मुख्य समाचार
ट्रम्पले वासिङ्टनका युरोपेली नेटो सहयोगी राष्ट्रहरूसँग कमजोर सैन्य बल रहेको बताए
ट्रम्पले वासिङ्टनका युरोपेली नेटो सहयोगी राष्ट्रहरूसँग कमजोर सैन्य बल रहेको बताए

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनका युरोपेली नेटो सहयोगी राष्ट्रहरूसँग कमजोर सैन्य बल रहेको बताएका छन्। उनले नेभाडाको लास भेगास नजिकै आयोजित एउटा कार्यक्रममा बोल्दै यो कुरा भनेका हुन्। ट्रम्पका अनुसार पूर्वराष्ट्रपति जो बाइडेनको प्रशासनले अमेरिकी सेनाको अवस्थालाई जोखिममा पारेको छ।

उनले अघिल्लो प्रशासनले धेरै कुराहरू अरूलाई दिएको आरोप लगाए। ट्रम्पले भने, “उनीहरूले सबै कुरा दिए, उनीहरूले धेरै कुरा गुमाए। ३५० अर्ब डलर धेरै ठूलो रकम हो।”

उनले उक्त रकम कुन काममा खर्च भयो भन्ने स्पष्ट पारेका छैनन्। तर उनले बाइडेन प्रशासनले युक्रेनलाई सो बराबरको हतियार हस्तान्तरण गरेको आरोप पटक-पटक लगाउँदै आएका छन्।

ट्रम्पले युरोपेली राष्ट्रहरूसँग प्रशस्त पैसा रहेको बताए। उनले आफूले सबै सामान बिक्री गर्ने र युरोपेलीहरू रकम तिर्न तयार रहेको दाबी गरे।


ट्रम्पले थपे, “उनीहरूसँग राम्रो सैन्य बल छैन किनभने उनीहरू धेरै समयदेखि हामीमाथि निर्भर रहे। मैले उनीहरूलाई भनेँ – तिमीहरूले त्यसो गर्न पाउँदैनौ।”

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बिहीबार राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङ प्रश्नोत्तर कार्यक्रममा सरिक भए । तर सांसदहरूका प्रश्नको जवाफ दिन रोष्ट्रम उक्लिएका गृहमन्त्री गुरुङले प्रश्नकर्ता सांसदलाई नै प्रतिप्रश्न गरे । पहिलो प्रश्न नेपाली कम्युनिस्ट पार्टीका सांसद बिष्णुबहादुर विश्वकर्माले गरे । उनले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषय उठाए । ‘कञ्चनपुरकी निर्मला पन्तको दिन दहाडै भएको जघन्य बलात्कार र हत्या ...
। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले महिला र पुरुषबीच स्थायी विभाजन सिर्जना गर्न वा लैंगिक असमानतालाई प्रोत्साहन गर्ने सरकारी नीति नभएको बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा महिलाका लागि सरकारले अघि बढाएको नि:शुल्क ब्लु बस सेवाको सम्बन्धमा सांसदहरूले राखेको प्रश्नको जवाफ दिँदै महिलाका लागि छुट्टै बस सेवा सञ्चालन गरेर लैंगिक ...
। गृहमन्त्रीले सांसद्का प्रश्नको जवाफ दिन्न भनेपछि संसद्‌मै प्रतिरोध भएको छ । प्रश्नोत्तरपछिको कार्यसूचीमा बोल्दै नेपाली कांग्रेसको राष्ट्रिय सभामा संसदीय दलकी नेता कमला देवी पन्तले मन्त्रीले जवाफ दिन्न भनेको विषयप्रति व्यङ्ग्य गरिन् । मनसुनजन्य विपद्‌मा सरकारको पूर्व तयारीबारेको ध्यानाकषर्ण प्रस्तावमाथिको छलफलमा बोल्दै उनले भनिन्, ‘मन्त्रीज्यूले अब के भन्नुहोला भन्ने डर लाग्यो । किनभने मनसुन जान लागिसक्यो । ...
। नेपाली कांग्रेसको संस्थापन इतरले गर्ने राष्ट्रिय भेलामा प्रस्तुत गरिने प्रतिवेदनहरू लेखनका लागि नेताहरूलाई जिम्मेवारी तोकेको छ । २९ देखि ३१ साउनमा हुने भेलामा पेस गरिने राजनीतिक प्रतिवेदन लेख्न नेता विमलेन्द्र निधिलाई संयोजक तोकिएको छ । यसैगरी सांगठनिक प्रतिवेदन लेख्ने जिम्मेवारी उमाकान्त चौधरीले पाएका छन् भने समसामयिक विषयमा प्रतिवेदन लेख्ने जिम्मेवारी एनपी साउदले पाएका छन् । साथै कांग्रेसको ...
। काठमाडौं उपत्यकाभित्रका अव्यवस्थित तारहरूलाई व्यवस्थित बनाउने काम धमाधम भइरहेको छ । इन्टरनेट लगायतका सेवा प्रदायक संस्थाहरूले काठमाडौं उपत्यकाका मुख्य शहरभित्र रहेका अव्यवस्थित तारहरू धमाधम व्यवस्थापन गरिरहेका छन् । बिजुलीका पोलमा अव्यवस्थित रूपमा रहेका इन्टरनेट, टेलिफोन, टेलिभिजन लगायतका तारहरू व्यवस्थापन गर्न सरकारले सरोकारवाला संस्थाहरूलाई निर्देशन दिएको थियो । सडक किनारामा लत्रिएका तारहरूले शहरको सौन्दर्य बिगार्नेदेखि लिएर दुर्घटनाको जोखिम ...