मुख्य समाचार
थापाले पार्टीले लोकतन्त्र, सामाजिक न्याय, समानता र समावेशिताको पक्षमा निरन्तर संघर्ष गर्दै आएको बताए
थापाले पार्टीले लोकतन्त्र, सामाजिक न्याय, समानता र समावेशिताको पक्षमा निरन्तर संघर्ष गर्दै आएको बताए

: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले लोकतन्त्र, सामाजिक न्याय, समानता र समावेशिताको पक्षमा निरन्तर संघर्ष गर्दै आएको बताएका छन्। विश्व आदिवासी दिवसको अवसरमा शुभकामना दिँदै उनले कांग्रेसकै नेतृत्वमा आदिवासी जनजाति प्रतिष्ठान जस्ता संस्थागत संरचनाको निर्माण समेत भएको उल्लेख गरेका हुन्।

उनले नेपाली कांग्रेसले आदिवासी जनजातिको हक र अधिकारका निमित्त संघर्ष गर्दै आइरहेको इतिहास साक्षी रहेको उल्लेख गरे। ‘नेपाली कांग्रेस लोकतन्त्र, सामाजिक न्याय, समानता र समावेशिताको पक्षमा निरन्तर संघर्ष गर्दै आएको पार्टी हो। नेपालको लोकतान्त्रिक आन्दोलनदेखि सामाजिक रूपान्तरणसम्म आइपुग्दा आदिवासी जनजाति लगायत सबै उत्पीडित, सीमान्तकृत र पछाडि पारिएका समुदायका अधिकार र सहभागिताका सवाललाई नेपाली कांग्रेसले आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण विषयका रूपमा आत्मसात् गर्दै आएको छ।’ उनले भनेका छन्, ‘​नेपाली कांग्रेसले आदिवासी जनजातिको हक र अधिकारका निमित्त संघर्ष गर्दै आइरहेको इतिहास साक्षी छ। आदिवासी जनजातिको भाषा, संस्कृति, परम्परा, पहिचान र अधिकारको संरक्षण तथा प्रवर्द्धनका लागि भएका विभिन्न संवैधानिक, कानुनी र संस्थागत पहलहरू त्यसै यात्राका महत्वपूर्ण उपलब्धि हुन्। नेपाली कांग्रेसकै नेतृत्वमा आदिवासी जनजाति प्रतिष्ठान जस्ता संस्थागत संरचनाको निर्माण समेत भएको छ।’

नेपालका आदिवासी जनजातिको उत्थान एवं अधिकार स्थापना तथा आदिवासीहरुको सांस्कृतिक संरक्षणमा समेत दिवसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सफलता प्राप्त होस् भन्ने कामना गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको वर्तमान संविधानले विविधतामा एकतालाई आत्मसात गर्दै सबै समुदायको हक र हितलाई सुनिश्चित गरेको बताएका छन् । आइतबार ३२औं विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जनजाति आयोगद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको बताउँदै परापुर्वकालदेखि बसोबास गर्दै आएका आदिबासी जनजातिको विशिष्ट पहिचान ...
: हरेक वर्ष गमगढी–नाक्चेलाग्ना सडक खण्डअन्तर्गत छायाँनाथ रारा नगरपालिका–१ अल्का साँघु भन्ने स्थानमा सास्ती खेप्दै आएका थिए। उक्त स्थानमा मोटरेवल पुल निर्माण सम्पन्न भएको १८ पुग्यो मुआब्जा बिवादका कारण प्रयोगमा नआएको यो पुल बुधबारबाट सञ्चालनमा आएपछि सर्वसाधरणलाई यातायातमा सहज भएको छ। निर्माण सम्पन्न भएको १८ महिनापछि मुआब्जा विवादमा जग्गाधनी र छायाँनाथ रारा नगरपालिकाको सहमति भएपछि लामो ...
: पशुपतिनाथको पर्यायको रुपमा रहेको नुवाकोटको उत्तर पूर्वी भेगमा रहेको करेजुङस्थित प्रसिद्ध दुप्चेश्वर धाममा भक्तजनहरुको आगमन दैनिक रुपमा बढिरहेको छ । साउन महिनामा साविकको भन्दा दुप्चेश्वरमा विशेष पुजा आराधना गर्ने भक्तजनहरु निकै बढेका छन् । देवताहरुको पनि देवता भगवान शिवको वासस्थान रहेको नुवाकोटको उत्तरी भेगमा रहेको प्रसिद्ध दुप्चेश्वर महादेवको मन्दिर रहेको धाममा साउन महिनाका साथै ...
: ३२ औं विश्व आदिवासी दिवसको अवसरमा काठमाडौँमा र्‍यालीको आयोजना गरिएको छ । दिवसको अवसरमा आइतबार काठमाडौंको भृकुटीमण्डपबाट विभिन्न आदिवासी जनजाति समुदायका मौलिक भेषभूषा, बाजागाजा, सांस्कृतिक झाँकी, लोकगीत तथा नृत्यसहितको र्‍याली निकालिएको छ । र्‍याली भद्रकाली, सहिदगेट, सुन्धारा, वीर अस्पताललगायत क्षेत्र हुँदै खुलामञ्चमा पुगेर मूल समारोहमा परिणत भएको हो । र्‍यालीमा ...
: राष्ट्रिय स्वतन्त्र पार्टीले भदौदेखि नागरिक, नीति र नेतृत्व कार्यक्रम सुरु गर्ने भएको छ। जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास गर्न सरकारमा सहभागी मन्त्रीहरू महिनामा कम्तीमा एक पटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवादमा जोडिने सहमहामन्त्री असिम शाहले जानकारी दिए। उनका अनुसार कार्यक्रमले भुइँमान्छेका आवाजलाई सीधै राज्यको नीति ...