मुख्य समाचार
एएफसी यू-२० एसियन कप छनोटबाट नेपालको नाम हट्यो
एएफसी यू-२० एसियन कप छनोटबाट नेपालको नाम हट्यो

। पछिल्ला दिनमा फिफा निलम्बनको असर नेपाली फुटबलमा प्रष्ट रूपमा देखिएको छ । निलम्बनको पछिल्लो शिकार नेपालको उमेर समुहको फुटबल टोली बनेको छ ।

फिफा निलम्बनका लागि यही अगष्ट अन्तिम देखि सुरु हुने एएफसी यू-२० एसियन कप छनोटबाट नेपालको नाम हटेको छ । छनोटमा नेपाल डेपलपमेन्ट फेज अन्तर्गत समूह आईमा थियो ।

अब नेपालले यू-२० एसियन कप छनोट खेल्न पाउने छैन । यस छनोट प्रतियोगिता खेल्न अखिल नेपाल फुटबल संघ (एन्फा) माथि फिफाले लगाएको निलम्बन अगष्ट १ तारिखसम्म फुकुवा भइसक्नुपर्ने थियो ।

एएफसीले २७ जुनमै एन्फालाई पत्र पठाउँदै अगष्ट १ सम्म फिफाको निलम्बन फुकुवा भइसके मात्र नेपालले खेल्न पाउने अन्यथा नपाउने जानकारी गराएको थियो ।


तर निलम्बन कायम रहेको अवस्थामा अब नेपालले यू-२० एसियन कप छनोट खेल्न नपाउने भएको हो ।

सन् २०२७ मार्च-अप्रिलमा चीनमा हुने यस यू-२० एसियन कपका लागि यसअघि सार्वजनिक भएको ड्र मा नेपाल डेपलपमेन्ट फेजमा समूह आईमा थियो । यस समूहमा नेपालसँगै आयोजक मंगोलिया, ग्वाम र नर्दन मारिया आइल्यान्ड समावेश थिए । नेपालले अगष्ट ३१ मा ग्वाम सँग पहिलो खेल खेल्ने तालिका थियो ।

तर एएफसीले सार्वजनिक गरेको अपडेटेड ड्र अनुसार नेपालको नाम हटेको छ । यस्तै समूह ए मा रहेको फिलिपिन्सले पनि नखेल्ने भएको छ ।

यसअघि सन् २०२४ मा नेपालले एएफसी यू-२० एसियन कप छनोट खेल्दा समूह बी मा एक खेल जित्दा तीन खेलमा पराजित भएको थियो ।

निलम्बनपछि नेपालले गुमाउने पक्का भएको यू-२० एसियन कप छनोट तेस्रो प्रतियोगिता हो ।

फिफा निलम्बनका कारण नेपालले यसअघि नै एएफसी महिला च्याम्पियन्स लिग र एएफसी यू-१७ महिला एसियन कप छनोट प्रतियोगिता गुमाइसकेको छ ।

यस्तैगरी नोभेम्बर ४ देखि बंगलादेशमा हुने तय भएको साफ च्याम्पियनसिप फुटबलमा पनि नेपालको सहभागिता अन्योलमै छ ।

साफको लागि यसअघि नै ड्र भइसकेको छ र नेपालको नाम ड्र मा समावेश छैन ।

यदि सेप्टेम्बर १ तारिखसम्म नेपालको निलम्बन फुकुवा भएमा मात्र नेपाल साफ च्याम्पियनसिपको लागि समुह ए मा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काभा बिच भलिबलको महिलातर्फ नेपालका सुनिता राई र भावना डाँगीको जोडीले रजत पदक जितेको छ । भुटानको थिम्पुमा भएको फाइनल खेलमा भारतका दीपिका–पवित्रा जोडीसँग पराजित हुँदा सुनिता–भावनाको जोडीले रजत पदकमा चित्त बुझायो । पहिलो सेट २१–१७ ले आफ्नो पक्षमा पारेको नेपाली टोलीले दोस्रो र तेस्रो सेट गुमाउँदै स्वर्ण पदक जित्नबाट बञ्चित बन्यो । भारतीय टोलीले दोस्रो ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको विजेता टोली जनकपुर बोल्ट्सका सञ्चालक उत्सव सिग्देलले जनकपुर बोल्ट्स र ड्रीम स्पोर्ट्स प्रालिबाट आफू सम्पूर्ण सञ्चालन तथा व्यवस्थापकीय जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको लामो स्टाटसमा सिग्देलले आफू तत्काल प्रभावबाट दुवै संस्थाको दैनिक सञ्चालन, प्रशासन, वित्तीय निर्णय, खेलाडी तथा कर्मचारी व्यवस्थापन र ...
। लगातार तेस्रो जित निकाल्दै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा साउदी अरेबियालाई हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको हो । साउदीले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि गुल्शन झाले अविजित ४४ तथा रोहित पौडेलले अविजित २४ रन बनाए । त्यसअघि ...
: नेपाल भलिबल लिग (एनभिएल)को पहिलो संस्करणको दोस्रो दिन काठमाडौं रेड्स र सगरमाथा स्म्यासर्सले जित दर्ता गरेका‌ छन्। काठमाडौंले मधेस वरियर्सलाई पराजित गर्दै प्रतियोगिताको पहिलो जित दर्ता गरेको हो। काठमाडौंसँग हार्दै मधेसले दोस्रो हार बेहोर्यो। त्यस्तै, सगरमाथाले भने लगातार दोस्रो जित दर्ता गरेको छ। सगरमाथाले पहिलो खेल खेलेको खप्तड फाल्कन्सलाई सोझो सेटमा पराजित गरेको हो। राष्ट्रिय ...
। एलेजान्डर इसाकले दुई गोल गरेपछि लिभरपुलले प्रिमियर लिगमा शुक्रबार इप्स्वीच टाउनलाई २–० ले पराजित गरेको छ । यस सिजन लिभरपुलको लगातार दुई बराबरीपछि यो पहिलो जित हो । नयाँ प्रशिक्षक एन्डोनी इराओलाको लागि पनि लिगमा यो पहिलो जित हो र यो जितले राहत मिलेको छ । गत वर्ष कीर्तिमान १२५ मिलियन पाउण्डमा लिभरपुलमा अनुबन्ध भएका इसाकले ...