मुख्य समाचार
इरान र ओमान होर्मुज जलघाँटी पार गर्ने जहाजका लागि नयाँ समुद्री मार्ग र संयुक्त व्यवस्थापनको ढाँचामा सहमतिको अन्तिम चरणमा
इरान र ओमान होर्मुज जलघाँटी पार गर्ने जहाजका लागि नयाँ समुद्री मार्ग र संयुक्त व्यवस्थापनको ढाँचामा सहमतिको अन्तिम चरणमा

। इरान र ओमान होर्मुज जलघाँटी पार गर्ने जहाजका लागि नयाँ समुद्री मार्ग र संयुक्त व्यवस्थापनको ढाँचामा सहमतिको अन्तिम चरणमा पुगेका छन् ।

यद्यपि तेहरानले रणनीतिक जलमार्ग पूर्ण रूपमा सहज बनाउन अमेरिकाले इरानी बन्दरगाहमाथिको नौसैनिक नाकाबन्दी हटाउनुपर्ने अडान दोहोर्‍याएको छ ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले दुवै देशबीच प्रस्तावित समुद्री मार्गको भौगोलिक निर्देशाङ्कमा सहमति भइसकेको र तेस्रो पक्षबाट अवरोध नभए संयुक्त वक्तव्य पनि चाँडै अन्तिम रूप दिइने बताए। उनले अनुसार ओमानसँगको वार्ता सकारात्मक रूपमा अघि बढिरहेको भए पनि त्यसले तत्काल सबै जहाजका लागि जलघाँटी पूर्ण रूपमा सुरक्षित भइसकेको अर्थ नलाग्ने स्पष्ट पारे।

बाकाईले होर्मुजमा विद्यमान सुरक्षा जोखिमको मुख्य कारण अमेरिकाले इरानी बन्दरगाहमाथि कायम राखेको नौसैनिक नाकाबन्दी तथा इरानविरुद्धका अन्य आक्रामक गतिविधि रहेको दाबी गरे ।


अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानविरुद्ध युद्ध सुरु गरेपछि इरानले होर्मुज जलघाँटीमाथि कडा नियन्त्रण कायम गर्दै अनधिकृत समुद्री मार्ग प्रयोग गर्ने जहाजलाई चेतावनी दिँदै आएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान होर्मुज पुनः खोल्ने सहमतिनजिक पुगेको दाबी गर्दै आएका छन्। तर इरानले वासिङ्टनसँग कुनै वार्ता नभएको र समाधान ओमानसँगको समन्वयमार्फत खोजिरहेको जनाएको छ ।

यसैबीच, बेलायतको समुद्री सुरक्षा निकाय (युकेएमटीओ) ले ओमानको कुम्जार क्षेत्रनजिक होर्मुज पार गरिरहेको एक तेल ट्याङ्करका चालकदलले दुईवटा विस्फोटको आवाज सुनेको जानकारी दिएको छ । घटनामा जहाज र चालकदल सुरक्षित रहेको जनाइएको छ ।

यमनका हुथी विद्रोहीले पनि दुई साउदी तेल ट्याङ्करमाथि क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् । उनीहरूका सैन्य प्रवक्ता याह्या सारीले उत्तरी लालसागरस्थित यानबु बन्दरगाहनजिक रहेको ‘वाफा’ र एडेनको खाडीमा रहेको ‘डेजी’ नामक ट्याङ्करलाई लक्षित गरिएको बताएका छन्। यसबारे साउदी अरबले तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

युद्धअघि विश्वको करिब पाँचौँ भाग तेल तथा तरल प्राकृतिक ग्यास (एलएनजी) निर्यात होर्मुज जलघाँटीमार्फत हुने गरेको थियो । त्यसयता यस क्षेत्रमा उत्पन्न तनावले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा पटक–पटक मूल्य वृद्धि गराएको छ ।

अमेरिकी उपराष्ट्रपति जे. डी. भान्सले इरानसँगको कूटनीतिक प्रक्रिया जटिल र समय लाग्ने स्वीकार गर्दै इरानी नेतृत्वभित्रको आन्तरिक विभाजनले पनि वार्तालाई कठिन बनाएको बताए। फक्स न्युजसँगको अन्तर्वार्तामा उनले इरानसँग सहमति गर्न सहज नहुने धारणा व्यक्त गरे ।

