मुख्य समाचार
थाइल्यान्डबाट आएको साढे पाँच किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ
थाइल्यान्डबाट आएको साढे पाँच किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

। थाइल्यान्डबाट आएको साढे पाँच किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले बुधबार काठमाडौंको नयाँ बसपार्कबाट ती दुई जनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश लुधियानाका ४३ वर्षीय रिंकु मेहेन र उत्तर प्रदेश जोयाका ३२ वर्षीय मोहम्मद हसनैन रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ब्युरोको टोली लागुऔषध कारोबार हुनसक्ने उच्च जोखिमको क्षेत्र नयाँ बसपार्कमा पुगेका बेला ती दुई जना फेला परेका थिए ।

सुटकेस लिएर उभिरहेको अवस्थामा उनीहरूमाथि शंका लागेको प्रहरीले जनाएको छ । त्यसपछि जाँच गर्दा रिंकु मेहेनले बोकेको सुटकेसबाट पाँच किलो गाँजा फेला परेको थियो ।


त्यसपछि दुवैजनालाई पक्राउ गरेर सोधपुछ गर्दा उनीहरूसहित तीन जना थाइल्यान्डबाट आएको गाँजा रिसिभ गर्न लुधियानाबाट यूपी ३८एपी १९७५ नम्बरको गाडीमा काठमाडौं आएको खुलेको ब्युरोका प्रवक्ता एसपी दुर्गाराज रेग्मीले जानकारी दिए ।

खोजी गर्दैजाँदा उक्त गाडी धादिङको धुनिबेँशी नगरपालिका–९ कानाकोटमा बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

सो गाडीमा थप ५०० ग्राम गाँजा बरामद भएको एसपी रेग्मीले जानकारी दिए ।

प्रहरीले थाइल्यान्डबाट गाँजा पठाउन सहुलत खान र अर्का फरार रहेका साहादत खान दाजुभाइ रहेको खुल्न आएको जनाएको छ ।

यस्तै, उक्त गाडी यसअघि दुई पटक नेपाल आएर थाइल्यान्डबाट आएको गाँजा भारत लगेर गइसकेको पनि खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बिहीबार राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङ प्रश्नोत्तर कार्यक्रममा सरिक भए । तर सांसदहरूका प्रश्नको जवाफ दिन रोष्ट्रम उक्लिएका गृहमन्त्री गुरुङले प्रश्नकर्ता सांसदलाई नै प्रतिप्रश्न गरे । पहिलो प्रश्न नेपाली कम्युनिस्ट पार्टीका सांसद बिष्णुबहादुर विश्वकर्माले गरे । उनले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषय उठाए । ‘कञ्चनपुरकी निर्मला पन्तको दिन दहाडै भएको जघन्य बलात्कार र हत्या ...
। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले महिला र पुरुषबीच स्थायी विभाजन सिर्जना गर्न वा लैंगिक असमानतालाई प्रोत्साहन गर्ने सरकारी नीति नभएको बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा महिलाका लागि सरकारले अघि बढाएको नि:शुल्क ब्लु बस सेवाको सम्बन्धमा सांसदहरूले राखेको प्रश्नको जवाफ दिँदै महिलाका लागि छुट्टै बस सेवा सञ्चालन गरेर लैंगिक ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनका युरोपेली नेटो सहयोगी राष्ट्रहरूसँग कमजोर सैन्य बल रहेको बताएका छन्। उनले नेभाडाको लास भेगास नजिकै आयोजित एउटा कार्यक्रममा बोल्दै यो कुरा भनेका हुन्। ट्रम्पका अनुसार पूर्वराष्ट्रपति जो बाइडेनको प्रशासनले अमेरिकी सेनाको अवस्थालाई जोखिममा पारेको छ। उनले अघिल्लो प्रशासनले धेरै कुराहरू अरूलाई दिएको आरोप लगाए। ट्रम्पले भने, “उनीहरूले सबै कुरा दिए, ...
। गृहमन्त्रीले सांसद्का प्रश्नको जवाफ दिन्न भनेपछि संसद्‌मै प्रतिरोध भएको छ । प्रश्नोत्तरपछिको कार्यसूचीमा बोल्दै नेपाली कांग्रेसको राष्ट्रिय सभामा संसदीय दलकी नेता कमला देवी पन्तले मन्त्रीले जवाफ दिन्न भनेको विषयप्रति व्यङ्ग्य गरिन् । मनसुनजन्य विपद्‌मा सरकारको पूर्व तयारीबारेको ध्यानाकषर्ण प्रस्तावमाथिको छलफलमा बोल्दै उनले भनिन्, ‘मन्त्रीज्यूले अब के भन्नुहोला भन्ने डर लाग्यो । किनभने मनसुन जान लागिसक्यो । ...
। नेपाली कांग्रेसको संस्थापन इतरले गर्ने राष्ट्रिय भेलामा प्रस्तुत गरिने प्रतिवेदनहरू लेखनका लागि नेताहरूलाई जिम्मेवारी तोकेको छ । २९ देखि ३१ साउनमा हुने भेलामा पेस गरिने राजनीतिक प्रतिवेदन लेख्न नेता विमलेन्द्र निधिलाई संयोजक तोकिएको छ । यसैगरी सांगठनिक प्रतिवेदन लेख्ने जिम्मेवारी उमाकान्त चौधरीले पाएका छन् भने समसामयिक विषयमा प्रतिवेदन लेख्ने जिम्मेवारी एनपी साउदले पाएका छन् । साथै कांग्रेसको ...