मुख्य समाचार
साना आठ दलले ‘अग्रगामी मोर्चा’ गठन
साना आठ दलले ‘अग्रगामी मोर्चा’ गठन

। विभिन्न प्रगतिशील तथा परिवर्तनकारी राजनीतिक शक्तिहरूलाई एकताबद्ध गर्ने उद्देश्यसहित साना आठ दलले ‘अग्रगामी मोर्चा’ गठन गरेका छन् ।
जसपा नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, र खुम्बुवान राष्ट्रिय मोर्चाले ‘अग्रगामी मोर्चा’ गठन गरेका हुन् ।

नयाँ बानेश्वरको थापागाउँस्थित काठमाडौं ब्यांक्वेटमा आयोजित ‘अग्रगामी मोर्चा’ घोषणा कार्यक्रममा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्माले अवधारणा पत्र सार्वजनिक गरेका छन् ।

अवधारणा पत्रमा लोकतान्त्रिक, प्रगतिशील, सामाजिक लोकतान्त्रिक, क्रान्तिकारी, श्रमिक, समाजवादी तथा समावेशी राजनीतिक शक्तिलाई एकताबद्ध गर्ने प्रतिबद्धता जनाइएको छ ।

अवधारणा पत्रमा नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डता तथा राष्ट्रिय एकताको संरक्षणलाई प्राथमिकतामा राखिएको छ ।
राजनीतिक सत्ताको अत्यधिक केन्द्रीकरण, सर्वसत्तावाद र अधिनायकवादी प्रवृत्तिको अन्त्य गर्दै स्वतन्त्रता, समानता, लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्याय र मानव अधिकार सुनिश्चित गर्ने मोर्चाले लक्ष्य लिएको छ ।


मोर्चाले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक नेपाली समाजको विविधतालाई सम्मान गर्दै पछाडि पारिएका वर्ग तथा समुदायको उत्थानलाई प्राथमिकतामा राख्ने जनाएको छ ।

यस्तै जात, जाति, वर्ग, लिङ्ग, भाषा, धर्म, संस्कृति, भूगोल वा समुदायका आधारमा हुने सबै प्रकारका असमानता, विभेद, बहिष्करण र अन्याय अन्त्य गर्ने प्रतिबद्धता पनि अवधारणा–पत्रमा व्यक्त गरिएको छ ।

मधेसी, आदिवासी जनजाति, थारू, महिला, दलित, मुस्लिम, पिछडावर्ग, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक समुदाय, युवा, श्रमिक, किसान, ज्येष्ठ नागरिक तथा लैङ्गिक एवं यौनिक अल्पसंख्यकलगायत सबै समुदायलाई राज्यका सबै तहमा अर्थपूर्ण सहभागिता गराउन संघर्ष गर्ने मोर्चाले जनाएको छ ।
समानुपातिक प्रतिनिधित्व, समान अवसर, राज्यका स्रोत–साधनमा समान पहुँच तथा समान सम्मानमा आधारित समतामूलक लोकतान्त्रिक समाज निर्माण आफ्नो उद्देश्य रहेको मोर्चाको अवधारणा पत्रमा उल्लेख छ ।

मोर्चाले पारदर्शी, जवाफदेही र भ्रष्टाचारमुक्त शासन प्रणाली, स्वतन्त्र न्यायपालिका, सक्षम सार्वजनिक प्रशासन तथा गुणस्तरीय र सर्वसुलभ शिक्षा एवं स्वास्थ्य सेवाको विकासलाई पनि आफ्नो प्राथमिकतामा राखेको छ ।

आर्थिक समृद्धि, सामाजिक न्याय र दिगो विकासलाई आधार बनाएर न्यायपूर्ण एवं समतामूलक समाज निर्माणका लागि पूर्ण प्रतिबद्धताका साथ अघि बढ्ने घोषणा मोर्चाले गरेको छ ।

अवधारणा पत्रमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरी, प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सन्तोष परियार, नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारी, बहुजन एकता पार्टी, नेपालका अध्यक्ष डा. हरिनन्दन कुमार रञ्जन र खुम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष रामकुमार राईले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी संयुक्त राष्ट्रसंघको महासभामा तथ्य, प्रमाण र वैज्ञानिक दाबीसहित प्रस्तुत हुन प्रधानमन्त्री बालेन्द्र साहलाई सुझाव दिएका छन्। आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले प्रधानमन्त्रीको आसन्न विदेश भ्रमणलाई केवल औपचारिकता र ‘ग्रान्ड शो’ मा मात्र सीमित नगर्न आग्रह गरेका हुन्। विदेश भ्रमणको तयारीका लागि उनले ...
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई १२ वर्षसम्म मृत घोषणा गर्न नसकिने मौजुदा कानुनी व्यवस्था तत्काल संशोधन गर्न सरकारसँग माग गरेका छन्। आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको हकमा मौजुदा कानुन व्यावहारिक नभएको बताएका हुन्। मुलुकी देवानी संहितामा रहेको बेपत्तासम्बन्धी प्रावधानका ...
। गोरखाको चुमनुब्री गाउँपालिका–४, नाम्रुङका बाढी पीडितका लागि राहत सामग्री पठाउने तयारी गरिएको छ। गृहमन्त्री सुधन गुरुङको गृह पालिकाको नाम्रुङमा आइतबार बिहान बाढी आएको थियो। नाम्रुङको चाराङ लेक र चाराङ खोलामा आएको बाढी आएको हो। प्रारम्भिक विवरणअनुसार चाराङ लेक क्षेत्रमा लाक्पा बुटीका दुईवटा घर र छिरिङ वाङ्दीका तीनवटा घर, उर्गेन चेतन होटल र नुर्वु वाङ्गल होटल ...
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो समय मुलुकमा भइरहेका प्राकृतिक विपद् र भौतिक पूर्वाधारमा पुगेको क्षतिबारे गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन्। विशेषगरी जलविद्युत आयोजना र सुरुङ निर्माणका क्रममा विपद् व्यवस्थापनको पाटोलाई अब बेवास्ता गर्न नहुनेमा उनले जोड दिएका छन्। आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले अहिलेको पहिलो प्राथमिकता ...
। श्रम संस्कृति पार्टीका सांसद ध्रुबराज राईले पार्टी अध्यक्ष हर्कराज राई(साम्पाङ)को विचार अमर भइसकेको टिप्पणी गरेका छन् । आइतबार श्रम संस्कृति पार्टीको बागमती प्रदेश कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘हर्क साम्पाङले त आफ्नो इतिहास बनाइसक्नुभयो,’ सांसद राईले भने, ‘आजै हर्क साम्पाङ मरे पनि त्यो श्रम संस्कृति पार्कहरू मर्ने छैन । त्यो धरानको ...