। भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथली चुन्देवी हाइटमा तास खेलिरहेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आरती खाजाघरमा तास खेलिरहेकाहरुलाई गएराति पौने एक बजे प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरुको साथबाट नगद १८ हजार ४५५ रुपैयाँ र तीन बुक तास बरामद गरेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त जगाती भक्तपुरमा राखिएको छ ।
बुटवलको देवीनगरबाट ११ जना नियन्त्रणमा
यसैगरी रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ देवीनगरबाट पनि प्रहरीले तास खेलिरहेका ११ जनालाई नियन्त्रणमा लिएको छ ।
तास खेलिरहेको सूचना पाउनासाथ खटिएको वडा प्रहरी कार्यालय बुटवलको टोलीले हिजो साँझ साढे पाँच बजे उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
उनीहरुको साथबाट ६१ हजार ८०५ रुपैयाँ नगद र ९ बुक तास पनि बरामद भएको प्रहरीले जनाएको छ ।