मुख्य समाचार
ओमानसँगको सम्झौताले मात्र हर्मुज जलमार्ग नखुल्ने इरानको अडान
ओमानसँगको सम्झौताले मात्र हर्मुज जलमार्ग नखुल्ने इरानको अडान

: इरानले ओमानसँग स्ट्रेट अफ हर्मुजको नियन्त्रणसम्बन्धी सम्झौता अन्तिम चरणमा पुगेको तर यसले मात्र जलमार्ग खुला गर्न पर्याप्त नहुने बताएको छ। यसैबीच संयुक्त अरब इमिरेट्स (युएई) ले इरानले सो जलक्षेत्रमा अर्को जहाजमाथि मिसाइल प्रहार गरेको जनाएको छ।

इरान र ओमानबीच हर्मुज जलडमरूमध्यबारे हुने सम्झौतालाई युद्ध अन्त्य गर्ने व्यापक प्रयासको महत्त्वपूर्ण खुड्किलोका रूपमा हेरिएको छ। गत फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि सुरु भएको यस युद्धका कारण इरानले प्रमुख ऊर्जा निर्यात मार्गमा नियन्त्रण कायम गर्दै आएको छ।

ओमानले जहाजहरूमाथि भएका लगातारका आक्रमणहरूको भर्त्सना गर्दै इरानसँगको वार्ता 'सकारात्मक र रचनात्मक' रहेको जनाएको छ। ओमानको परराष्ट्र मन्त्रालयले सबै पक्षको हितलाई ध्यानमा राखी वार्तामा प्रभाव पार्ने कुनै पनि कार्य नगर्न आग्रह गरेको छ।

इरानी विदेशमन्त्री अब्बास अरागचीले ओमानसँग नयाँ समुद्री मार्गबारे सहमति 'निकै नजिक' पुगेको बताएका छन् । तर जलमार्ग पूर्ण रूपमा खुला गर्न अमेरिकाले इरानलाई क्षतिपूर्ति दिनुपर्ने लगायतका शर्तहरू पूरा हुनुपर्ने उनको भनाइ छ ।

इरानको उच्च राष्ट्रिय सुरक्षा निकायका सचिव मोहम्मद बाकेर जोल्कादरले इरानमाथिका धम्की, नाकाबन्दी र प्रतिबन्ध अन्त्य हुनुपर्ने, फ्रिज गरिएका इरानी सम्पत्ति फुकुवा हुनुपर्ने र लेबनान, प्यालेस्टाइन, यमन तथा इराकस्थित आफ्ना सहयोगीहरूमाथिको आक्रमण रोकिनुपर्ने माग राखेका छन्।

शनिबार युएईले आफ्नो राज्य सञ्चालित तेल कम्पनीसँग सम्बद्ध एक क्यारियरमाथि इरानले मिसाइल प्रहार गरेको जनाएको छ। यद्यपि, सो आक्रमणबाट कुनै मानवीय क्षति नभएको बताइएको छ। बेलायती समुद्री व्यापार अनुगमन निकायले पनि एक जहाजमा आगलागी भएको र पछि नियन्त्रणमा लिइएको पुष्टि गरेको छ।

अमेरिकी केन्द्रीय कमाण्डका अनुसार नाकाबन्दी सुरु भएयता मानवीय सहायता बोकेका ३० भन्दा बढी जहाजलाई आवतजावतको अनुमति दिइएको छ भने ५३ वटा जहाजलाई फर्काइएको छ।

इरानी क्रान्ति गार्ड्सले जलमार्ग खोल्ने विषय ओमानसँगको वार्तासँग नभई अमेरिकाले इरानका शर्तहरू स्वीकार गर्छ कि गर्दैन भन्ने कुरामा निर्भर रहने स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इरानी अधिकारीहरूले होर्मुज जलडमरूमध्यसम्बन्धी ओमानसँगको अन्तिम सम्झौताबारे छलफल गरिरहेका छन् । तर उच्च अधिकारीहरूले रणनीतिक महत्वको उक्त जलमार्ग पूर्ण रूपमा पुनःखोल्ने विषय अमेरिकाबाट हुने सहुलियतमा निर्भर रहने बताएका छन् । इरानका विदेशमन्त्री अब्बास अराघ्चीले शनिबार ओमानसँगको सम्झौता ‘अन्तिम चरणमा पुगेको’ बताएका छन् । तर उनले जलडमरूमध्य पूर्ण रूपमा खोल्ने विषय अमेरिकाले जुनमा भएको समझदारीपत्र अन्तर्गत ...
: ब्राजिलको रियो दि जेनेरियोमा हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । शनिबार भएको दुर्घटनामा हेलिकप्टरका पाइलटसहित तीन जना कोलम्बियाली महिलाको मृत्यु भएको कोलम्बियाली महावाणिज्यदूतले जनाएको छ । ती तीन महिला एउटै परिवारका सदस्य रहेको बताइएको छ । उनीहरू सहरको छेउमा रहेको बाक्लो जंगल र पहाडी क्षेत्र तिजुका राष्ट्रिय निकुञ्जमाथि पर्यटकीय भ्रमणका लागि ...
: मध्यपूर्वमा जारी तनावबीच अमेरिका र इरानबीच वार्ता जारी छ । सम्भवतः चाँडै नै यसबारे कुनै सकारात्मक खबर आउन सक्छ । तर, यसैबीच एउटा आश्चर्यजनक खबर बाहिर आएको छ । इजरायली सेनाले आफ्ना सबै सैन्य बिदा रद्द गरेको बताइएको छ । स्रोतका अनुसार, यस कदमले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानमाथि नयाँ हमला गर्ने तयारी गरिरहेको संकेत ...
। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी उपराष्ट्रपति जेडी भान्सबीच फोनवार्ता भएको छ । वार्ताका क्रममा भारत–अमेरिकाबीचको ‘व्यापक वैश्विक रणनीतिक साझेदारी’लाई विभिन्न क्षेत्रमा थप सुदृढ बनाउने उपायबारे छलफल भएको भारतीय प्रधानमन्त्री मोदीले बताएका छन् । शनिबार सामाजिक सञ्जाल एक्समार्फत मोदीले भान्ससँग फोनवार्ता भएको जानकारी दिँदै भारत–अमेरिका सम्बन्धलाई थप गहिरो बनाउने विषयमा छलफल भएको बताएका हुन् । मोदीले ...
: दक्षिण कोरियाली फुटबलमा करिब डेढ दशक पुरानो एउटा घटनाले अहिले ठूलो तरंग ल्याएको छ। अन्तर्राष्ट्रिय खेलअघि विदेशी रेफ्रीहरूलाई ‘यौन सेवा’ उपलब्ध गराएको आरोप लागेपछि दक्षिण कोरिया फुटबल संघ (केएफए) आलोचनाको केन्द्रमा परेको छ। आरोप सार्वजनिक भएपछि संघले विगतमा त्यस्ता ‘अप्रिय घटना’ भएकोमा दुःख व्यक्त गर्दै अहिले भने कडा आन्तरिक व्यवस्थापन निर्देशिका लागू गरिएको जनाएको ...