मुख्य समाचार
परराष्ट्र मन्त्रालयले पहिलोपटक ‘मोफा नलेज फोरम’को सुरुआत
परराष्ट्र मन्त्रालयले पहिलोपटक ‘मोफा नलेज फोरम’को सुरुआत

। परराष्ट्र मन्त्रालयले पहिलोपटक ‘मोफा नलेज फोरम’को सुरुआत गरेको छ ।

मन्त्रालयमा बुधबार परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा उक्त फोरमको सुरुआत गरिएको हो ।

फोरमको पहिलो सत्रमा शगुनी सिंह शाक्यले ‘गिफ्ट आदानप्रदानमार्फत कूटनीतिक प्रवर्द्धन’, आवास पियाले ‘विकास सहायता’ तथा डा सन्तोष शर्मा पौडेलले ‘नेपालको कूटनीति’ सम्बन्धी विषयमा आ–आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्र प्रस्तुतिपछि परराष्ट्रमन्त्री खनालसहित मन्त्रालयका वरिष्ठ अधिकारी तथा अधिकृतहरूले प्रस्तुत कार्यपत्रमाथि आ–आफ्नो धारणा राखेका थिए ।


सो अवसरमा परराष्ट्रमन्त्री खनालले अनुसन्धानले ज्ञान बढाउने र ज्ञानले नीति निर्माणमा सहयोग पुर्‍याउने बताए । ‘अब के हुनुपर्ने हो भन्ने विषय महत्त्वपूर्ण हो । हामी आगामी पाँच वा १० वर्षमा कहाँ र कसरी अघि बढ्छौँ भन्ने हो । यस्ता छलफलहरूले हामीलाई त्यसतर्फ अघि बढ्न डोर्‍याउने छन्,’ उनले भने ।

‘मोफा नलेज फोरम’ परराष्ट्रमन्त्री तथा मन्त्रालयका वरिष्ठ अधिकारीहरूले नेपालको परराष्ट्र नीतिको परिदृश्यलाई आकार दिन महत्त्वपूर्ण भूमिका खेलिरहेका अनुसन्धानकर्ता, प्राज्ञ, थिङ्क ट्याङ्क तथा विषयविज्ञहरूसँग प्रत्यक्ष संवाद गर्ने मासिक कार्यक्रम हो ।

यस कार्यक्रमको मुख्य उद्देश्य प्रमाणमा आधारित बाह्य अनुसन्धान तथा अध्ययनलाई मन्त्रालयको नीतिगत छलफलमा प्रत्यक्ष रूपमा समावेश गर्नु रहेको छ । प्रकाशित अनुसन्धान तथा सामग्रीमा मात्र सीमित नरही सम्बन्धित अनुसन्धान तथा अध्ययन प्रतिवेदन तयार गर्ने व्यक्ति तथा विज्ञहरूसँग मन्त्री र वरिष्ठ अधिकारीहरूले प्रत्यक्ष रूपमा संवाद गर्ने उद्देश्यले फोरम सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ ।

साथै, विभिन्न विषय तथा साझेदारसँग सम्बन्धित नीतिगत कार्यमा मन्त्रालयले आगामी दिनमा समेत उपयोग गर्न सक्ने गरी विज्ञहरूसँगको अन्तरक्रिया तथा संलग्नताको व्यवस्थित अभिलेख तयार गर्नु पनि फोरमको अर्को उद्देश्य रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नीति, योजना तथा अनुसन्धान महाशाखाका प्रमुख सहसचिव कौशलकिशोर रायले ‘मोफा नलेज फोरम’ महिनामा एकपटक सञ्चालन हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पछिल्लो समय देशभरि खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएपछि सरकारले गुनासो सुनुवाइ र बजार अनुगमनमा सक्रियता बढाएको छ । ग्यास नपाएर उपभोक्ताहरू घण्टौंसम्म लाइनमा बस्न बाध्य भइरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कालोबजारी र कृत्रिम अभावबारे जानकारी दिन सर्वसाधारणलाई आग्रह गरेको छ । उद्योगमन्त्री गौरीकुमारी यादवको सचिवालयले सूचना जारी गर्दै बजारमा ग्यास पाउन कठिनाइ ...
। गृहमन्त्री सुधन गुरुङले प्रश्न उठेपछि जवाफ दिनुभन्दा पनि पहिला सरकारले काम गरिसक्ने दाबी गरेका छन् । बिहीबार राष्ट्रिय सभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । राष्ट्रिय सभा सदस्य कमला पन्त प्रस्तावक रहेर मदनकुमारी शाह गरिमा, सोमनाथ पोर्तेल, पुजा चौधरी र पदमबहादुर परियार समर्थनमा मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको तयारीबारे ध्यानाकर्षण ...
। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिको समस्या समाधान र उनीहरूको वृत्तिविकासका लागि सरकारको ध्यानाकर्षण गराएकी छिन् । बिहीवार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद कार्कीले विशेषगरी आवासीय (इन्टर्न) चिकित्सकहरूको श्रम शोषण र न्युन सेवा–सुविधाको विषयमा सरकारको आलोचना गरिन् । बैठकमा बोल्दै डा. कार्कीले वर्षौंदेखि जनशक्ति अभावको रटान ...
। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साहलाई नियुक्त गरेको छ । मुख्यसचिव गोविन्दबहादुर कार्कीले साहलाई निगमको प्रमुख कार्यकारीका रूपमा नियुक्त गर्ने निर्णय भएको अनलाइनखबरलाई जानकारी दिए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक छनोट गर्न दरखास्त आह्वान गरेको थियो । जसमा निगमका पूर्वनिमित्त कार्यकारी निर्देशक समेत रहेका साह ...
। संखुवासभाकाे मकालु गाउँपालिका -५ पाकपाेकमा खोलाले बगाएर इदुवा हाइड्रोपावरका एकजना कर्मचारी बेपत्ता भएका छन् । मकालु गाउँपालिका -५ पाकपाेकमा सिमली खोला तर्ने क्रममा खोलाले बगाएर इदुवा हाइड्रोपावरका कर्मचारी बेपत्ता भएका हुन् । गएराति मकालु -५ मा रहेकाे सिमली खाेला तर्ने क्रममा खाँदबारी नगरपालिका -१० का इदुवा हाइड्रोपावरका सुपरभाइजर २८ वर्षीय स्वागत निरौला बेपत्ता भएकाे जिल्ला ...