक्षा विभाग नै थियो । यसपटक ओएनम गर्दा शिक्षा विभाग राखिएको हो,’ उनले भने । वेब साइटमा पनि नाम परिवर्तन गरी हाल शिक्षा विभाग उल्लेख गरिएको छ ...
। विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् । नर्सिङ क्षेत्रका सुधारका लागि नर्स ज्योति रानाभाट सुरु गर्नुभएको आमरण अनशनको पाँचौ दिन नर्सहरूले काठमाडौंको वीर अस्पतालमा प्रदर्शन गरेका हुन् । उनीहरूले न्यूनतम पारिश्रमिकको सुनिश्चिता, श्रमशोषणको अन्त्य लगाएतका १५ बुँदे माग राखेका छन् । उनीहरूले १५ बुँदे माग पुरा गर, ज्योतिको जीवन बचाउ, न्यायमा ढिलाई जीवनमा ...
। सरकार र चिकित्सक संघबीच सहमति भएको छ । साथै, चिकित्सक संघले देशभर जारी राखेको आन्दोलनका कार्यक्रम पनि फिर्ता भएको छ । स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र चिकित्सक संघबीच पाँचबुँदे सहमति भएको हो । बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य ...