इरानले जलघाँटी प्रयोग गर्ने जहाजलाई आफ्नो तटीय मार्ग प्रयोग गर्न आग्रह गर्दै आएको छ भने धेरै अन्तर्राष्ट्रिय जहाजहरूले ओमानतर्फको दक्षिणी समुद्री मार्ग रोजिरहेका छन् । विश्लेषकहरूका अनुसार इरान होर्मुज जलडमरूमध्यमाथि थप प्रत्यक्ष नियन्त्रण कायम गरी शुल्क प्रणाली लागू गर्ने तयारीमा छ भने अमेरिकाले त्यसको कडा विरोध गर्दै आएको छ ।

यसैबीच राष्ट्रपति ट्रम्पले गत साता इरानमाथि कडा आक्रमण गर्न सकिने चेतावनी दिएका थिए। त्यसको केही समयपछि उनले सम्झौताको सम्भावना नजिक रहेको सङ्केत दिएका थिए। तर इरानको विदेश मन्त्रालयले वासिङ्टनसँग कुनै प्रत्यक्ष वार्ता भइरहेको दाबीलाई पुनः अस्वीकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: चिनियाँ राष्ट्रपति सी जिनपिङ ११ वर्षको लामो अन्तरालपछि औपचारिक राज्यभ्रमणका क्रममा अमेरिका पुगेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य विमानस्थल 'जोइन्ट बेस एन्ड्र्युज' पुगेर सीलाई आफैं स्वागत गरेका छन्। १९६२ पछि पहिलो पटक कुनै अमेरिकी राष्ट्रपतिले यस एयरबेसमा कुनै विदेशी नेताको व्यक्तिगत रूपमा स्वागत गरेका हुन्। विदेशी समकक्षीलाई स्वागत गर्न अमेरिकी राष्ट्रपति ...
संयुक्त राष्ट्रसंघको महासभामा इरानी राष्ट्रपति मसुद पेजेस्कियानले सम्बोधन गरेका छन् । उनले सम्बोधन गर्दा अमेरिकी प्रतिनिधिमण्डल भने महासभामा उपस्थित थिएन । पेजेस्कियानले सम्बोधन सुरु गरेलगत्तै अमेरिकी प्रतिनिधिमण्डल महासभाबाट बाहिरिएका थिए । यसअघि हिजो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बोधन गर्दा इरानी र क्युबाली प्रतिनिधिमण्डल महासभाबाट बाहिरिएका थिए । महासभालाई सम्बोधन गर्दै इरानी राष्ट्रपति पेजिस्कियानले अमेरिका र इजरायलको आक्रमणको ...
। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले ओपनएआईद्वारा विकसित आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एजेन्टले आफ्नो सरकारी वेबसाइटमा अनधिकृत पहुँच बनाएको पुष्टि गरेका छन् । प्रधानमन्त्री अल्बानिजका अनुसार गत जुन महिनामा ओपनएआईको उक्त एआई एजेन्टले सर्भिसेस अस्ट्रेलिया अन्तर्गतको मेडिकेयर स्टाटिस्टिक्स रिपोर्टिङ सर्भिस पोर्टलमा अनधिकृत रूपमा पहुँच पुर्‍याएको थियो । यस साइबर घटनालाई अस्ट्रेलिया सरकारले अत्यन्त गम्भीर रूपमा लिएको छ । घटनाको ...
दक्षिण अफ्रिकाको डरबन सहरनजिकै एक घरभित्र भएको गोलीबारीमा कम्तीमा ११ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मंगलबार राति बन्दुकधारीहरू क्वामाखुथा टाउनसिपस्थित एउटा घरमा प्रवेश गरी त्यहाँ रहेका १४ जनामाथि गोली चलाएका थिए । गोली लागेर घटनास्थलमै १० जनाको मृत्यु भएको थियो । चार जनालाई अस्पताल लगिएकोमा उपचारका क्रममा थप एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ...
: संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वले सामना गरिरहेका ‘शक्तिका चार ठूला परीक्षा’ प्रस्तुत गरेका छन्। संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै गुटेरेसले मानिसले क्रमशः आफ्नो शक्ति मेसिनलाई हस्तान्तरण गरिरहेको बताएका छन्। तीव्र गतिमा विकसित भइरहेको कृत्रिम बौद्धिकता (एआई)का कारण ‘कृत्रिम प्रणालीहरू नियन्त्रणबाहिर जाने’ र स्वचालित घातक हतियार विज्ञान कथाबाट सैन्य वास्तविकतातर्फ अघि बढिरहेको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम