मुख्य समाचार
पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेका विभिन्न गुप्तचरमा आधारित कारबाहीमा १५ जना लडाकु मारिए
पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेका विभिन्न गुप्तचरमा आधारित कारबाहीमा १५ जना लडाकु मारिए

। पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेका विभिन्न गुप्तचरमा आधारित कारबाहीमा १५ जना लडाकु मारिएका छन् ।

पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (आइएसपीआर)का अनुसार प्रान्तका मास्तुङ, बोलान, वाशुक, अवारान, सिबी, खुजदार, हरनाई र नुश्की जिल्लामा ती कारबाही सञ्चालन गरिएको हो ।

कारबाहीका क्रममा १५ जना लडाकू मारिनुका साथै उनीहरूको साथबाट ठूलो परिमाणमा हतियार तथा गोलाबारुद बरामद गरिएको आइएसपीआरले जनाएको छ ।

सुरक्षा कारबाहीबाट लडाकूहरूको सञ्जालमा ठूलो क्षति पुगेको तथा उनीहरूको गतिविधि र आवतजावतमा अवरोध सिर्जना भएको सेनाले जनाएको छ । पाकिस्तानी सुरक्षा बलले आतङ्कवाद पूर्ण रूपमा उन्मूलन नभएसम्म लडाकूविरुद्धका कारबाही निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दक्षिण अफ्रिकाको रुस्टनबर्गनजिकैको प्रयोगविहीन खानीमा चट्टान खस्दा १४ जना अनधिकृत खानी मजदुरको मृत्यु भएको छ भने आठ जना गम्भीर घाइते भएका छन् । प्रहरीले मङ्गलबार दुर्घटनाबारे जानकारी दिँदै उद्धार तथा घटनास्थलको अनुसन्धान अघि बढिरहेको जनाएको छ । जोहानेसबर्गबाट करिब १०० किलोमिटर उत्तरपश्चिममा रहेको रुस्टनबर्ग सहरनजिकै दुर्घटना भएको हो । घटनास्थलमा अधिकारीहरू पुग्ने क्रम जारी रहेकाले मृतक ...
। सिरियाको अदालतले अपदस्थ पूर्वराष्ट्रपति बशर अल असदलाई युद्ध अपराध र मानवताविरुद्धको अपराध गरेको ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ। डिसेम्बर २०२४ मा आफ्नो शासन ढलेपछि असद परिवारसहित दमास्कसबाट भागेर मस्को पुगेका थिए। यससँगै उनको परिवारको पाँच दशक लामो सत्तामाथिको पकड अन्त्य भएको थियो। यसै मुद्दामा अदालतले असदका नातेदार तथा दक्षिणी सिरियाको दारा प्रान्तमा राजनीतिक सुरक्षाका पूर्व ...
। अमेरिकी विदेश मन्त्रालयले राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता विदेशी नागरिकका १ लाख ७५ हजारभन्दा बढी भिसा रद्द गरेको जनाएको छ। मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यपत्रअनुसार यो संख्या ट्रम्पले जनवरी २०२५ मा दोस्रो कार्यकाल सम्हालेयताको हो। भिसाका सर्त उल्लंघन, आपराधिक गतिविधिसँग जोडिएका घटना, अमेरिकी नागरिकविरुद्ध हिंसाको आह्वान, ठगी, अध्यागमन प्रणालीको दुरुपयोग र राष्ट्रिय सुरक्षामाथिको जोखिमलाई ...
। कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १११ जनाको मृत्यु भएको छ । भूकम्पका कारण थुप्रै भवन भत्किएका छन् । केही मानिस भग्नावशेषमा फसेको आशंका गरिएको छ । मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन् । भूकम्पपछि सरकारले प्रभावित क्षेत्रमा आपत्कालीन अवस्था घोषणा गरेको छ । कोलम्बियाको भूगर्भीय सेवाका अनुसार स्थानीय समयअनुसार सोमबार बिहान ७ ...
: इरानी भूमिमा अमेरिकी सेना प्रवेश गरे उनीहरूको खुट्टा काटिदिने भन्दै इरानी सेनाले अमेरिकालाई कडा चेतावनी दिएको छ। इरानी सेनाका स्थल सेना कमाण्डर ब्रिगेडियर जनरल अली जहाँशाहीले आइतबार कुनै पनि विदेशी सेनाले इरानको भूमिमा पाइला राखेमा तत्काल र कडा जबाफ दिइने बताएका छन्। उनले कुनै पनि अमेरिकी सैन्यकर्मी इरान छिरेमा उसलाई रोकिने स्पष्ट पारेका हुन्।‘शत्रुको कारबाहीको प्रभावकारी ...