मुख्य समाचार
सरकारले नेपाली सेनालाई कमजोर बनाएको आरोप
सरकारले नेपाली सेनालाई कमजोर बनाएको आरोप

। जेनजी अभियन्ता मिराज ढुंगानाले सरकारले नेपाली सेनालाई कमजोर बनाएको आरोप लगाएका छन् ।

बिहीबार काठमाडौमा आयोजित एक कार्यक्रममा उनले सरकारले सेनालाई सस्तो बनाउने काम गरेको आरोप लगाएका हुन् ।

उनले स-साना घटनाको नियन्त्रणमा पनि सेनाको प्रयोग गर्दा सेनाप्रति जनताको विश्वास गुम्ने बताए ।

सेनालाई बारम्बार आन्तरिक साना घटनामा परिचालन गरिएमा त्यसको दीर्घकालीन प्रभाव राष्ट्रिय सुरक्षामा पर्नसक्ने उनको भनाइ छ ।


कप्तानगञ्जमा हालै भएको साम्प्रदायिक झडपमा प्रहरीले गोली चलाउनु र त्यसबाट उत्पन्न परिस्थिति नियन्त्रण गर्न सरकारले सेना परिचालना गर्नु दुवै गलत भएको बताए ।

उनले जेनजी आन्दोलनबाट बनेको सरकारले समेत निहत्था युवामाथि गोली हानेको आरोप लगाए ।

द्वन्द्व नियन्त्रणका लागि प्रहरीले घातक हतियारको सट्टा नन–लिथल (प्राणघातक नभएका) उपकरण प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।

कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा ज्यान गुमाउने अधिकांश व्यक्ति युवा तथा जेनजी उमेर समूहका रहेको उल्लेख गर्दै उनले जेनजी आन्दोलन र पछिल्लो घटनामा फरक परिस्थिति भएपनि दुवैमा युवाले ज्यान गुमाएको र राज्यले गोली चलाएको उनको भनाइ छ ।

उनले कप्तानगञ्ज घटनाको जिम्मेवारी वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताए ।

उनले हालै भारतमा भएको सीजेपीको ठूलो आन्दोलनमा समेत प्रहरीले गोली नचलाएको उनको भनाइ छ । तर नेपालमा भने सानो झडपमै गोली चल्नु चिन्ताजनक भएको उनले बताए ।

उनले ढुंगानाले नेपाल बहुजातीय र सामाजिक रूपमा संवेदनशील मुलुक भएकाले द्वन्द्व व्यवस्थापनमा परिपक्व नीति आवश्यक रहेको उल्लेख गरे । सरकारलाई राष्ट्रियता, भौगोलिक अखण्डता र जनसुरक्षालाई प्राथमिकतामा राखेर सुरक्षा रणनीति अघि बढाउन उनले आग्रह गरे ।

उनले भने, ‘यत्रो आन्दोलनबाट आएको सरकारले यदि सिकेको छैन भने म सिक्नुन् आग्रह गर्न चाहन्छु । अबको द्वन्द्व नियन्त्रण गर्दाखेरी एसएलआर लिएर पुलिसलाई पठाउने होइन अथवा सस्तो तरिकामा सेनालाई जंगी अड्डाबाट बाहिर निकाल्ने होइन । सानोदेखि सानो घटनामा पनि जंगी अड्डाबाट सेना निस्किन्छ भने सेनाको जुन वर्चश्व आजको दिनसम्म कायम थियो त्यो भोलि रहँदैन ।’

उनले थपे, ‘सायद अलिकति दीर्घकालीन सोच भएको सरकार भएको भए जंगी अड्डाबाट सेनालाई यस्तो फितलो तरिकामा निकाल्ने थिएन । तर क्षमता भएन कि विवेक भएन कि के भएन । यो तरिकामा सेनालाई सस्तो पारियो भने आउँदो दिनमा कुनै पनि खालको द्वन्द्व जस्तो घटनामा धेरैको ज्यान जान सक्छ ।’

