मुख्य समाचार
मधेश प्रदेशमा ९५ दशमलव ५१ प्रतिशत रोपाइँ
मधेश प्रदेशमा ९५ दशमलव ५१ प्रतिशत रोपाइँ

। मधेश प्रदेशमा ९५ दशमलव ५१ प्रतिशत रोपाइँ भएको छ । प्रदेश कृषि विकास निर्देशनालय धनुषाका अनुसार शुक्रबारसम्म प्रदेशभर तीन लाख ६५ हजार २९१ दशमलव १५ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ ।

प्रदेशका आठ जिल्लामध्ये सिरहा र बारामा शतप्रतिशत रोपाइँ सम्पन्न भएको छ । सिरहामा ५४ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने प्रदेश कृषि विकास निर्देशनालयका बागबानी अधिकृत किरण विश्वकर्माले जानकारी दिए । उनका अनुसार बारामा लक्ष्यभन्दा बढी रोपाइँ भएको छ ।

बारामा ४५ हजार १०० हेक्टर क्षेत्रफलमा रोपाइँ गर्ने लक्ष्य लिइएकामा यस वर्ष ४६ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ भएको अधिकृत विश्वकर्माले बताए । उनका अनुसार सप्तरीमा ९१ दशमलव २५ प्रतिशत, धनुषामा ९० प्रतिशत रोपाइँ भएको छ ।

जिल्लामा ४३ हजार ९०० हेक्टर क्षेत्रफलमा धानखेती हुने लक्ष्य रहेकामा हालसम्म ३९ हजार ३३० हेक्टरमा रोपाइँ सकिएको कृषि विकास निर्देशनालयले जनाएको छ ।


सर्लाहीमा ९९, रौतहटमा ९८, पर्सामा ९१, महोत्तरीमा ८१ दशमलव ६८ प्रतिशत रोपाइँ भएको कृषि विकास निर्देशनालयले जनाएको छ ।

मधेश प्रदेशमा कूल तीन लाख ८२ हजार ४३३ हेक्टर क्षेत्रफलमा धानखेती हुने अनुमान गरिएको छ ।

अनुकूल वर्षा र पर्याप्त सिँचाइ सुविधाका कारण यस वर्ष रोपाइँ सन्तोषजनक भएको अधिकृत विश्वकर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। वर्षौंदेखि बन्द रहेको हेटौंडा कपडा उद्योगमा कपडा बुन्ने पुराना तान (लुम) फेरि चल्न थालेका छन् । उद्योगमा पुराना मेसिन मर्मत गरी आज शनिबार सफल परीक्षण उत्पादन सुरु गरिएको प्रधानमन्त्री बालेन्द्र शाहका निजी सचिव प्रदीप परियारले जनाएका छन् । परियारका अनुसार नेपाली सेनाको नेतृत्वमा उद्योगभित्र रहेका पुराना मेसिन तथा तानहरूको मर्मतसम्भार गरी परीक्षण उत्पादन सुरु गरिएको हो ...
। सल्यानमा सिकार खेल्ने क्रममा भरुबा बन्दुकबाट चलेको गोली लागेर एक जनाको मृत्यु भएको छ। कालीमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शुक्रबार सिकार खेल्ने क्रममा सोही गाउँपालिका-२ बराहडुंगाका करिब ६२ वर्षीय टोपबहादुर पुनमगरको मृत्यु भएको हो । प्रहरीका अनुसार पुनमगर साथीहरूसँग सिकार खेल्न जंगल गएका थिए। सिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चलेको थियो। गोली ...
। नेपाली कांग्रेसका पूर्वप्रवक्ता डा. प्रकाशशरण महतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किने क्रममा स्वागतका लागि उपस्थित हुन नेता–कार्यकर्ताहरूलाई आह्वान गरेका छन् । काठमाडौंको बसुन्धारामा शनिबार नुवाकोट–१ का अगुवा कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दै उनले पूर्वसभापति देउवाको स्वागतका लागि त्रिभुवन विमानस्थलमा उपस्थित हुन नेता–कार्यकर्ताहरूलाई आह्वान गरेका हुन् । महतले पूर्वप्रधानमन्त्री देउवा २६ गते बेलुका ९ः४५ बजे नेपाल आउने तय ...
। बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र–चतरा सडकबाट चार क्विन्टल १८ किलो गाँजासहित चार जना पक्राउ परेका छन् । बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको एउटा कार र अर्को मोटरसाइकलमा खानतलासी गर्दा २२ वटा पोकामा उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए । कार चालक धरान उपमहानगरपालिका–१३ का ३४ वर्षीय थमन राई र त्यसमा सवार ...
। प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय लाग्ने बताएका छन् । शुक्रबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले ढिलो होला तर गलत नहुने बताएका हुन् । उनले नआत्तिन पनि सबैलाई आग्रह गरेका छन् । शाहले सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्ने पनि बताएका छन् । कहिलेकाहीँ एक्लै लड्नुपर्ने र यो पहिलो चोटी नभएको बताएका ...