मुख्य समाचार
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको वर्तमान संविधानले विविधतामा एकतालाई आत्मसात गर्दै सबै समुदायको हक र हितलाई सुनिश्चित गरेको बताए
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको वर्तमान संविधानले विविधतामा एकतालाई आत्मसात गर्दै सबै समुदायको हक र हितलाई सुनिश्चित गरेको बताए

: राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको वर्तमान संविधानले विविधतामा एकतालाई आत्मसात गर्दै सबै समुदायको हक र हितलाई सुनिश्चित गरेको बताएका छन् ।

आइतबार ३२औं विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जनजाति आयोगद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको बताउँदै परापुर्वकालदेखि बसोबास गर्दै आएका आदिबासी जनजातिको विशिष्ट पहिचान र सँस्कृति नै नेपालको राष्टिय गौरव भएको उल्लेख गरे ।

उनले नेपालको दक्षिणी समथर भूभाग, तराई–मधेशको विकास र त्यहाँ रहेका आदिवासी समुदायको न्याय र अधिकार बिना समृद्ध नेपाल सम्भव नभएको उल्लेख गर्दै विगतमा भएका द्वन्द्व र असन्तुष्टिहरूलाई लोकतान्त्रिक संवाद र संवैधानिक प्रक्रियामार्फत हल गर्दै दिगो शान्ति र सामाजिक सबै समुदायबीचको आपसी सद्भाव र एकताले नै राष्ट्रिय अखण्डतालाई बलियो बनाउने विश्वास व्यक्त गरे ।

राष्ट्रपति पौडेलले राज्यको नीति निर्माण र निर्णायक तहमा आदिवासी जनजातिको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु सरकारको दायित्व भएको भन्दै पछिल्लो तथ्याङ्क अनुसार, स्थानीय तहमा आदिवासी जनजातिको प्रतिनिधित्व उत्साहजनक रूपमा ३६.८ प्रतिशत रहेको स्पष्ट पारे । राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि नै आदिवासी जनजातिको हक, हितको संरक्षण र संवद्र्धनका लागि संविधानमा आदिवासी जनजाति आयोग’ को व्यवस्था गरिएको बताए ।

राष्ट्रपति पौडेलले आदिवासी जनजातिमा रहेको परम्परागत ज्ञान, सीप र प्रविधिलाई व्यावसायिक रूपान्तरण गरी उनीहरूको आर्थिक सशक्तिकरण गर्नु आजको आवश्यकता भएको बताउँदै ओपन एयर लिभिङ म्युजियम जस्ता अवधारणाहरूमार्फत आदिवासी संस्कृतिलाई पर्यटनसँग जोडी आर्थिक लाभ लिने नीति हामीले अवलम्बन गर्नुपर्ने धारणा ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: हरेक वर्ष गमगढी–नाक्चेलाग्ना सडक खण्डअन्तर्गत छायाँनाथ रारा नगरपालिका–१ अल्का साँघु भन्ने स्थानमा सास्ती खेप्दै आएका थिए। उक्त स्थानमा मोटरेवल पुल निर्माण सम्पन्न भएको १८ पुग्यो मुआब्जा बिवादका कारण प्रयोगमा नआएको यो पुल बुधबारबाट सञ्चालनमा आएपछि सर्वसाधरणलाई यातायातमा सहज भएको छ। निर्माण सम्पन्न भएको १८ महिनापछि मुआब्जा विवादमा जग्गाधनी र छायाँनाथ रारा नगरपालिकाको सहमति भएपछि लामो ...
: पशुपतिनाथको पर्यायको रुपमा रहेको नुवाकोटको उत्तर पूर्वी भेगमा रहेको करेजुङस्थित प्रसिद्ध दुप्चेश्वर धाममा भक्तजनहरुको आगमन दैनिक रुपमा बढिरहेको छ । साउन महिनामा साविकको भन्दा दुप्चेश्वरमा विशेष पुजा आराधना गर्ने भक्तजनहरु निकै बढेका छन् । देवताहरुको पनि देवता भगवान शिवको वासस्थान रहेको नुवाकोटको उत्तरी भेगमा रहेको प्रसिद्ध दुप्चेश्वर महादेवको मन्दिर रहेको धाममा साउन महिनाका साथै ...
: ३२ औं विश्व आदिवासी दिवसको अवसरमा काठमाडौँमा र्‍यालीको आयोजना गरिएको छ । दिवसको अवसरमा आइतबार काठमाडौंको भृकुटीमण्डपबाट विभिन्न आदिवासी जनजाति समुदायका मौलिक भेषभूषा, बाजागाजा, सांस्कृतिक झाँकी, लोकगीत तथा नृत्यसहितको र्‍याली निकालिएको छ । र्‍याली भद्रकाली, सहिदगेट, सुन्धारा, वीर अस्पताललगायत क्षेत्र हुँदै खुलामञ्चमा पुगेर मूल समारोहमा परिणत भएको हो । र्‍यालीमा ...
: राष्ट्रिय स्वतन्त्र पार्टीले भदौदेखि नागरिक, नीति र नेतृत्व कार्यक्रम सुरु गर्ने भएको छ। जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास गर्न सरकारमा सहभागी मन्त्रीहरू महिनामा कम्तीमा एक पटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवादमा जोडिने सहमहामन्त्री असिम शाहले जानकारी दिए। उनका अनुसार कार्यक्रमले भुइँमान्छेका आवाजलाई सीधै राज्यको नीति ...
: सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्रबहादुर खड्काका अनुसार पक्राउ परेकाहरू घटनामा संलग्न रहेको आशंकामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो । उनीहरूमाथि ...