मुख्य समाचार
कोलम्बियामा विनाशकारी भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु
कोलम्बियामा विनाशकारी भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु

: कोलम्बियामा विनाशकारी भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ। कोलम्बियाली भूगर्भ सेवाका अनुसार स्थानीय समय अनुसार बिहान ७:३४ बजे ७.४ म्याग्निच्युडको भूकम्प गएको हो।

५७० जनाभन्दा बढी घाइते भएका छन्, भने देशका विभिन्न भागमा भवनहरू भत्किएर सयौँ मानिस पुरिएको आशंका गरिएको छ। विपद्को गम्भीरतालाई ध्यानमा राख्दै सरकारले देशभर 'आपत्कालीन अवस्था' घोषणा गरेको छ। देशका पाँच वटा प्रमुख सहरहरूलाई 'रेड अलर्ट'मा राखिएको छ

भूकम्पको केन्द्रबिन्दु चोको प्रान्तको सान होसे डेल पाल्मार गाउँ नजिकै १०३ किलोमिटर गहिराइमा रहेको थियो। यस भूकम्पको धक्का पश्चिमी कोलम्बियाका सयौँ माइल दूरसम्म तीव्र रूपमा महसुस गरिएको थियो।




भूकम्पका कारण देशको प्रसिद्ध कफी उत्पादन क्षेत्र पेरेरा शहर सर्वाधिक प्रभावित भएको छ। पेरेरा महानगर क्षेत्रमा मात्रै ४० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने यहाँ ६५ भन्दा बढी भवनहरू पूर्ण रूपमा भत्किएका छन्। तीमध्ये १५ वटा भवनभित्र अझै मानिसहरू थिचिएर परेको आशङ्का गरिएको छ।

पेरेराबाट करिब १६० किलोमिटर दक्षिणमा रहेको काली शहरमा पनि ३२ वटा भवनहरू ध्वस्त भएका छन्। यसबाहेक मनिजालेस, क्विब्डो र मेडेलिन लगायतका प्रमुख शहरहरूमा पनि मानवीय तथा भौतिक क्षति पुगेको छ। कोलम्बियाको 'एसोसिएसन अफ क्यापिटल सिटीज'ले जारी गरेको पछिल्लो विवरण अनुसार भूकम्पमा परी ४८० भन्दा बढी मानिस घाइते भएका छन्, जसको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।

कोलम्बियाली सुरक्षा निकाय, उद्धार टोली र स्थानीय स्वयंसेवकहरू भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धार कार्यमा तीव्र रूपमा जुटिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...