मुख्य समाचार
अन्तरजातीय विवाह गरेकै कारण हत्या गरिएका काभ्रेका अजीत मिजारको परिवारले न्यायको याचनासहितमन्त्री र सांसदसँग भेट
अन्तरजातीय विवाह गरेकै कारण हत्या गरिएका काभ्रेका अजीत मिजारको परिवारले न्यायको याचनासहितमन्त्री र सांसदसँग भेट

। अन्तरजातीय विवाह गरेकै कारण हत्या गरिएका काभ्रेका अजीत मिजारको परिवारले न्यायको याचनासहितमन्त्री र सांसदसँग भेट गरेका छन् ।

१० बर्षदेखि न्यायको खोजीमा रहेको मिजार परिवारले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यकमन्त्री सीता बादी र सत्तारुढ रास्वपाका सचेतक प्रकाशचन्द्र परियारलाई भेटेको हो ।

अजितका बुबा हरिभक्त र आमा कालीले बादी र परियारलाई भेटेर पुन: फरेन्सिक परीक्षणको माग गरे । अन्तरजातीय विवाहको विषयलाई लिएर २०७३ सालमा अजितको रहस्यमय हत्या भएको थियो। अजितको शव अहिले पनि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ।

न्याय नपाएसम्म शव नबुझ्ने अडानमा रहेका मिजार दम्पतीले शुक्रबार​मन्त्रालयमा भएको छलफलका क्रममा नयाँ सरकारले न्याय दिलाउने आशा रहेको सुनाए। उनीहरूले घटनाको सत्यतथ्य बाहिर ल्याउन र निष्पक्ष छानबिन सुनिश्चित गर्न तथा अजितको शवको फरेन्सिक (विधि विज्ञान) परीक्षणको व्यवस्था मिलाइदिन माग राखे।


सो क्रममा मन्त्री सीता बादी र सचेतक प्रकाशचन्द्र परियारले मिजार परिवारको पीडाप्रति पूर्ण सहानुभूति प्रकट गर्दै न्याय दिलाउने प्रक्रियामा राज्यका तर्फबाट आवश्यक सहयोग र पहल गर्ने आश्वासन दिएका छन्।

काभ्रेका अजितको शव धादिङको गजुरी गाउँपालिकास्थित ठाँटीमा फेला परेको थियो। प्रहरीले परिवारलाई जानकारी नै नदिई शव उठाएर गाडेको थियो। पछि परिवार र अधिकारकर्मीको दबाबपछि शव उधिनेर पोष्टमार्टम गरिएको थियो। अजित हत्याको विषयमा जिल्ला, उच्च हुँदै सर्वोच्च अदालतसम्म पुगिसकेको छ।

तर प्रहरीकै मिलेमतो र प्रमाण संकलनमा कमजोरीका कारण आरोपितहरूले सफाइ पाएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी संयुक्त राष्ट्रसंघको महासभामा तथ्य, प्रमाण र वैज्ञानिक दाबीसहित प्रस्तुत हुन प्रधानमन्त्री बालेन्द्र साहलाई सुझाव दिएका छन्। आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले प्रधानमन्त्रीको आसन्न विदेश भ्रमणलाई केवल औपचारिकता र ‘ग्रान्ड शो’ मा मात्र सीमित नगर्न आग्रह गरेका हुन्। विदेश भ्रमणको तयारीका लागि उनले ...
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई १२ वर्षसम्म मृत घोषणा गर्न नसकिने मौजुदा कानुनी व्यवस्था तत्काल संशोधन गर्न सरकारसँग माग गरेका छन्। आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको हकमा मौजुदा कानुन व्यावहारिक नभएको बताएका हुन्। मुलुकी देवानी संहितामा रहेको बेपत्तासम्बन्धी प्रावधानका ...
। गोरखाको चुमनुब्री गाउँपालिका–४, नाम्रुङका बाढी पीडितका लागि राहत सामग्री पठाउने तयारी गरिएको छ। गृहमन्त्री सुधन गुरुङको गृह पालिकाको नाम्रुङमा आइतबार बिहान बाढी आएको थियो। नाम्रुङको चाराङ लेक र चाराङ खोलामा आएको बाढी आएको हो। प्रारम्भिक विवरणअनुसार चाराङ लेक क्षेत्रमा लाक्पा बुटीका दुईवटा घर र छिरिङ वाङ्दीका तीनवटा घर, उर्गेन चेतन होटल र नुर्वु वाङ्गल होटल ...
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो समय मुलुकमा भइरहेका प्राकृतिक विपद् र भौतिक पूर्वाधारमा पुगेको क्षतिबारे गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन्। विशेषगरी जलविद्युत आयोजना र सुरुङ निर्माणका क्रममा विपद् व्यवस्थापनको पाटोलाई अब बेवास्ता गर्न नहुनेमा उनले जोड दिएका छन्। आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले अहिलेको पहिलो प्राथमिकता ...
। श्रम संस्कृति पार्टीका सांसद ध्रुबराज राईले पार्टी अध्यक्ष हर्कराज राई(साम्पाङ)को विचार अमर भइसकेको टिप्पणी गरेका छन् । आइतबार श्रम संस्कृति पार्टीको बागमती प्रदेश कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘हर्क साम्पाङले त आफ्नो इतिहास बनाइसक्नुभयो,’ सांसद राईले भने, ‘आजै हर्क साम्पाङ मरे पनि त्यो श्रम संस्कृति पार्कहरू मर्ने छैन । त्यो धरानको ...