मुख्य समाचार
लेखा समितिले गत वर्ष २३ र २४ भदौको जेनजी आन्दोलनका क्रममा जलेका स्रेस्ता सम्बन्धमा छलफल हुने
लेखा समितिले गत वर्ष २३ र २४ भदौको जेनजी आन्दोलनका क्रममा जलेका स्रेस्ता सम्बन्धमा छलफल हुने

। प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले गत वर्ष २३ र २४ भदौको जेनजी आन्दोलनका क्रममा जलेका स्रेस्ता सम्बन्धमा छलफल गर्दैछ ।

यो विषयमा छलफल गर्न लेखा समितिले आगामी मंगलबार बिहान ११ बजे बैठक राखेको छ । बैठक सिंहदरवारस्थित समितिको बैठक कक्षमै बस्नेछ ।

समिति सभापति भरतबहादुर खड्काका अनुसार जेनजी आन्दोलनका क्रममा देशभर जेलकै जलेका स्रेस्ताहरूको सम्बन्धमा छलफल गर्न लागिएको हो ।

छलफलमा अर्थमन्त्री, अर्थ सचिव, मुख्य सचिव र महालेखा परीक्षकलाई बोलाइएको छ । जेनजी आन्दोलनमा कागजात जलेको भनेर लेखा परीक्षण नभएको विषयमा लेखा समितिले छलफल गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सर्वोच्च अदालतले संघीय वा प्रदेश सांसदहरूलाई ‘निर्वाचन क्षेत्र विकास कार्यक्रम’का नाममा बजेट परिचालन गर्न दिने अभ्यासलाई ‘विधायिकी अधिकारको गम्भीर विचलन’ भनी टिप्पणी गरेको छ । मधेश प्रदेश सरकारले दुई वर्षअघि प्रत्यक्ष र समानुपातिक सांसदहरूलाई बजेट परिचालन गर्न दिने भनी सञ्चालन गरेको कार्यक्रमबारे टिप्पणी गर्दै सर्वोच्च अदालतले त्यस्ता कार्यक्रम सञ्चालन गर्नु कानुन निर्माताहरूका लागि शोभनीय नहुने ...
। राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले मुलुकको प्रमुख प्रशासनिक केन्द्र ‘सिंहदरबार’को नाम परिवर्तन गर्नुपर्ने बताएका छन् । ललितपुरमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै ढकालले राजनीतिक परिवर्तनपछि देशका विभिन्न स्थान र विमानस्थलहरूको नाम परिवर्तन गरिए पनि सिंहदरबारको नाम यथावत रहेकोमा प्रश्न उठाए । नेपालमा सिंह नपाइने उल्लेख गर्दै ...
। हरेक वर्ष औसत २ लाख नेपाली विदेश घुमफिरमा निस्कने गरेको पाइएको छ । अध्यागमन विभागको तथ्यांक अनुसार सन् २०२१ देखि २०२५ सम्म वार्षिक औसत १ लाख ९९ हजार ९ सय ७६ नेपाली पर्यटन र तीर्थयात्रा भ्रमणमा जाने गरेको पाइएको हो । यो सूचीमा अध्ययन, परिवार र आफन्त भेटघाट, अस्थायी बसोबास र स्थायी बसोबासमा जाने नेपालीका तथ्यांक ...
। नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले गम्भीर राजनीतिक अस्थिरताको समयबाट नेपाल पार भएको बताएका छन् । क्युबामा सम्पन्न कम्युनिस्ट तथा मजदुर पार्टीहरूको २५औं अन्तर्राष्ट्रिय बैठकमा उनले जेनजी आन्दोलनले परिवर्तित देशको अवस्थाबारे जानकारी दिएका हुन् । ‘नेपालले हालै गम्भीर राजनीतिक अस्थिरताको कठिन समय पार गरेको छ,’ ज्ञवालीले भनेका छन्, ‘जेनजीको आन्दोलनका रूपमा सुरु भएको प्रदर्शन, पछि हिंसा र ...
। साउन करिब-करिब सकिन लाग्दासम्म देशभरिका उपभोक्ता खाना पकाउने एलपी ग्यास नपाएर आजित छन् । सहरका चोक-चोकमा रित्ता सिलिन्डरको लामो लाइन लाग्ने क्रम २४ दिसम्म पनि अझै रोकिएको छैन भने उपभोक्ता ग्यास नपाएर भान्सामा खाना पाकेन भन्न छाडेका छैनन् । कतै विक्रेताले एउटै सिलिन्डरको मूल्य ७-८ हजार रुपैयाँसम्म लिएर उपभोक्तालाई पीडामाथि पीडा थपेका छन् । बजारमा ग्यास वितरण ...