मुख्य समाचार
नेपाली सेनामा भर्ना गरिदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ
नेपाली सेनामा भर्ना गरिदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ

: नेपाली सेनामा भर्ना गरिदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुर बेलौरी नगरपालिका–८ बस्ने ३५ वर्षीय हरिश चन्द रहेका छन् ।

हरिशले नेपाली सेनामा भर्ती गराइदिन्छु भन्दै पीडितबाट २ लाख ४० हजार रूपैयाँ असुली गरी ठगी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत कैलालीबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारका पछिल्ला गतिविधि र अभिव्यक्ति संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने दिशातर्फ उन्मुख भएको बताएका छन् । विश्व आदिवासी दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै नेता आङ्देम्बेले जनताको लामो संघर्षबाट प्राप्त उपलब्धि मास्ने कुरा स्वीकार्य नहुने बताएका हुन् । ‘नेपालको संविधानले संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, सामाजिक न्याय तथा ...
: कालिकोट पलाँता गाउँपालिकामा चिकित्सक एवं नर्समाथि अभद्र व्यवहार गर्ने र अस्पतालमा तोडफोड गर्ने तीन जना पक्राउ परेका छन्। वडा नं. ९ स्थित पलाँता अस्पतालमा कार्यरत चिकित्सक एवं नर्समाथि भएको दुर्व्यवहार एवं अभद्र व्यवहार गर्ने र अस्पतालमा अनधिकृतरुप प्रवेश गरी सामानहरु तोडफोड गर्ने कार्यमा संलग्न तीन जना व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य जारी रहेको प्रहरी निरीक्षक ...
। रास्वपा सभापति रवि लामिछानेले निजी क्षेत्रलाई डर र त्रासमा राखेर व्यापार गर्नसक्ने वातावरण नहुने बताएका छन् । यदी कुनै व्यापारी वा व्यावसायीले गल्ती कुनै समयमा गल्ती गरेको भए उसलाई आर्थिक अपराधको दृष्टिले मात्रै हेरिनुपर्ने सभापति लामिछानेको तर्क छ । शनिबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा अन्य अपराधीजस्तो कतिबेला थुन्ला भन्ने डर र त्रास ...
: सुनसरीको बराह क्षेत्रबाट प्रहरीले ४१८ किलो प्रतिबन्धित लागुऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको एउटा कार र एउटा मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ । सुनसरी बराहक्षेत्र नगरपालिका–९ स्थित बराहक्षेत्र–चतरा भित्री सडक खण्डमा लागूऔषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ ...
। रास्वपा सभापति रवि लामिछानेले सरकार र आफ्नो पार्टीभित्र केही गडबढ भयो भन्दै भएका हल्लाहरू ‘र्‍युमर’ (अफवाह) मात्रै रहेको दाबी गरेका छन् । शनिबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले त्यस्ता अफवाहरूलाई स्न्याक्सको रुपमा मात्रै ग्रहण गरिदिन आग्रह गरे । ‘कहिँकतै सुनिन्छ, केही गडबढ भयो कि केही बिग्रियो कि, राजनीतिक रुपमा अप्ठेरो पर्‍यो कि, ...