मुख्य समाचार
बेन्जामिन नेतन्याहुले गाजाबारे ट्रम्पले अगाडि सारेको १५ बुँदे योजना अस्वीकार गरेका छन्
बेन्जामिन नेतन्याहुले गाजाबारे ट्रम्पले अगाडि सारेको १५ बुँदे योजना अस्वीकार गरेका छन्

। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगाडि सारेको १५ बुँदे योजना अस्वीकार गरेका छन् । उनले जबसम्म हमासले पूर्ण रूपमा हतियार बसाउँदैन, तबसम्म इजरायली सेना गाजाबाट नफर्किने पनि अडान लिएका छन् ।

‘इजरायले १५ बुँदे दस्ताबेज स्वीकार गर्दैन,’ आइतबार नेतन्याहुले भने, ‘हमासले पूर्ण रूपमा हतियार नबसाएसम्म इजरायली सेना फिर्ता हुन्न । र, इजरायल आफ्ना सैनिक र नागरिकका विरुद्धमा कुनै पनि खतरालाई रोकिरहन्छ ।’

पछिल्लो महिना मात्रै ट्रम्पको ‘बोर्ड अफ पिस’ले गाजामा हमाल र अन्य सशस्त्र संगठन पूर्ण निशस्त्रीकरणलाई लिएर सम्झाता भएको बताएको थियो । तर, त्यसको हमासले ठूलो हतियार बुझाउने फैसला इजरायलबाट सबै किसिमका हमला रोक्ने र गाजाबाट आफ्ना सेना फिर्ता बोलाउनेमा निर्भर रहने बताएको थियो ।

नेतन्याहुले हमासले पहिले हतियार छाड्नुपर्ने र यो प्रक्रिया केवल कागज वा देखावटी हुन नहुने बताएका छन् । उनले यस विषयमा अमेरिकी अधिकारीसँग कुराकानी भइरहेको पनि बताए ।


उनका अनुसार अमेरिकाका तर्फबाट केही यस्ता प्रस्ताव आएको, जुन इजरायलले स्वीकार गर्न नसक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...