मुख्य समाचार
गण्डकी प्रदेश खेलकुद परिषद्(गखेप)ले वितरण गरेको खेलकुद पदकबारे छानबिन गर्न समिति गठन
गण्डकी प्रदेश खेलकुद परिषद्(गखेप)ले वितरण गरेको खेलकुद पदकबारे छानबिन गर्न समिति गठन

: गण्डकी प्रदेश खेलकुद परिषद्(गखेप)ले वितरण गरेको खेलकुद पदकबारे छानबिन गर्न समिति गठन गरिएको छ। गत असार ३० गते वितरण गरिएको खेलकुद पदक विवादमा आएसँगै प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले ३ सदस्यीय छानबिन समिति गठन गरेकी हुन्।

खेलकुद मन्त्रालयका सचिव डा. शेषनारायण पौडेलको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको हो। समितिलाई साउन २९ गतेभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ। मन्त्री गुरुङले पत्रकार सम्मेलनमा भनिन्, ‘पदक वितरणका बारेमा धेरै कुरा उठेका कारणले छानबिनका लागि समिति गठन गरेका छौं। सत्य तथ्य कुरा छिटै बाहिर आउनेछ।'

गण्डकी प्रदेश खेलकुद परिषदले ३० असारमा पोखरा रंगशालामा विशेष समारोह आयोजना गरी ‘गण्डकी प्रदेश खेलकुद पदक’ बाट ६ खेलाडी तथा प्रशिक्षक र चार खेल संघलाई सम्मान गरेको थियो। खेलाडीतर्फ भलिबलकी अरुणा शाही, आईटीएफ तेक्वान्दोकी सुस्मिता थापा मगर, आर्चरीका योगेन्द्र शेरचन र असिम शेरचन हुँदा क्रिकेट प्रशिक्षकतर्फ रिजन प्रजु सम्मानित भएका थिए।

खेलकुद पत्रकारितातर्फ केशव पाठक र संघ–संस्थातर्फ नेपाल भूतपूर्व खेलाडी मञ्चलाई पदक प्रदान गरिएको थियो। प्रदेश ह्यान्डबल संघ र गण्डकी प्रदेश फेन्सिङ संघ उत्कृष्ट खेल संघ तथा गण्डकी प्रदेश टेनिस संघ सर्वोत्कृष्ट प्रदेश खेल संघका रूपमा नगदसहित सम्मानित भएका थिए। छनोट समितिमै रहेको व्यक्तिहरूलाई पदक दिएपछि विवाद सिर्जना भएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इंग्लिस प्रिमियर लिगमा खेल भइरहेको छ। मैदानमा खेल भइरहँदा मैदानबाहिरको खेलको चर्चा पनि उत्तिकै छ। लिभरपुललाई उसकै मैदानमा ३–० ले हराउँदै म्यानचेस्टर सिटीले आफ्नो उत्कृष्ट लय कायम राखेको छ। एर्लिङ हालान्ड, जेरेमी डोकु र रयान चेर्कीको गोलमा सिटीले अंकतालिकाको शीर्ष स्थानमा तीन अंकको अग्रता बनायो। तर मैदानमा सिटीको प्रदर्शन जति प्रभावशाली देखियो, मैदानबाहिरको आर्थिक ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले अपि हिमाललाई समर्पित गर्दै नयाँ जर्सी सार्वजनिक गरेको छ। टोलीले जर्सीलाई ‘अपि एडिसन’ नाम दिएको छ । सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य, पर्यटन सम्भावना र जैविक विविधतालाई प्रवर्द्धन गर्ने उद्देश्यले तयार पारिएको जर्सीले अपि हिमाललाई विशेष रूपमा सम्मान गरेको छ । जर्सीको पछाडिको भागमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने ...
: आइसीसी विश्वकप लिग-२ अन्तर्गतको अन्तिम शृंखलाको पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको छ। नेपालले क्यानडालाई २४ रनले पराजित गरेको हो। ओमानस्थित एल अमेरत क्रिकेट मैदान(ट्रफ-१)मा नेपालले क्यानडालाई २११ रनमा अलआउट गरेको हो। क्यानडाका लागि आरोन जहन्सनले सर्वाधिक ४४ रन बनाए। त्यस्तै समित गोहेलले ३५, हम्जा तारिकले २६, श्रेयस मुफाले २६ र अखिल कुमार ३० रनमा अविजित ...
: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एकदिवसीय पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आइतबार क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमरातस्थित ओमान क्रिकेट मैदानमा हुने लिग–२ को अन्तिम शृंखला नेपालका लागि अंक तालिकामा आफ्नो अवस्था सुधार्ने र विश्वकप छनोटको सम्भावना बलियो बनाउने महत्त्वपूर्ण अवसर हो। यसअघिका शृंखलामा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको नेपाललाई अबका खेलमा नतिजामुखी प्रदर्शन आवश्यक छ। नेपाल ...
: दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशको सहभागिता र पदकको सम्भावना बढाउन खेलाडी छनोटदेखि बन्द प्रशिक्षणसम्मको तयारीलाई व्यवस्थित रुपमा अघि बढाइएको छ। छनोटमा ९ हजारभन्दा बढी खेलाडी सहभागी छन्। प्रदेशका १४ जिल्लाबाट ९ हजार ३१० खेलाडीले नाम दर्ता गराएपछि उत्कृष्ट खेलाडी पहिचान गर्ने प्रतिस्पर्धा सुरु भएको हो। छनोटका विभिन्न चरण पार गरेर यकिन गरिएका ...