मुख्य समाचार
राष्ट्रिय परीक्षा बोर्डले गत साउन २ र ३ गते सञ्चालन गरेको कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
राष्ट्रिय परीक्षा बोर्डले गत साउन २ र ३ गते सञ्चालन गरेको कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक

: राष्ट्रिय परीक्षा बोर्डले गत साउन २ र ३ गते सञ्चालन गरेको कक्षा १२ को पूरक परीक्षाको नतिजा बिहीबार सार्वजनिक गरेको छ।

सार्वजनिक नतिजाअनुसार परीक्षामा सहभागी कुल ७१ हजार ३१० परीक्षार्थीमध्ये ५८ हजार ८ सय ९७ जना (८१.१९ प्रतिशत) ले सबै विषयमा ग्रेड प्राप्त गरी सफलता हासिल गरेका छन्। मर्यादाविपरीत कार्य गरेको भन्दै बोर्डले ३ जना परीक्षार्थीको नतिजा
भने रद्द गरेको छ।

बोर्डका अनुसार नतिजामा चित्त नबुझेमा प्रतिविषय १ हजार रुपैयाँ दस्तुर तिरेर साउन २४ गतेदेखि ३० गतेसम्म अनलाइनमार्फत आवेदन दिन सकिनेछ। कम्तीमा ‘डी’ ग्रेड प्राप्त गर्ने विद्यार्थीहरूले नतिजा प्रकाशन भएको १० दिनपछि आवश्यक दस्तुर बुझाएर ट्रान्सक्रिप्ट तथा अन्य प्रमाणपत्रका लागि आवेदन दिन सक्ने बोर्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कन्सुलर प्रमाणीकरण सेवालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ सरकारले नेपाल ई–प्रमाणीकरण प्रणालीको शुभारम्भ गरेको छ । बिहीबार सिंहदरबारमा परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल ई–प्रमाणीकरण प्रणालीको शुभारम्भ गरेका हुन् । नेपाल ई–प्रमाणीकरण प्रणालीको शुभारम्भ भएसँगै कन्सुलर प्रमाणीकरण सेवा थप सहज, पारदर्शी, व्यवस्थित, प्रभावकारी र प्रविधिमैत्री हुने मन्त्री खनालले बताए । कन्सुलर सेवा विभागले विकास गरेको नयाँ प्रणालीमार्फत ...
: सिन्धुपाल्चोकमा उद्यमशीलता विस्तार हुने क्रम निरन्तर बढिरहेको देखिएको छ। पछिल्लो आर्थिक वर्ष २०८२/०८३ मा मात्रै जिल्लामा ६७ वटा नयाँ उद्योग दर्ता भएका छन्। उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय सिन्धुपाल्चोकका अनुसार कृषि, पर्यटन, उत्पादन, तथा सेवामूलक क्षेत्रका उद्योग थपिँदा जिल्लामा साना तथा घरेलु उद्योगको संख्या उल्लेखनीय रूपमा बढेको हो। नयाँ दर्ता भएका उद्योगहरुमा सेवामूलक २९, ...
: १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ । आयोजना प्रवद्र्धक स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडले बुधबार सुरुङको ब्लास्टिङ गर्दै कार्यको शुभारम्भ गरेको हो । कम्पनीका संस्थापक सञ्चालक भानेन्द्रकुमार लिम्बूका अनुसार सुरुङ ब्लास्टिङसँगै आयोजना निर्माणको चरणमा प्रवेश गरेको छ । निर्माण कार्यतालिका अनुसार सुरुङ निर्माणलाई आयोजनाको सबैभन्दा महत्वपूर्ण चरणमध्ये एक ...
: कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले वर्तमान संविधान अनुरूप राष्ट्रिय सेवा दल नयाँ मोडालिटी र व्यवस्थापन संरचना तयार गर्न कानून निर्माण गर्न खोजेको बताएकी छन् । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा राष्ट्रिय सेवा दल विधेयक, २०८३ उपर सैद्धान्तिक छलफलका क्रममा मन्त्री गौतमले २०२७ सालको पुरानो एक पन्नाको विधेयकलाई ...
: महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले महिला र पुरुषबीच स्थायी विभाजन सिर्जना गर्न वा लैंगिक असमानतालाई प्रोत्साहन गर्ने सरकारी नीति नभएको बताएकी छन् । बिहीबार राष्ट्रियसभा बैठकमा महिलाका लागि सरकारले अघि बढाएको निःशुल्क ब्लु बस सेवाको सम्बन्धमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिदै महिलाका लागि छुट्टै बस सेवा सञ्चालन गरेर ...