: पशुपतिनाथको पर्यायको रुपमा रहेको नुवाकोटको उत्तर पूर्वी भेगमा रहेको करेजुङस्थित प्रसिद्ध दुप्चेश्वर धाममा भक्तजनहरुको आगमन दैनिक रुपमा बढिरहेको छ । साउन महिनामा साविकको भन्दा दुप्चेश्वरमा विशेष पुजा आराधना गर्ने भक्तजनहरु निकै बढेका छन् ।
देवताहरुको पनि देवता भगवान शिवको वासस्थान रहेको नुवाकोटको उत्तरी भेगमा रहेको प्रसिद्ध दुप्चेश्वर महादेवको मन्दिर रहेको धाममा साउन महिनाका साथै शनिबार, आइतबार तथा अन्य विदाको दिन भक्तजनहरुको विशेष भीड लाग्ने गरेको छ । दैनिक रुपमा हजारौं भक्तजनहरु दुप्चेश्वर धाममा पुगिरहेका छन् ।
nullदुप्चेश्वर धाममा यहि साउनको चौंथोे शनिबार हजारौं भक्तजनहरुले दुप्चेश्वर धाम पुगेर पुजापाठ तथा दर्शन गरेको दुप्चेश्वर विकास कोषले जनाएको छ । कोषका अनुसार प्रसिद्ध दुप्चेश्वर धाम हिन्दु तथा वौद्धमार्गीको सामूहिक तीर्थस्थलको रुपमा विकसित भइरहेको छ । दुप्चेश्वर गापा–६ करेजुङको पहरामा रहेको दुप्चेश्वर धाममा शनिबार एकै दिन १० हजार भन्दा बढि भक्तजनले एकै दिन दर्शन र पुजाआजा गरेका छन् । पछिल्लो समय दैनिक हजारौं भक्तजनहरु दुप्चेश्वर पुगिरहेका छन् ।
हजारौं भक्तजनहरुले एकै दिन लाखौं रुपैया भेटी चढाउँदै आएका छन् । दुप्चेश्वर धाममा पुग्न नुवाकोटको विदुरबाट यातायातमा डेढ घण्टा र काठमाडौबाट दुई घण्टामा पुग्न सकिन्छ । हिन्दु र वौद्ध धर्मावलम्वीहरुको आस्थाको केन्द्र ऐतिहासिक तथा धार्मिक महत्वको दुप्चेश्वर महादेव मन्दिरमा भक्तजनहरु आगमनमा बढोत्तरी भएसँगै भेटी सङ्कलन कार्य पनि बढिरहेको दुप्चेश्वर गापा अध्यक्ष शंकरबहादुर थापाको भनाई छ । दुप्चेश्वर धाममा छिमेकी मुलुक भारतबाट समेत तीर्थालु आउने गरेका छन् ।
आकर्षक तथा मनमोहक स्थल तादी नदीको पूर्वी किनाराको पहाडमा अवस्थित दुप्चेश्वरमा साउनको चौंथो शनिबार एकै दिन सवा दुई लाख रुपैयाँ बढि भेटी संकलन भएको छ । दुप्चेश्वर धाममा शनिवार दुई लाख १७ हजार दुइसय १५ रुपैया भेटी संकलन भएको कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार संकलित भेटीमध्ये मन्दिरमा मध्यान्ह आरतीको ६६ हजार पाँच सय ५५ रुपैयाँ भेटी संकलन भएको छ । तीन वर्षदेखि दुप्चेश्वर धामबाट भक्तजनहरुले चढाएको भेटी दैनिक संकलन गरी प्रत्येक दिन बेलुका ५ बजे दुप्चेस्वर धाम परिसरमा सामूहिक रुपमा गणना गर्ने कार्य भइरहेको छ ।
कोषाध्यक्ष श्रेष्ठका अनुसार पछिल्लो तीन वर्षदेखि दुप्चेश्वर धाममा भक्तजनको उपस्थिति बढिरहेको र उचित व्यवस्थापनका लागि कोष तथा दुप्चेश्वर गापा कार्यालय समुन्द्रटार सक्रियतापूर्वक लागिरहेको छ । दुप्चेश्वर धाममा पछिल्लो समय भक्तजनहरु बढिरहेकोले हजारौं भक्तजनले पुजाआजा गरेका छन् ।
प्रसिद्ध दुप्चेश्वर धाममा आन्तरिक तथा वाह्य भक्तजनहरुको आगमन बढिरहेको दुप्चेश्वर गापा कार्यालयका भुपेन्द्र केसीको भनाई छ । नेपाल, भारत, भुटान, वर्मालगायतका स्थानमा चर्चा कमाइसकेको दुप्चेश्वर मन्दिरमा दैनिक रुपमा हजारौं भक्तजनहरु आउने क्रम समेत बढिरहेको छ । करेजुङको ठूलो पहरामा रहेको प्रसिद्ध दुप्चेश्वर महादेव धाममा शनिबार सात हजार वढि भक्तजनले दुप्चेश्वरको दर्शन र पुजाआजा गरेका छन् ।
nullदुप्चेश्वर धाममा दर्शन गर्नेहरुको घुइँचो बेलुकासम्म नै लागेको थियो । आकर्षक करेजुङ पहराको शितल र चिसो स्थानमा रहेको दुप्चेश्वरमा पुगेका सर्वसाधारणले गाईको दूध तथा पशुचौपायाको दाम्लो चढाउने समेत गर्दछन् । दुप्चेश्वरमा भक्तजनहरु बढेका कारण भेटी संकलन पनि बढेको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ ।
यातायात र सहज बाटो रहेका कारण नुवाकोटको तीर्थालुहरु बढेर प्रसिद्ध तीर्थस्थल दुप्चेश्वर धाममा धेरै भेटी रकम सङ्कलन भएको हो । प्रसिद्ध दुप्चेश्वर धाममा जान नुवाकोटको सदरमुकाम विदुर र काठमाडौबाट सिधै यातायातको साधन जाने गरेको छ भने सो मन्दिरमा हिन्दु तथा वौद्ध समुदायका सर्वसाधारण पुग्ने गरेका छन् ।