मुख्य समाचार
सरकारले आफ्नो बाचाअनुसार काम नगरे वा बाटो बिराएमा आफ्नै पार्टीले कान समातेर पुनः सही ट्र्याकमा ल्याउने सामथ्र्य राख्ने दाबी
सरकारले आफ्नो बाचाअनुसार काम नगरे वा बाटो बिराएमा आफ्नै पार्टीले कान समातेर पुनः सही ट्र्याकमा ल्याउने सामथ्र्य राख्ने दाबी

: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो बाचाअनुसार काम नगरे वा बाटो बिराएमा आफ्नै पार्टीले कान समातेर पुनः सही ट्र्याकमा ल्याउने सामथ्र्य राख्ने दाबी गरेका छन् ।

शनिबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले देशको वर्तमान राजनीतिक वातावरण र सानातिना उतारचढावबाट नआत्तिन आग्रह गरे । विगतका नेतृत्वलाई दोष देखाएर उम्किने पक्षमा आफूहरू नरहेको स्पष्ट पार्दै सभापति लामिछानेले अबको सम्पूर्ण जिम्मेवारी र उत्तरदायित्व आफूहरूले लिने बताए ।

‘हामीले एक मान्छेले अर्को मान्छेलाई प्रमिस गर्‍या होइन । हामीले हिस्ट्रीलाई प्रमिस गर्‍या हो, यो देशलाई, यो देशको जेनेरेसनलाई, आउने जेनेरेसनलाई प्रमिस गरेको हो । त्यसकारणले आफ्नो बाचा, आफ्नो प्रतिबद्धताबाट पछाडि हट्ने, भागने छुट हामी कसैलाई पनि छैन,’ उनले थपे, ‘सरकारले आफ्नो बाचा, आफ्नो लक्ष्यअनुसार काम गर्छ । सरकारले काम गरेन छ भने हामीसँग राजनीतिक पार्टी छ । बाटो बिरायो भने सरकारलाई जतिखेर पनि कान समाउन सक्ने क्षमता पोलिटिकल पार्टीले जहिले पनि राख्छ ।’




निजी क्षेत्रमा देखिएको अन्योलता र त्रासप्रति लक्षित गर्दै लामिछानेले व्यावसायिक क्षेत्रलाई आतंकित पार्न नहुनेमा जोड दिए ।

सरकारको कामकारबाही र बजारमा फैलिएका राजनीतिक अस्थिरताका हल्लाहरूलाई केवल ‘विकेन्ड स्न्याक्स’को रूपमा लिन आग्रह गरे । ‘कहीँ कतै सुनिन्छ कहिलेकाहीं योचाहिँ केही गडबड भयो कि, केही बिग्रियो कि, अलिकति राजनीतिक रूपमा अप्ठ्यारो पर्‍यो कि, झगडा पो पर्‍यो कि भने जस्ता कहिलेकाहीं रुमर्सहरू आउँछन्,’ उनले भने, ‘ती रुमर्सहरूलाई तपाईँहरूले मतलब आज विकेन्ड पनि हो, ती रुमर्सहरूलाई आज स्न्याक्सको रूपमा ग्रहण गर्नुहोला । त्यो रुमर्स स्न्याक्स मात्रै हो, त्यसको खासै त्योभन्दा बढी भ्यालु केही पनि छैन ।’

लामिछानेले हवाई उडानको उदाहरण दिँदै सरकार र देशको अवस्थाप्रति थप आश्वस्त पारे । उनले भने, ‘अलिकति टर्बुलियन्सहरू कहिलेकाहीं आइरहन्छन् यो यात्रामा । हिँडिरहँदाखेरि बाटोमा कहिलेकाहीं बादलका टुक्राहरूमा जहाज छिर्दाखेरि जहाज हल्लिन्छ । तर, जहाज हलियो भन्दैमा लौ दुर्घटनामा पर्ने भयो कि, खसिहाल्ने भयो कि भनेर डर मान्नु पनि पर्दैन । सिट ब्याक एन्ड रिल्याक्स, हामी सही ढंगले, असल नियतका साथ यो जहाजलाई गन्तव्यमा पुर्‍याउँछौं ।’

निजी क्षेत्रमा देखिएको अन्योलता र त्रासप्रति लक्षित गर्दै लामिछानेले व्यावसायिक क्षेत्रलाई आतंकित पार्न नहुनेमा जोड दिए । व्यापार व्यवसाय गर्दा कानुन परिपालनमा केही कमजोरी भएका भए तिनलाई आर्थिक अपराधका रूपमा हेरिनुपर्ने र अन्य अपराधी जसरी समात्ने वा थुन्ने त्रासमा व्यवसायीले काम गर्न नसक्ने उनको भनाइ थियो ।

सरकार बनेको चार महिना मूल्यांकनका लागि पर्याप्त नभए पनि प्राप्त सल्लाह र सुझावलाई मनन गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउँदै उनले सरकार पूर्ण रूपमा जिम्मेवार भएर काम गर्ने विश्वास दिलाए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कालिकोट पलाँता गाउँपालिकामा चिकित्सक एवं नर्समाथि अभद्र व्यवहार गर्ने र अस्पतालमा तोडफोड गर्ने तीन जना पक्राउ परेका छन्। वडा नं. ९ स्थित पलाँता अस्पतालमा कार्यरत चिकित्सक एवं नर्समाथि भएको दुर्व्यवहार एवं अभद्र व्यवहार गर्ने र अस्पतालमा अनधिकृतरुप प्रवेश गरी सामानहरु तोडफोड गर्ने कार्यमा संलग्न तीन जना व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य जारी रहेको प्रहरी निरीक्षक ...
। रास्वपा सभापति रवि लामिछानेले निजी क्षेत्रलाई डर र त्रासमा राखेर व्यापार गर्नसक्ने वातावरण नहुने बताएका छन् । यदी कुनै व्यापारी वा व्यावसायीले गल्ती कुनै समयमा गल्ती गरेको भए उसलाई आर्थिक अपराधको दृष्टिले मात्रै हेरिनुपर्ने सभापति लामिछानेको तर्क छ । शनिबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा अन्य अपराधीजस्तो कतिबेला थुन्ला भन्ने डर र त्रास ...
: सुनसरीको बराह क्षेत्रबाट प्रहरीले ४१८ किलो प्रतिबन्धित लागुऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको एउटा कार र एउटा मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ । सुनसरी बराहक्षेत्र नगरपालिका–९ स्थित बराहक्षेत्र–चतरा भित्री सडक खण्डमा लागूऔषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ ...
। रास्वपा सभापति रवि लामिछानेले सरकार र आफ्नो पार्टीभित्र केही गडबढ भयो भन्दै भएका हल्लाहरू ‘र्‍युमर’ (अफवाह) मात्रै रहेको दाबी गरेका छन् । शनिबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले त्यस्ता अफवाहरूलाई स्न्याक्सको रुपमा मात्रै ग्रहण गरिदिन आग्रह गरे । ‘कहिँकतै सुनिन्छ, केही गडबढ भयो कि केही बिग्रियो कि, राजनीतिक रुपमा अप्ठेरो पर्‍यो कि, ...
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा सक्रिय रहेका नेता–कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षाको जिम्मेवारी आफूले लिने बताएका छन् । शनिबार राप्रपाको काठमाडौं महानगरपालिका नगर अधिवेशन उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले पार्टीलाई नयाँ ढंगले अघि बढाउनु पर्ने अवस्था आएकाले पार्टीमा सक्रिय रहेका नेता–कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षाको जिम्मेवारी आफूले लिने भन्दै निराश नहुन आग्रह समेत ...