मुख्य समाचार
सुनकोशी नदीमा हाम फालेर बुधबार साँझदेखि बेपत्ता भएका मण्डनदेउपुर नगरपालिका–७ का पराजुली दम्पतीको खोजी कार्य निरन्तर
सुनकोशी नदीमा हाम फालेर बुधबार साँझदेखि बेपत्ता भएका मण्डनदेउपुर नगरपालिका–७ का पराजुली दम्पतीको खोजी कार्य निरन्तर

: काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा हाम फालेर बुधबार साँझदेखि बेपत्ता भएका मण्डनदेउपुर नगरपालिका–७ का पराजुली दम्पतीको खोजी कार्य निरन्तर छ ।

बेपत्ता पराजुली दम्पती खोजीका लागि प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी लगायत सुरक्षानिकायका प्रमुख आफै फिल्डमा खटिएका छन् । बुधबार साँझ करिब साढे ६ बजे मण्डनदेउपुर नगरपालिका–७ निवासी ६८ वर्षीय केदारनाथ पराजुली र उनकी ६७ वर्षीया श्रीमती तिलकुमारी पराजुली सुनकोशी नदीमा हामफाली बेपत्ता भएका थिए ।

सशस्त्र र नेपाल प्रहरीका साथै स्थानीयवासीहरूले खोजी गरे पनि नभेटिएपछि थप सुरक्षा टोलीसहित सुनकोशीमा उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले र्‍यापबोट र ड्रोन क्यामेराबाट खोजी जारी राखेको छ । साथै, घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। उच्च शिक्षा नीति कार्यशालाको पहिलो सत्र शुक्रबार सम्पन्न भएको छ । विश्वविद्यालयका शिक्षक तथा प्राध्यापकहरूको भर्ना, व्यावसायिक विकास तथा पदोन्नति प्रणालीलाई समय सापेक्ष, समावेशी र विश्वविद्यालयको संस्थागत मिसनसँग पङ्क्तिबद्ध बनाउने उद्देश्यले शिक्षा तथा खेलकुद मन्त्रालयले यो दुई दिने कार्यशाला आयोजना गरेको हो । कार्यशालामा राष्ट्रिय योजना आयोग, विश्वविद्यालय अनुदान आयोग, विभिन्न विश्वविद्यालयका उपकुलपति, शिक्षाविद्, अनुसन्धानकर्ता, ...
। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले काठमाडौं घोषणापत्र–२०८३ जारी गरेको छ । महासंघको दोस्रो राष्ट्रिय सम्मेलनले शनिबार २३ बुँदे काठमाडौं घोषणा जारी गरेको हो । घोषणापत्रमा आदिवासी जनजातिको राजनीतिक, आर्थिक, सामाजिक, भाषिक तथा सांस्कृतिक अधिकार सुनिश्चित गर्न संविधान संशोधनदेखि मातृ पार्टी कांग्रेसको विधान संशोधनसम्मका माग अघि सारिएको छ । महासंघले राज्यका सबै तहमा ...
। मल किन्न जाँदा भारतमा पक्राउ परेका दुई नेपाली किसान थुनामुक्त भएका छन् । बलरा–५, सर्लाहीका सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह त्यहाँको अदालतको आदेशअनुसार शुक्रबार धरौटीमा रिहा भएका हुन् । दुवैजना आजै रिहा भएको सुरेशप्रसादका छोरा अविनाश सिंहले जानकारी दिए । ‘आमा र भाइ, बुबा र ठूलो बुबालाई लिन डुमरवा जानुभएको छ’, उनले भने, ‘बुबाहरूलाई त्यहाँको ...
। संखुवासभाको मकालु गाउँपालिका –५ पाकपोकमा खोलाले बगाएर बेपत्ता भएका इदुवा हाइड्रोपावरका कर्मचारी तीन दिनपछि मृत भेटिएका छन् । मकालु गाउँपालिका –५ पाकपोकमा सिमली खोलाले बगाएर बेपत्ता भएका इदुवा हाइड्रोपावरका सुपरभाइजर २८ बर्षिया स्वागत निरौलाको शव बगाएको ठाउँदेखि करिब ८० मिटर तल खोचभित्र भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमार प्रसाद मैनालीले बताए ...
। जिल्ला अदालत मोरङले अभिषेक गिरीलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा प्रहरीले उनलाई बिहीबार काठमाडौंबाट पक्राउ गरेर विराटनगर ल्याएको थियो । मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार गिरीलाई पक्राउ परेको मितिदेखि लागु हुनेगरी चार दिनको म्याद थप भएको हो । गिरी गत असार ...