। लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले राजनीति सहज बाटोबाट अघि बढ्ने विषय नभएको बताएका छन् ।
शनिबार आयोजित अग्रगामी मोर्चा घोषणा कार्यक्रममा बोल्दै सत्ता र नेतृत्वमा पुग्नका लागी राजनीतिमा अनेक गतिविधि हुने गरेको उनले बताए ।
राजनीतिलाई ‘डर्टी गेम’को संज्ञा दिँदै उनले सत्ता प्राप्तिका लागि अष्टावक्रझैं ‘टेढा–मेढा बाटो’ पार गर्नुपर्ने बताए ।
‘राजनीतिमा जो कोही पनि ...
। वर्षौंदेखि बन्द रहेको हेटौंडा कपडा उद्योगमा कपडा बुन्ने पुराना तान (लुम) फेरि चल्न थालेका छन् ।
उद्योगमा पुराना मेसिन मर्मत गरी आज शनिबार सफल परीक्षण उत्पादन सुरु गरिएको प्रधानमन्त्री बालेन्द्र शाहका निजी सचिव प्रदीप परियारले जनाएका छन् ।
परियारका अनुसार नेपाली सेनाको नेतृत्वमा उद्योगभित्र रहेका पुराना मेसिन तथा तानहरूको मर्मतसम्भार गरी परीक्षण उत्पादन सुरु गरिएको हो ...
। सल्यानमा सिकार खेल्ने क्रममा भरुबा बन्दुकबाट चलेको गोली लागेर एक जनाको मृत्यु भएको छ।
कालीमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शुक्रबार सिकार खेल्ने क्रममा सोही गाउँपालिका-२ बराहडुंगाका करिब ६२ वर्षीय टोपबहादुर पुनमगरको मृत्यु भएको हो ।
प्रहरीका अनुसार पुनमगर साथीहरूसँग सिकार खेल्न जंगल गएका थिए। सिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चलेको थियो। गोली ...
। नेपाली कांग्रेसका पूर्वप्रवक्ता डा. प्रकाशशरण महतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किने क्रममा स्वागतका लागि उपस्थित हुन नेता–कार्यकर्ताहरूलाई आह्वान गरेका छन् ।
काठमाडौंको बसुन्धारामा शनिबार नुवाकोट–१ का अगुवा कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दै उनले पूर्वसभापति देउवाको स्वागतका लागि त्रिभुवन विमानस्थलमा उपस्थित हुन नेता–कार्यकर्ताहरूलाई आह्वान गरेका हुन् ।
महतले पूर्वप्रधानमन्त्री देउवा २६ गते बेलुका ९ः४५ बजे नेपाल आउने तय ...
। बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र–चतरा सडकबाट चार क्विन्टल १८ किलो गाँजासहित चार जना पक्राउ परेका छन् ।
बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको एउटा कार र अर्को मोटरसाइकलमा खानतलासी गर्दा २२ वटा पोकामा उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए ।
कार चालक धरान उपमहानगरपालिका–१३ का ३४ वर्षीय थमन राई र त्यसमा सवार ...