: बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१, पथलैयास्थित धर्मेश्वर मन्दिर अगाडि बेवारिसे अवस्थामा एउटा बलेरो गाडी फेला परेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार साउन १९ गते सोमबार साँझदेखि बा १४ च ८९२५ नम्बरको उक्त गाडी बेवारिसे अवस्थामा रहेको हो।
दुई दिनदेखि मन्दिर अगाडि गाडी एकै ठाउँमा देखेपछि जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ का वडा सदस्य राकेश सुब्बाले प्रहरीलाई जानकारी गराएका थिए । जनप्रतिनिधिको जानकारीपछि पुगेको पथलैया प्रहरी चौकीको टोलीले गाडी नियन्त्रणमा लिएको छ भने सवारीधनीको खोजी थालेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बेवारिसे भेटिएको गाडीका धनीलाई सम्पर्कमा आउन अनुरोध गरेका छन् । गाडी कसले र किन त्यहाँ छोडेको हो भन्ने कुरा अझै खुल्न सकेको छैन ।