मुख्य समाचार
ब्राजिलको रियो दि जेनेरियोमा हेलिकप्टर दुर्घटना
ब्राजिलको रियो दि जेनेरियोमा हेलिकप्टर दुर्घटना

: ब्राजिलको रियो दि जेनेरियोमा हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । शनिबार भएको दुर्घटनामा हेलिकप्टरका पाइलटसहित तीन जना कोलम्बियाली महिलाको मृत्यु भएको कोलम्बियाली महावाणिज्यदूतले जनाएको छ । ती तीन महिला एउटै परिवारका सदस्य रहेको बताइएको छ ।

उनीहरू सहरको छेउमा रहेको बाक्लो जंगल र पहाडी क्षेत्र तिजुका राष्ट्रिय निकुञ्जमाथि पर्यटकीय भ्रमणका लागि हेलिकप्टरमा सवार थिए । दुर्घटनापछि रियो दि जेनेरियोका मेयर एडुआर्डो काभालिएरीले पर्यटकीय हेलिकप्टर उडानको निगरानी थप कडा बनाउनु पर्ने बताएका छन् । नयाँ सुरक्षा उपाय लागू गर्ने क्रममा यस्ता उडान ‘एक–दुई हप्ताका लागि’ स्थगित गर्न सकिने समेत उनले बताएका छन् ।

काभालिएरीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तिजुका राष्ट्रिय निकुञ्जभित्र भिस्टा चिनेजा नजिकै आज भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारप्रति मेरो गहिरो समवेदना छ ।’ उनले ब्राजिलको राष्ट्रिय नागरिक उड्डयन एजेन्सीसँग आफूले सम्पर्क गरिरहेको पनि बताए । दुर्घटना भिस्टा चिनेजा नजिक भएको थियो । यो स्थान एउटा सानो बाँसको प्यागोडाले सजिएको प्रसिद्ध दृश्यावलोकन स्थल हो ।

तिजुका राष्ट्रिय निकुञ्ज रियो दि जेनेरियोको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो । यहाँबाट क्राइस्ट द रिडिमरको प्रतिमा र समुद्री किनारसहित सहरको मनोरम दृश्य देखिन्छ । कोलम्बियाली महावाणिज्यदूतका अनुसार हेलिकप्टरमा सवार तीनै महिला एउटै परिवारका थिए । उनीहरू एक बालिकाको १५ औं जन्मदिन मनाउन रियो आएका थिए ।

छ जनाको उक्त समूह हेलिकप्टरमा एक पटकमा तीन जना मात्रै अट्ने भएकाले दुई समूहमा विभाजित भएको थियो । दुर्घटनामा बालिकाकी हजुरआमा, काकी र भतिजीको मृत्यु भएको हो । रियो दि जेनेरियोका विभिन्न पर्यटकीय स्थललाई आकाशबाट हेर्न हेलिकप्टर सवारी लोकप्रिय बन्दै गएको छ । तर यसको सुरक्षालाई लिएर पछिल्लो समय चिन्ता पनि बढ्दै गएको छ । यसअघि जुन १४ मा रियोको पश्चिमी क्षेत्रमा पर्ने रेक्रीयो दोस बान्देइरान्तेसमाथि दुई हेलिकप्टर आकाशमै ठोक्किँदा छ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...