मुख्य समाचार
महन्थ ठाकुरले राजनीति सहज बाटोबाट अघि बढ्ने विषय नभएको बताए
महन्थ ठाकुरले राजनीति सहज बाटोबाट अघि बढ्ने विषय नभएको बताए

। लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले राजनीति सहज बाटोबाट अघि बढ्ने विषय नभएको बताएका छन् ।

शनिबार आयोजित अग्रगामी मोर्चा घोषणा कार्यक्रममा बोल्दै सत्ता र नेतृत्वमा पुग्नका लागी राजनीतिमा अनेक गतिविधि हुने गरेको उनले बताए ।

राजनीतिलाई ‘डर्टी गेम’को संज्ञा दिँदै उनले सत्ता प्राप्तिका लागि अष्टावक्रझैं ‘टेढा–मेढा बाटो’ पार गर्नुपर्ने बताए ।

‘राजनीतिमा जो कोही पनि सधैँ सहज र सरल बाटोबाट अगाडि बढ्न सक्दैन । राजनीति आफैंमा एउटा ‘डर्टी गेम’ हो,’ उनले भने, ‘यसमा अष्टावक्रझैं टेढा–मेढा बाटाहरू पार गर्दै अनेकौं चुनौती र कठिनाइको सामना गर्दै सत्ता र नेतृत्वसम्म पुग्नुपर्ने अवस्था आउँछ ।’

राजनीतिमा टिकिरहन र अगाडि बढ्न सहज बाटो मात्रै पर्याप्त नहुने धारणा उनले राखे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा सक्रिय रहेका नेता–कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षाको जिम्मेवारी आफूले लिने बताएका छन् । शनिबार राप्रपाको काठमाडौं महानगरपालिका नगर अधिवेशन उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले पार्टीलाई नयाँ ढंगले अघि बढाउनु पर्ने अवस्था आएकाले पार्टीमा सक्रिय रहेका नेता–कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षाको जिम्मेवारी आफूले लिने भन्दै निराश नहुन आग्रह समेत ...
। रास्वपा सभापति रवि लामिछानेले आफू नेृतृत्वको दलले सञ्चालन गरिरहेको सरकारको उडानलाई गन्तव्यमा पुर्‍याएरै छाड्ने प्रतिबद्धता जाहेर गरेका छन् । शनिबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कहिलेकाहीँ जहाज बादलको टुक्रामा पुग्दा टर्बिलेन्स ९हलचल० हुने भए पनि त्यतिमै दुर्घटना हुन लागेको वा भएको भनेर बुझ्न नहुने उनको भनाइ थियो । ‘चिन्ता नगर्नुहोला, यो उडान जसलाई ...
: नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले चालक तथा सहचालकहरूको सुरक्षाका लागि कडा कानून बनाउन माग गरेका छन् । शनिबार काठमाडौंमा तारकेश्वर यातायात प्रालिको ७ औं साधारणसभा उद्घाटन गर्दै अध्यक्ष सिटौलाले सवारी दुर्घटना भएमा वा कुनै घटना घटेमा चालकहरूमाथि हुने हातपात र कुटपिट रोक्नका लागि प्रहरी र ट्राफिक सरह नै चालक तथा सहचालकहरूको ...
। धनकुटामा गुडिरहेको अटोमा आगलागी हुँदा अटो पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीबाट अन्दाजी २ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सुचना अधिकारी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए धनकुटा नगरपालिका वडा नं. १ त्रिशुलेस्थित कोशी लोकमार्गमा शनिबार हिलेबाट जोरपाटीतर्फ जाँदै गरेको को २ ह ८१७७ नम्बरको अटोमा अचानक आगलागी भएको ...
: भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित बारुदखाना चोकमा खाना पकाउने ग्यासको कालोबजारी गरेको अभियोगमा एक ब्यापारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ब्यापारी तुलसीराम त्वयना रहेका प्रहरीले जनाएको छ । त्वयना किराना पसलको सञ्चालक रहेका उनले खाना पकाउने एलपी ग्याँस उपभोक्तालाई प्रतिसिलिण्डर ७ हजार रुपैयाँको दरले बिक्री बितरण गरेको अभियोग छ । विशेष सूचनाको आधारमा ...