मुख्य समाचार
पहुँच, चिनजान वा लुकाइछिपाइका आधारमा खाना पकाउने ग्यास बिक्री-वितरण गर्ने व्यवसायीलाई कडा कारबाही गर्ने चेतावनी
पहुँच, चिनजान वा लुकाइछिपाइका आधारमा खाना पकाउने ग्यास बिक्री-वितरण गर्ने व्यवसायीलाई कडा कारबाही गर्ने चेतावनी

: जिल्ला प्रशासन कार्यालय काठमाडौंले पहुँच, चिनजान वा लुकाइछिपाइका आधारमा खाना पकाउने ग्यास बिक्री-वितरण गर्ने व्यवसायीलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ। प्रशासनले यस्तो गतिविधिमाथि निगरानी गर्न सादा पोशाकमा सुरक्षाकर्मीसमेत परिचालन गरिएको जनाएको छ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा विभिन्न ब्रान्डका एलपी ग्यास बिक्री गर्ने डिपो, पसल तथा कम्पनीहरूले उद्योग वा डिलरबाट ल्याएको ग्यास लुकाइछिपाइ आफू निकट व्यक्ति, होटल, व्यवसायी वा सीमित ग्राहकलाई मात्र बिक्री-वितरण गरिरहेको भन्ने गुनासो प्राप्त भएको उल्लेख गरेको छ।

प्रशासनका अनुसार यस्तो कार्य प्रचलित कानुनविपरीत भएकाले सम्बन्धित डिपो, पसल, फर्म तथा कम्पनीमाथि नियमित अनुगमन भइरहेको छ। अनुगमनलाई प्रभावकारी बनाउन सूक्ष्म निगरानीका लागि सादा पोशाकमा सुरक्षाकर्मीसमेत परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी मुक्तिराम रिजालले जानकारी दिएका छन्।

प्रशासनले पहुँच र चिनजानका आधारमा ग्यास बिक्री गर्ने, कृत्रिम अभाव सिर्जना गर्न भण्डारण गरी लुकाउने वा अन्य गैरकानुनी गतिविधिमा संलग्न पाइए कडा कारबाही गरिने जनाएको छ। त्यस्ता स्थानमा लुकाएर राखिएका ग्यास सिलिन्डरसमेत जफत गरिने चेतावनी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राप्रपा सांसद ज्ञानबहादुर शाहीले जन्मदेखि आजको दिनसम्म आफ्नो शरीरमा एक थोपा मदिरा प्रयोग भएको भए सांसद पदबाटै राजीनामा दिने घोषणा गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्ने क्रममा सांसद शाहीले आफूविरुद्ध भ्रामक आरोपहरू फैलिरहेको जानकारी गराउँदै यस्तो घोषणा गरेका हुन् । मदिरा सेवन गरेर जे पनि बोल्यो, अश्लील भिडियोहरू आयो भन्ने खालका आरोपहरू आफूमाथि ...
। धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको माग उठान भइरहेका बेला स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ढल्केबरको ट्रमा सेन्टर निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेकी छन्। उनले नयाँ संरचना निर्माण सम्पन्न हुन समय लाग्ने भएकाले तत्कालका लागि लहानस्थित प्रादेशिक अस्पतालमा ‘ट्रमा युनिट’ सञ्चालन गर्न लागिएको बताएकी हुन्। सोमबार प्रतिनिधिसभामा जवाफ दिँदै मन्त्री मेहताले ढल्केबरमा क्रिटिकल केयर तथा ...
। नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले पार्टीलाई थप सशक्त, गतिशील र प्रभावकारी बनाउन नेतृत्वले अविलम्व निकास दिनुपर्ने बताएका छन् । नेपाली कांग्रेस सिन्धु–काठमाडौंद्वारा सोमवार आयोजित एक कार्यक्रममा बोल्दै नेता बस्नेतले पार्टीभित्रको वर्तमान गतिरोध अन्त्यका लागि सभापति गगन थापालाई आगामी २८ गतेसम्मको समयसीमा दिइएको बताएका हुन् । नेता बस्नेतले निर्धारित समयभित्र उपयुक्त निकास नआए २९ गतेदेखि पार्टीले नयाँ ...
। दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ-री हिमालको आधार शिविरमा फेला परेका पाँच वटा शवमध्ये दुई नेपाली र तीन विदेशी आरोहीको रहेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोषकुमार खड्काले आइतबार संकलन भएका पाँच शवमध्ये नेपाली पथप्रर्दशक दोलखाको गौरीशंकर गाउँपालिका–९ का पदम तामाङ र सोलुखुम्बुको माप्यदुधकुण्ड गाउँपालिका-५ का मेर कार्कीको ...
। नेकपा (एमाले) की सांसद सम्झना देवकोटाले ‘राष्ट्रिय सदाचार नीति, २०८३’ को प्रभावकारी कार्यान्वयनका लागि छुट्टै बजेट र अतिरिक्त जनशक्तिको आवश्यकता नरहेको बताएकी छिन् । सोमबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सदाचार र सुशासनका लागि राज्यको दृढ इच्छाशक्ति नै मुख्य पक्ष भएको उल्लेख गरिन् । बैठकमा ‘राष्ट्रिय सदाचार नीति, २०८३’ को कार्यान्वयनका सम्बन्धमा ...