उनले सरकारलाई पेट्रोलियम पदार्थमा भइरहेको मिसावट रोक्न र मूल्य घटाउन पनि आग्रह गरे । उनले नेपालमा चीन विरोधी गतिविधि भईरहेको उल्लेख गर्दे सरकारको पराराष्ट्र नितिप्रति पनि प्रश्न उठाए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गृहमन्त्रीले सांसद्का प्रश्नको जवाफ दिन्न भनेपछि संसद्‌मै प्रतिरोध भएको छ । प्रश्नोत्तरपछिको कार्यसूचीमा बोल्दै नेपाली कांग्रेसको राष्ट्रिय सभामा संसदीय दलकी नेता कमला देवी पन्तले मन्त्रीले जवाफ दिन्न भनेको विषयप्रति व्यङ्ग्य गरिन् । मनसुनजन्य विपद्‌मा सरकारको पूर्व तयारीबारेको ध्यानाकषर्ण प्रस्तावमाथिको छलफलमा बोल्दै उनले भनिन्, ‘मन्त्रीज्यूले अब के भन्नुहोला भन्ने डर लाग्यो । किनभने मनसुन जान लागिसक्यो । ...
। नेपाली कांग्रेसको संस्थापन इतरले गर्ने राष्ट्रिय भेलामा प्रस्तुत गरिने प्रतिवेदनहरू लेखनका लागि नेताहरूलाई जिम्मेवारी तोकेको छ । २९ देखि ३१ साउनमा हुने भेलामा पेस गरिने राजनीतिक प्रतिवेदन लेख्न नेता विमलेन्द्र निधिलाई संयोजक तोकिएको छ । यसैगरी सांगठनिक प्रतिवेदन लेख्ने जिम्मेवारी उमाकान्त चौधरीले पाएका छन् भने समसामयिक विषयमा प्रतिवेदन लेख्ने जिम्मेवारी एनपी साउदले पाएका छन् । साथै कांग्रेसको ...
। काठमाडौं उपत्यकाभित्रका अव्यवस्थित तारहरूलाई व्यवस्थित बनाउने काम धमाधम भइरहेको छ । इन्टरनेट लगायतका सेवा प्रदायक संस्थाहरूले काठमाडौं उपत्यकाका मुख्य शहरभित्र रहेका अव्यवस्थित तारहरू धमाधम व्यवस्थापन गरिरहेका छन् । बिजुलीका पोलमा अव्यवस्थित रूपमा रहेका इन्टरनेट, टेलिफोन, टेलिभिजन लगायतका तारहरू व्यवस्थापन गर्न सरकारले सरोकारवाला संस्थाहरूलाई निर्देशन दिएको थियो । सडक किनारामा लत्रिएका तारहरूले शहरको सौन्दर्य बिगार्नेदेखि लिएर दुर्घटनाको जोखिम ...
। गृहमन्त्री सुधन गुरुङले आफ्नो भाषा ठाडो हुन पुगेको भन्दै माफी मागेका छन् । राष्ट्रिय सभा बैठकमा बोल्ने क्रममा उनले आजै केहीबेर अघि सांसदहरूसँग सवालजवाफ गरेका थिए । सो क्रममा उनले आफूलाई निर्मला पन्त हत्याकाण्डको विषयमा प्रश्न नगर्न भन्दै रोष्ट्रमबाटै चेतावनी दिएका थिए । उक्त विषयमा आलोचना बढेपछि उनले आजै राष्ट्रिय सभाबाट माफी मागेका हुन् । ‘हजुरहरूबाट हामीले धेरै ...
। पछिल्लो समय देशभरि खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएपछि सरकारले गुनासो सुनुवाइ र बजार अनुगमनमा सक्रियता बढाएको छ । ग्यास नपाएर उपभोक्ताहरू घण्टौंसम्म लाइनमा बस्न बाध्य भइरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कालोबजारी र कृत्रिम अभावबारे जानकारी दिन सर्वसाधारणलाई आग्रह गरेको छ । उद्योगमन्त्री गौरीकुमारी यादवको सचिवालयले सूचना जारी गर्दै बजारमा ग्यास पाउन कठिनाइ ...