मुख्य समाचार
इरानी भूमिमा अमेरिकी सेना प्रवेश गरे उनीहरूको खुट्टा काटिदिने भन्दै इरानी सेनाले अमेरिकालाई कडा चेतावनी
इरानी भूमिमा अमेरिकी सेना प्रवेश गरे उनीहरूको खुट्टा काटिदिने भन्दै इरानी सेनाले अमेरिकालाई कडा चेतावनी

: इरानी भूमिमा अमेरिकी सेना प्रवेश गरे उनीहरूको खुट्टा काटिदिने भन्दै इरानी सेनाले अमेरिकालाई कडा चेतावनी दिएको छ।

इरानी सेनाका स्थल सेना कमाण्डर ब्रिगेडियर जनरल अली जहाँशाहीले आइतबार कुनै पनि विदेशी सेनाले इरानको भूमिमा पाइला राखेमा तत्काल र कडा जबाफ दिइने बताएका छन्।

उनले कुनै पनि अमेरिकी सैन्यकर्मी इरान छिरेमा उसलाई रोकिने स्पष्ट पारेका हुन्।‘शत्रुको कारबाहीको प्रभावकारी जबाफ दिनेछौँ’सरकारी सञ्चारमाध्यमका अनुसार अली जहाँशाहीले सम्भावित विदेशी सैन्य घुसपैठबारे चेतावनी दिँदै भने, 'यदि कुनै अमेरिकी सैन्यकर्मीले इरानमा पाइला राख्छ भने, हामी उसको खुट्टा काटिदिनेछौँ'

उनले इरान शत्रुको जुनसुकै कदमको दृढ र रोकथामयुक्त जबाफ दिन पूर्ण रूपमा तयार रहेको बताए। सीमा क्षेत्रमा सेनाको तैनाथी र तयारीबारे जानकारी दिँदै कमाण्डर जहाँशाहीले देशको सीमामा स्थल सेना युद्धका लागि पूर्ण रूपमा तयारी अवस्थामा रहेको जानकारी दिए।

इरानी सेनाले निरन्तर सीमा क्षेत्रका गतिविधि र सम्भावित खतराहरूमाथि कडा नजर राखिरहेको र सीमाको सुरक्षा मजबुत बनाइएको उनले दाबी गरे। मध्यस्थकर्तामार्फत सन्देश आदानप्रदान सैन्य चेतावनीका बिच अमेरिकासँगको कूटनीतिक सम्पर्क भने जारी छ, तर दुवै देशबिच प्रत्यक्ष वार्ता भने भएको छैन।

इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले आइतबार सरकारी सञ्चारमाध्यम ‘इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ’ (IRIB) सँग कुरा गर्दै हाल इरान अमेरिकासँग प्रत्यक्ष वार्तामा नरहेको स्पष्ट पारे। उनका अनुसार दुई देशबिच मध्यस्थकर्ताहरूमार्फत सन्देश आदानप्रदान भइरहेको छ। विदेशमन्त्री अराघचीले केही देशहरूले दुई देशबिच पुनः वार्ताको वातावरण बनाउन प्रयास गरिरहेको बताए।

यद्यपि, अमेरिकाले अघिल्ला सम्झौता उल्लङ्घनका विषयहरूलाई नसच्याएसम्म र भएको क्षतिको पूर्ति नगरेसम्म इरान प्रत्यक्ष वार्तामा नफर्किने उनको भनाइ छ। यसैबिच, इरानी विदेशमन्त्रीले स्ट्रेट अफ होर्मुजको विषयलाई लिएर ओमानसँग भइरहेको वार्ता अन्तिम चरणमा पुगेको बताएका छन्। दुवै देश उक्त जलमार्गको कानुनी व्यवस्थापन र जहाजहरूको नयाँ रुट निर्धारणबारे छलफलमा छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...