मुख्य समाचार
शिक्षासम्बन्धी विभिन्न माग पूरा नभएको भन्दै आगामी भदौदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा
शिक्षासम्बन्धी विभिन्न माग पूरा नभएको भन्दै आगामी भदौदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा

: नेपाल शिक्षक महासंघले सरकारसँग भएका सहमति कार्यान्वयन नभएको र विद्यालय शिक्षासम्बन्धी विभिन्न माग पूरा नभएको भन्दै आगामी भदौदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ।

महासंघको तेस्रो राष्ट्रिय परिषद्को बैठकले शुक्रबार सार्वजनिक गरेको निर्णयअनुसार विद्यालय शिक्षा ऐन शीघ्र जारी गर्न, शिक्षामा लगानी बढाउन, शिक्षक-कर्मचारीका सेवा-सुविधा र पेशागत अधिकार सुनिश्चित गर्न तथा विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन गराउन आन्दोलन गर्ने निर्णय गरेको हो। आन्दोलनको मिति र कार्यक्रम भने विस्तारित कार्यालय बैठकले तय गर्ने महासंघले जनाएको छ।

महासंघले विद्यालय व्यवस्थापन समितिको अधिकार कटौती नगर्न, प्रधानाध्यापकलाई बलियो प्रशासनिक तथा प्राज्ञिक नेतृत्वको भूमिका दिन, संस्थागत विद्यालयका शिक्षक-कर्मचारीको पेशागत सुरक्षा र उचित सेवा-सुविधा सुनिश्चित गर्न तथा ट्रेड युनियन अधिकारको संरक्षण गर्न सरकारसँग माग गरेको छ।

त्यस्तै सरकारले गत वैशाख १७ गते गरेको शिक्षकका लागि दुर्गम (स्थानीय) भत्ता उपलब्ध गराउने निर्णय तत्काल कार्यान्वयन गर्न, प्रारम्भिक बालकक्षा शिक्षक, विद्यालय कर्मचारी र सिकाइ अनुदानका शिक्षकका लागि दरबन्दी सिर्जना गरी स्थायी शिक्षकसरह तलब-भत्ताको व्यवस्था गर्न पनि महासंघले माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी संयुक्त राष्ट्रसंघको महासभामा तथ्य, प्रमाण र वैज्ञानिक दाबीसहित प्रस्तुत हुन प्रधानमन्त्री बालेन्द्र साहलाई सुझाव दिएका छन्। आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले प्रधानमन्त्रीको आसन्न विदेश भ्रमणलाई केवल औपचारिकता र ‘ग्रान्ड शो’ मा मात्र सीमित नगर्न आग्रह गरेका हुन्। विदेश भ्रमणको तयारीका लागि उनले ...
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई १२ वर्षसम्म मृत घोषणा गर्न नसकिने मौजुदा कानुनी व्यवस्था तत्काल संशोधन गर्न सरकारसँग माग गरेका छन्। आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको हकमा मौजुदा कानुन व्यावहारिक नभएको बताएका हुन्। मुलुकी देवानी संहितामा रहेको बेपत्तासम्बन्धी प्रावधानका ...
। गोरखाको चुमनुब्री गाउँपालिका–४, नाम्रुङका बाढी पीडितका लागि राहत सामग्री पठाउने तयारी गरिएको छ। गृहमन्त्री सुधन गुरुङको गृह पालिकाको नाम्रुङमा आइतबार बिहान बाढी आएको थियो। नाम्रुङको चाराङ लेक र चाराङ खोलामा आएको बाढी आएको हो। प्रारम्भिक विवरणअनुसार चाराङ लेक क्षेत्रमा लाक्पा बुटीका दुईवटा घर र छिरिङ वाङ्दीका तीनवटा घर, उर्गेन चेतन होटल र नुर्वु वाङ्गल होटल ...
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो समय मुलुकमा भइरहेका प्राकृतिक विपद् र भौतिक पूर्वाधारमा पुगेको क्षतिबारे गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन्। विशेषगरी जलविद्युत आयोजना र सुरुङ निर्माणका क्रममा विपद् व्यवस्थापनको पाटोलाई अब बेवास्ता गर्न नहुनेमा उनले जोड दिएका छन्। आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले अहिलेको पहिलो प्राथमिकता ...
। श्रम संस्कृति पार्टीका सांसद ध्रुबराज राईले पार्टी अध्यक्ष हर्कराज राई(साम्पाङ)को विचार अमर भइसकेको टिप्पणी गरेका छन् । आइतबार श्रम संस्कृति पार्टीको बागमती प्रदेश कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘हर्क साम्पाङले त आफ्नो इतिहास बनाइसक्नुभयो,’ सांसद राईले भने, ‘आजै हर्क साम्पाङ मरे पनि त्यो श्रम संस्कृति पार्कहरू मर्ने छैन । त्यो धरानको ...