। सट्टेबाजी खेलाएको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बुढानिकलण्ठ नगरपालिका–११ बस्ने ४१ वर्षीय प्रेम थापा छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
उनले २ करोड ७३ लाख ४३ हजार १७२ रुपैयाँ बराबरको सट्टेबाजी गराएको आरोप छ । पक्राउ परेका उनीविरुद्ध सट्टेबाजी गर्न नहुने कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।