। राहदानी विभागले आवेदन फारममा उल्लेख भएको मिति र समयमा मात्रै उपस्थित हुन अपिल गरेको छ ।
राहदानी लिनका लागि सेवाग्राहीको भिड विभागमा लागेपछि सेवाग्राहीलाई आफूले आवेदनमा राखेको मितिमा उपस्थित हुन अपिल गरेको हो ।
केही दिनदेखि राहदानी लिनका लागि विभागमा भिड बढेको छ । आवेदनमा उल्लेखित समयमा छिटो गरी आवेदकहरू विभागमा आउने गरेको हुँदा पनि भिड बढ्न पुगेको विभागले जानकारी गराउँदै आएको छ ।