मुख्य समाचार
मन्त्री गौरी कुमारीले ग्याँस अभाव नभइ मागमा एकै पटक वृद्धि भई बजारमा केही असहजता सिर्जना भएको बताए
मन्त्री गौरी कुमारीले ग्याँस अभाव नभइ मागमा एकै पटक वृद्धि भई बजारमा केही असहजता सिर्जना भएको बताए

: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ग्याँस अभाव नभइ मागमा एकै पटक वृद्धि भई बजारमा केही असहजता सिर्जना भएको बताएकी छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन पहल भइरहेको समेत बताइन् । उनले सिलिन्डर ट्रयाकिङ प्रणाली निर्माण कार्य प्रारम्भ गरिएको र तत्कालका लागि उद्योगबाट भरिएका सिलिन्डरको बिक्री डिपो र विक्रेता विवरण मन्त्रालयको वेबसाइटमा राख्न थालिएको जानकारी दिए ।

ग्याँस आपूर्तिका लागि भारत सरकारसँग ३ महिनाको आयात कोटा ४९,५०० मेट्रिक टनबाट बढाएर ६०,००० मेट्रिक टन पुर्‍याउन सहजीकरणका लागि परराष्ट्र मन्त्रालयमार्फत अनुरोध गरिएको उनले बताइन् । साथै उनले कालोबजारी रोक्न निरन्तर अनुगमनको काम पनि भइरहेको उल्लेख गरिन् । उनले घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकतामा राखी अभिलेख राखेर व्यवस्थित रूपमा बिक्री वितरण गर्न तथा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र दीर्घरोगीलाई प्राथमिकता दिइएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। वर्षौंदेखि बन्द रहेको हेटौंडा कपडा उद्योगमा कपडा बुन्ने पुराना तान (लुम) फेरि चल्न थालेका छन् । उद्योगमा पुराना मेसिन मर्मत गरी आज शनिबार सफल परीक्षण उत्पादन सुरु गरिएको प्रधानमन्त्री बालेन्द्र शाहका निजी सचिव प्रदीप परियारले जनाएका छन् । परियारका अनुसार नेपाली सेनाको नेतृत्वमा उद्योगभित्र रहेका पुराना मेसिन तथा तानहरूको मर्मतसम्भार गरी परीक्षण उत्पादन सुरु गरिएको हो ...
। सल्यानमा सिकार खेल्ने क्रममा भरुबा बन्दुकबाट चलेको गोली लागेर एक जनाको मृत्यु भएको छ। कालीमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शुक्रबार सिकार खेल्ने क्रममा सोही गाउँपालिका-२ बराहडुंगाका करिब ६२ वर्षीय टोपबहादुर पुनमगरको मृत्यु भएको हो । प्रहरीका अनुसार पुनमगर साथीहरूसँग सिकार खेल्न जंगल गएका थिए। सिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चलेको थियो। गोली ...
। नेपाली कांग्रेसका पूर्वप्रवक्ता डा. प्रकाशशरण महतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किने क्रममा स्वागतका लागि उपस्थित हुन नेता–कार्यकर्ताहरूलाई आह्वान गरेका छन् । काठमाडौंको बसुन्धारामा शनिबार नुवाकोट–१ का अगुवा कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दै उनले पूर्वसभापति देउवाको स्वागतका लागि त्रिभुवन विमानस्थलमा उपस्थित हुन नेता–कार्यकर्ताहरूलाई आह्वान गरेका हुन् । महतले पूर्वप्रधानमन्त्री देउवा २६ गते बेलुका ९ः४५ बजे नेपाल आउने तय ...
। बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र–चतरा सडकबाट चार क्विन्टल १८ किलो गाँजासहित चार जना पक्राउ परेका छन् । बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको एउटा कार र अर्को मोटरसाइकलमा खानतलासी गर्दा २२ वटा पोकामा उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए । कार चालक धरान उपमहानगरपालिका–१३ का ३४ वर्षीय थमन राई र त्यसमा सवार ...
। प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय लाग्ने बताएका छन् । शुक्रबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले ढिलो होला तर गलत नहुने बताएका हुन् । उनले नआत्तिन पनि सबैलाई आग्रह गरेका छन् । शाहले सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्ने पनि बताएका छन् । कहिलेकाहीँ एक्लै लड्नुपर्ने र यो पहिलो चोटी नभएको बताएका ...