मुख्य समाचार
सोलको तापक्रम ३९ डिग्री पुग्ने, २० भन्दा बढीको मृत्यु
सोलको तापक्रम ३९ डिग्री पुग्ने, २० भन्दा बढीको मृत्यु

। दक्षिण कोरियामा अत्यधिक गर्मीका कारण भीषण हिटवेभ चलेको छ। राजधानी सोलमा बिहीबार तापक्रम ३९ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। यो अत्यधिक गर्मीका कारण अहिलेसम्म २० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले बिहीबार हिटवेभ प्रतिक्रिया सम्बन्धी बैठकमा सम्बोधन गरे। उनले भने, “हामीले कहिल्यै अनुभव नगरेको स्तरको अत्यधिक गर्मी दिनप्रतिदिन जारी छ। पहिले विदेशी समाचारहरूमा मात्र देखिने हिटवेभको स्थिति अहिले हाम्रो यथार्थ बनेको छ।”

राष्ट्रपति लीले स्थिति सहज नभएसम्म उपलब्ध सबै जनशक्ति र स्रोतसाधन परिचालन गर्न मन्त्रालय तथा स्थानीय सरकारहरूलाई निर्देशन दिए। उनले नागरिकको जीवन रक्षा, जोखिममा रहेका बासिन्दाको सुरक्षा र बाहिर काम गर्ने कामदारलाई विश्रामको नियम कडा रूपमा पालना गराउन जोड दिए।

यो अनुमानित तापक्रम सन् २०१८ को अगस्टमा कायम भएको ३९.६ डिग्री सेल्सियसको ऐतिहासिक रेकर्ड नजिक पुग्नेछ। मौसमविद्हरूका अनुसार सोलले आफ्नो आधुनिक इतिहासकै सबैभन्दा तातो दिनहरू सामना गरिरहेको छ।


कोरिया मेटियोरोलोजिकल एडमिनिस्ट्रेशनका अनुसार केही क्षेत्रमा रातिको तापक्रम ३० डिग्री सेल्सियसभन्दा तल ओर्लिएको छैन । गर्मीबाट बच्न सर्वसाधारणहरू खोला, डिपार्टमेन्ट स्टोर र एयर कन्डिसन्ड स्थानहरूमा पुगेका छन्।

गर्मीका कारण दर्शकहरू अचेत हुन थालेपछि कोरिया बेसबल अर्गनाइजेसनले बुधबार र बिहीबारका सबै १० वटा खेल रद्द गर्‍यो। इन्चोनमा भएको खेलको क्रममा एक प्रशंसक अचेत भएर ढलेका थिए।

मौसमविद्हरूका अनुसार टाइफुन डल्फिनले दक्षिण कोरियामा प्रत्यक्ष खतरा नपुऱ्याए पनि यो गर्मी बढाउन जिम्मेवार रहेको छ। पूर्वी हावालाई बलियो बनाएर पश्चिमी क्षेत्रमा तातो र शुष्क हावा बगाउन टाइफुन डल्फिनले मद्दत गरेको छ। यसले सोल र अन्य क्षेत्रमा गर्मी अझ तीव्र बनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दक्षिण अफ्रिकाको डरबन सहरनजिकै एक घरभित्र भएको गोलीबारीमा कम्तीमा ११ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मंगलबार राति बन्दुकधारीहरू क्वामाखुथा टाउनसिपस्थित एउटा घरमा प्रवेश गरी त्यहाँ रहेका १४ जनामाथि गोली चलाएका थिए । गोली लागेर घटनास्थलमै १० जनाको मृत्यु भएको थियो । चार जनालाई अस्पताल लगिएकोमा उपचारका क्रममा थप एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ...
: संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वले सामना गरिरहेका ‘शक्तिका चार ठूला परीक्षा’ प्रस्तुत गरेका छन्। संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै गुटेरेसले मानिसले क्रमशः आफ्नो शक्ति मेसिनलाई हस्तान्तरण गरिरहेको बताएका छन्। तीव्र गतिमा विकसित भइरहेको कृत्रिम बौद्धिकता (एआई)का कारण ‘कृत्रिम प्रणालीहरू नियन्त्रणबाहिर जाने’ र स्वचालित घातक हतियार विज्ञान कथाबाट सैन्य वास्तविकतातर्फ अघि बढिरहेको ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्न रूस र युक्रेनबीच सहमति हुने समय नजिकिएको दाबी गरेका छन्। ट्रम्पले दुवै पक्षले युद्धबाट आजित भएको भन्दै अब वार्तामार्फत द्वन्द्व अन्त्य हुने बताएका हुन्। तर, यस्तो निष्कर्षमा ट्रम्प कसरी पुगे भन्ने स्पष्ट छैन। पछिल्लो समय पनि रूस र युक्रेनले एकअर्काको भूभागभित्र गहिराइसम्म क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरिरहेका ...
: मध्यपूर्वमा बढ्दो तनाव र युद्धको स्थितिबीच इरानी राष्ट्रपति मसुद पेजेस्कियान अमेरिका पुगेका छन्। मंगलबार अमेरिका पुगेका राष्ट्रपति पेजेस्कियान आज (बुधबार) संयुक्त राष्ट्रसंघको ८१ औँ महासभालाई सम्बोधन गर्दैछन्। अमेरिकी सरकारको नियम र सुरक्षा प्रतिबन्धका कारण इरानी राष्ट्रपति र उनको टोलीलाई न्युयोर्कभित्र जथाभावी हिँडडुल गर्ने अनुमति छैन। उनीहरूलाई म्यानहटनस्थित होटल र राष्ट्रसंघको मुख्यालय आवतजावत ...
: चिनियाँ राष्ट्रपति सी जिनपिङ ११ वर्षको लामो अन्तरालपछि संयुक्त राज्य अमेरिकाको औपचारिक राजकीय भ्रमणका क्रममा आज वासिङ्टन पुग्दै छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणामा हुन लागेको यो उच्चस्तरीय भ्रमणलाई दुई मुलुकबिचको कुटनीतिक सम्बन्ध र रणनीतिक स्थिरतामा एक महत्त्वपूर्ण कोशेढुङ्गाका रूपमा हेरिएको छ। अमेरिकी राष्ट्रपतिका लागि निर्धारित परम्परागत कुटनीतिक मर्यादा (प्रोटोकल) भन्दा माथि उठेर राष्ट्रपति ट्रम्प ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम