मुख्य समाचार
पूर्वमिस नेपाल आस्माकुमारी केसीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सक्रिय राजनीति गर्ने घोषणा
पूर्वमिस नेपाल आस्माकुमारी केसीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सक्रिय राजनीति गर्ने घोषणा

। पूर्वमिस नेपाल आस्माकुमारी केसीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सक्रिय राजनीति गर्ने घोषणा गरेकी छिन् । राजधानीमा आयोजित राप्रपाको कार्यक्रममा उनले युवा र पूर्वमिस नेपाल भएकाले देशको लागि काम गर्नु आफ्नो मूल दायित्व रहेको उनले बताएकी छन् ।

अब युवाले के चाहन्छन् भन्ने कुराले आफू उत्साहित रहेको जनाउँदै अस्मीले पार्टीको काठमाडौं कमिटीसँग नजिक रहेको आगामी दिनमा काम गर्ने बताइन् ।

उनले भनिन्, ‘आउने दिनमा म काठमाडौंको कमिटीसँग नजिक रहेर काम गर्न चाहन्छु । एक देशको युवा, पूर्वमिस नेपालको दायित्वले पनि देशको लागि काम गर्नु मुल दायित्व हो भन्ने मेरो मान्यता छ । अब युवाले के चाहन्छन् भन्ने कुराले अघि बढ्न म अति नै उत्साहित छु ।’

सो कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतले बोलेका थिए । केही वर्षअघि राप्रपाले आस्मालाई युवा केन्द्रीय सदस्यमा नियुक्त गरेको थियो । मिस नेपालको भूमिकामा काम गर्नुपर्ने भएकाले त्यतिबेला उनी सक्रिय राजनीतिमा देखिएकी थिइनन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण सुरु गरिएको गुल्मी अस्पतालको भवन पाँच वर्ष पुग्न लाग्दासमेत निर्माण पूरा हुन सकेको छैन् । आज यही अस्पतालको निरीक्षणमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल पुगे । अनुगमनपछि उनले ठेक्का रद्द गरी नयाँ टेन्डर आह्वान गर्न निर्देशन दिएका छन् । अनुगमनका क्रममा मन्त्री लम्सालले निर्माण कम्पनी, इन्जिनियर तथा ...
। बेलायतको राजधानी लन्डनलाई दशकौँदेखि अवसरको शहर मानिँदै आएको छ । राम्रो रोजगारी, उच्च शिक्षा, विश्वस्तरीय स्वास्थ्य सेवा र अन्तर्राष्ट्रिय जीवनशैलीका कारण लाखौँ मानिसको रोजाइमा पर्ने यो शहर अहिले भने नयाँ चुनौतीको सामना गरिरहेको छ । हालै सार्वजनिक राष्ट्रिय तथ्यांक कार्यालयको तथ्याङ्कअनुसार, जुन २०२५ सम्म एक वर्षको अवधिमा ४ लाख २० हजार ४९२ जना मानिस राजधानी ...
। सत्तारुढ दल रास्वपाले ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरु गर्ने भएको छ। आइतबार सहमहामन्त्री असिम शाहले विज्ञप्ति जारी गर्दै भदौ महिनाबाट कार्यक्रम सुरु गर्ने जानकारी दिएका हुन्। कार्यक्रमअन्तर्गत सरकारमा सहभागी रास्वपाका मन्त्रीहरू महिनामा कम्तीमा एक पटक अनिवार्य रूपमा पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवादमा जोडिनेछन्। यस कार्यक्रमले भुइँमान्छेका आवाजलाई सिधै राज्यको ...
। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले नेपालमा उच्च आर्थिक वृद्धि हासिल गर्न नीतिगत हस्तक्षेप र लगानी विस्तारलाई सँगसँगै लैजानुपर्ने बताएका छन् । आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले नीतिगत हस्तक्षेप र लगानी विस्तारका कारण विगतमा उच्च आर्थिक वृद्धिदर भएको बताएका हुन् । नेपालको दीर्घकालीन आर्थिक वृद्धिदर औसतमा करिब ४ प्रतिशत रहेको उल्लेख गर्दै उनले नीतिगत ...
। जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक कैदी धरानबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको सागुरीगढी–९ बस्ने ३५ वर्षीय भूपाल राई रहेका छन् । प्रहरीका अनुसार उनी शनिबार धरानबाट पक्राउ परेका हुन् । पक्राउ परेका राईलाई बाँकी कैद भुक्तानका लागि आइतबार झुम्का कारागार पठाइएको छ । गत २३/२४ भदौको जेनजी आन्दोलनमा उनी सुनसरीको झुम्का कारागारबाट फरार ...