मुख्य समाचार
महिला एसिया कप छनोटको खेलमा छनोट चरण पार गर्न नसकेको नेपालको नाम एसिया कप खेल्ने टोलीको नाममा समावेश
महिला एसिया कप छनोटको खेलमा छनोट चरण पार गर्न नसकेको नेपालको नाम एसिया कप खेल्ने टोलीको नाममा समावेश

: महिला एसिया कप छनोटको खेलमा छनोट चरण पार गर्न नसकेको नेपालको नाम एसिया कप खेल्ने टोलीको नाममा समावेश गरिएको छ ।
क्रिकइन्फोका अनुसार नेपाली महिला टोलीले पनि एसिया कप खेल्ने भनेर उल्लेख गरिएको छ । अगष्ट २८ देखि सेप्टेम्बर १३ सम्म यूएईमा हुने भनि तय भएको यस प्रतियोगितामा ८ टोलीले सहभागिता जनाउने छन् ।

जसमा साविक विजेता श्रीलंका, भारत, पाकिस्तान, बंगलादेश, नेपाल, मलेसिया, थाइल्यान्ड र आयोजक राष्ट्र यूएई रहेको छ । आयोजक राष्ट्रहरुलाई जुलाई २२ मा नै सहभागिता सम्बन्धि जानकारी पठाइएको क्रिकइन्फोमा उल्लेख गरिएको छ । यस प्रतियोगिताको तालिका भने निर्धारण भइसकेको छैन। जेठमा मलेसिया भएको छनोट चरण नेपाल पार गर्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: विश्वकप तथा अन्य व्यावसायिक अधिकारलाई फिफाले नयाँ व्यावसायिक निकायको करिब २० प्रतिशत हिस्सा निजी लगानीकर्तालाई बिक्री गर्ने विवादित योजना ल्याएपछि तीव्र आलोचना खेपेका फिफा अध्यक्ष जियानी इन्फान्टिनोले आफ्ना 'गल्तीहरू'स्वीकार गर्दै क्षमायाचना गरेका छन्। विश्वकप तथा अन्य व्यावसायिक अधिकारलाई निजी लगानीकर्तासँग जोड्ने ‘फिफा फरवार्ड इन्टरप्राइज योजना’ (एफएफई) ले विश्व फुटबलमा तीव्र विवाद निम्त्याएपछि उनीमाथि राजीनामाको ...
: अष्ट्रेलियन टप एण्ड टी–२० सिरिजको तालिका सार्वजनिक भएको छ । अष्ट्रेलियाको नर्थन टेरिटोरीमा हुने यो प्रतियोगिता अगष्ट २१ देखि ३० सम्म हुनेछ । डार्विनमा हुने यस प्रतियोगितामा नेपालले लिग चरणमा ६ खेल खेल्ने छ । नेपालले लिगको पहिलो खेलमा एनटी स्ट्राइकसँग खेल्ने छ । यस प्रतियोगिताका लागि नेपालको टोली भने घोषणा भएको छैन । यस ...
। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले आफ्नो विवादित व्यावसायिक योजना फिर्ता लिएपछि उत्पन्न विवाद समाधान गर्न बुधबार मोरक्कोमा वरिष्ठ पदाधिकारीहरूको आकस्मिक बैठक बोलाएका छन् । फिफाको व्यावसायिक तथा प्रतियोगिता सञ्चालनसम्बन्धी अधिकार निजी संस्थालाई हस्तान्तरण गर्ने उद्देश्यले ल्याइएको ‘फिफा फरवार्ड इन्टरप्राइज’ योजना व्यापक आलोचनापछि रद्द गरिएको थियो । बीबीसीका अनुसार बैठकमा फिफाका महासचिव माटियास ग्राफस्ट्रोम, ...
। अस्ट्रेलियाको नर्थन टेरिटोरीमा हुने एनटी टप एन्ड टी–२० सिरिजका लागि खेलतालिका सार्वजनिक भएको छ । अगस्ट २१ देखि ३० सम्म डार्विनमा हुने प्रतियोगितामा नेपालले लिग चरणमा ६ खेल खेल्नेछ । नेपालले पहिलो खेलमा अगस्ट २१ मा एनटी स्ट्राइकसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले दोस्रो खेल अगस्ट २२ मा बंगलादेश हाई–परफर्मेन्स टोलीसँग खेल्नेछ । त्यसपछि अगस्ट २४ मा ...
: विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोको पद संकटमा परेको छ। इन्फान्टिनोको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै इङ्लिस फुटबल एसोसिएसन (एफए) ले आगामी फिफा अध्यक्षीय निर्वाचनमा उनको अभियानलाई समर्थन नगर्ने घोषणा गरेको छ। यससँगै इन्फान्टिनोलाई नेतृत्वबाट विस्थापित गर्ने अभियानमा युरोपेली फुटबल जोडतोडले लागेको छ। इङ्लिस एफएको यो निर्णय वेल्स फुटबल एसोसिएसनले इन्फान्टिनोलाई निर्वाचनमा समर्थन नगर्ने घोषणा ...