मुख्य समाचार
मध्य यमनमा हुथी विद्रोहीहरूले सैन्य शिविरहरूमा गरेको आक्रमणमा परी यमनको सरकारी सेनाका कम्तीमा ३० जना जवानको मृत्यु
मध्य यमनमा हुथी विद्रोहीहरूले सैन्य शिविरहरूमा गरेको आक्रमणमा परी यमनको सरकारी सेनाका कम्तीमा ३० जना जवानको मृत्यु

: मध्य यमनमा हुथी विद्रोहीहरूले सैन्य शिविरहरूमा गरेको आक्रमणमा परी यमनको सरकारी सेनाका कम्तीमा ३० जना जवानको मृत्यु भएको छ। हालैका वर्षहरूमा यी दुवै पक्षबीच भएको भिडन्तमा यो सबैभन्दा घातक आक्रमणमध्ये एक हो।

यमनको रक्षा मन्त्रालयका अनुसार मारिब र हदरामौत प्रान्तका विभिन्न सैन्य शिविरहरूमा बलिस्टिक मिसाइल र ड्रोन प्रयोग गरी आक्रमण गरिएको थियो। यी आक्रमणहरूमा परी धेरै सैनिकको मृत्यु हुनुका साथै ठूलो सङ्ख्यामा घाइते भएका छन्। यद्यपि, मन्त्रालयले मृतकको सटीक सङ्ख्या भने सार्वजनिक गरेको छैन।

रक्षा मन्त्रालयले यस आक्रमणलाई 'विश्वासघात' को संज्ञा दिँदै यस 'आक्रामक कदम'को उचित समय र स्थानमा कडा जवाफ दिइने बताएको छ।


उत्तर-पश्चिम यमनको ठूलो भू-भागमा नियन्त्रण जमाउँदै आएको इरान समर्थित हुथी विद्रोहीहरूले भने सैन्य अभियानको तयारी गरिरहेका 'ठूला साउदी सैन्य जमावडा' लाई निशाना बनाएको दाबी गरेका छन्। यमनको गृहयुद्धका क्रममा साउदी अरब नेतृत्वको गठबन्धनले सरकारी सेनालाई समर्थन गर्दै आएको छ।

यसैबीच, अर्को एक फरक घटनामा साउदी अरब नेतृत्वको गठबन्धनका प्रवक्ताले साउदीको नज्रान सीमा क्षेत्रमा ११ जना नागरिक घाइते भएको बताएका छन्। उनका अनुसार यो आक्रमण पनि हुथी विद्रोहीहरूले नै गरेका हुन्।

गठबन्धनले सामाजिक सञ्जाल एक्समा जारी गरेको विज्ञप्ति अनुसार घाइते हुनेहरूमा सात जना साउदी नागरिक रहेका छन्, जसमा एक महिला र चार वर्षका बालक पनि सामेल छन्। बाँकी चार जना घाइते नागरिक यमन, पाकिस्तान र मिश्र (इजिप्ट) का बासिन्दा हुन्। यमनको रक्षा मन्त्रालयका अनुसार मध्य यमनमा हुथी विद्रोहीहरूको यो आक्रमण बिहीबार स्थानीय समय अनुसार बिहान १०:४० बजे भएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
चीनले इरानी एयरलाइन्समाथि अमेरिकाले लगाएको प्रतिबन्धलाई अवैध भनेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पत्रकार सम्मेलनमा उक्त प्रतिबन्धलाई अवैध भनेका हुन् । ‘चीनले सधैं अन्तर्राष्ट्रिय कानुनी आधार वा संयुक्त राष्ट्र सुरक्षा परिषद्को स्वीकृति नभएका एकपक्षीय प्रतिबन्धहरूको विरोध गर्दै आएको छ,’ जियाकुनले भने । यो भनाइ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच यही साता ...
। अमेरिकाले मध्यपूर्वमा जारी द्वन्द्वलाई थप चर्काए युद्धको क्षेत्र नै विस्तार गर्ने इरानको इस्लामिक रिभोलुसनरी गार्डले चेतावनी दिएको छ । इरानको रिभोलुसनरी गार्डले सोमबार अमेरिकाले द्वन्द्वलाई थप बढाएमा युद्धको ‘भूगोल परिवर्तन’ गर्ने जनाएको हो । यद्यपि, उसले त्यसका लागि अपनाइने सम्भावित कदमबारे थप विवरण सार्वजनिक गरेको छैन । यसैबीच, बेलायती सेनाका अनुसार सोमबार स्ट्रेट अफ होर्मुजमा प्रवेश ...
। राष्ट्रपति भ्लादिमिर पुटिनको पार्टी युनाइटेड रसियाले रुसको संसदीय चुनावमा ऐतिहासिक विशाल बहुमत हासिल गरेको छ। साँच्चैका विपक्षीहरूलाई लगभग पूर्ण रूपमा बाहिर राखिएको यस नियन्त्रित चुनावको अन्तिम आधिकारिक नतिजाले यस्तो देखाएको हो। आइतबार सम्पन्न भएको तीन दिने मतदानपछि सोमबार घोषणा गरिएको नतिजाअनुसार, ५८ प्रतिशतभन्दा बढी मत प्राप्त गर्दै युनाइटेड रसियाले तल्लो सदन स्टेट डुमाका तीन-चौथाइ (७५ ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आफ्ना पत्रकारलाई ह्वाइट हाउस प्रवेशमा रोक लगाएपछि सीएनएनसहित तीन प्रमुख सञ्चारमाध्यमले प्रशासनविरुद्ध कानुनी प्रक्रिया अघि बढाएका छन् । सीएनएन, पोलिटिको र एमएस नाउले सोमबार वासिङ्टनस्थित अमेरिकी जिल्ला अदालतमा मुद्दा दायर गर्दै आफूहरूलाई ह्वाइट हाउस प्रवेशबाट रोक लगाउने निर्णय असंवैधानिक भएको दाबी गरेका छन् । ती सञ्चारमाध्यमले संयुक्त विज्ञप्तिमार्फत सरकारले आफूलाई मन ...
। अस्ट्रेलियाले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को अस्थायी सदस्य बन्न औपचारिक अभियान सुरु गरेको छ। प्रधानमन्त्री एन्थोनी अल्बानिजीले सोमबार अमेरिकाको न्युयोर्कमा संयुक्त राष्ट्रसंघको महासभाका क्रममा सन् २०२९–३० को दुईवर्षे कार्यकालका लागि अस्ट्रेलियाको उम्मेदवारी अभियान सुरु गरेका हुन्। अस्ट्रेलियाले सुरक्षा परिषद्‌मा रहेर अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षा, द्वन्द्व रोकथाम, जलवायु तथा समुद्री सुरक्षा र कृत्रिम बुद्धिमत्ता लगायतका विषयमा भूमिका खेल्ने ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम