मुख्य समाचार
नेपाली कांग्रेस संस्थापनइतर समूहका नेताहरूले पार्टीलाई एकढिक्का गर्न आफूहरूले प्रयास गरिरहेको बताए
नेपाली कांग्रेस संस्थापनइतर समूहका नेताहरूले पार्टीलाई एकढिक्का गर्न आफूहरूले प्रयास गरिरहेको बताए

: नेपाली कांग्रेस संस्थापनइतर समूहका नेताहरूले पार्टीलाई एकढिक्का गर्न आफूहरूले प्रयास गरिरहेको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित युवा भेलामा उनीहरूले पार्टीभित्र सबैलाई समावेश गरी एकताबद्ध बनाउने प्रयास गरिरहेको जनाएका हुन्।

कार्यक्रममा कांग्रेस नेता शशांक कोइरालाले विरोधी वा अन्य नेताहरूलाई गाली-गलौज गर्नुको साटो मौन रहनु वा उपेक्षा गर्नु नै ठूलो जवाफ भएको बताए। पार्टीभित्र सबैलाई समावेश गरी एकताबद्ध बनाउनु नै मुख्य प्राथमिकता रहेको भन्दै उनले सबैको हातमा हात मिलाएर अघि बढ्न सहयोगको खाँचो रहेको बताए। उनले संघर्षपूर्ण इतिहास बोकेको कांग्रेस पनि झन् निखारिँदै जाने र देशको भविष्य कांग्रेसमै सुरक्षित रहने उल्लेख गरे।

कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंहले पार्टीलाई समग्र रूपमा मिलाउनका लागि १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र विशेष महाधिवेशनबाट आएको समितिलाई एउटै ठाउँमा राख्नुपर्ने बताए। तीन दिने राष्ट्रिय भेला कुनै व्यक्तिगत पदका लागि नभई पार्टीको आन्तरिक सुदृढीकरण र एकताका लागि आयोजना गरिएको उनले बताए।

त्यस्तै कांग्रेसका अर्का नेता कृष्ण सिटौलाले सर्वोच्च अदालतले पार्टी एकताको बाटो खोलिदिएकाले संयमित, धैर्य र उत्साहवर्द्धक ढङ्गले देशभर पुगेर आफ्ना कुराहरू राख्ने बताए। उनले कांग्रेसका नेता तथा कार्यकर्ताहरू व्यक्तिगत स्वार्थका लागि नभई देश र राष्ट्रको सेवा गर्ने भावनाले संगठित भएको उल्लेख गरे। विशेष महाधिवेशनबाट आएको नेतृत्वले अधिनायकवादी शैली अपनाएको उनले आरोप लगाए।

त्यस्तै कांग्रेस नेता मोहन बस्नेतले कांग्रेसलाई फुटाउन नभई थप बलियो, जाँगरिलो, ठूलो र सशक्त बनाउन तथा मुलुकको भविष्य हाँक्नसक्ने हैसियतको पार्टी निर्माण गर्न अभियान चलाइएको उल्लेख गरे। नेता बस्नेतले यदि साउन २८ गतेसम्म गगन थापाले निकास नदिएमा २९ गतेदेखि पार्टीले नयाँ कार्यदिशा तय गरी नयाँ सुरुवात गर्नसक्ने चेतावनी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्रबहादुर शाहीले सामाजिक सञ्जालमा आफूविरुद्ध विभिन्न किसिमका आरोप र भ्रमपूर्ण सामग्री सार्वजनिक गरिएको बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले आफूलाई लागेको आरोपको खण्डन गर्दै संसद्मै 'अग्निपरीक्षा' दिन तयार रहेको बताए। उनले आफूले मदिरा सेवन नगरेको दाबी गर्दै चिकित्सकसहितको टोलीबाट आफ्नो शरीर परीक्षण गर्न चुनौती समेत दिए। 'आज यो ...
: कपिलवस्तुको यशोधरा गाउँपालिका–८ शिवखोरस्थित वाणगंगा नदीमा पौडी खेल्ने क्रममा बेपत्ता दुई बालकको सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी सुरु गरेको छ। शनिबार दिउँसो गाईवस्तु चराउन गएका स्थानीय १४ वर्षीय सर्फराज मुसलमान र १४ वर्षीय उबेद मुसलमान आइतबार साँझ नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए। बेपत्ता बालकको खोजीका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम ...
: सुनसरीको देवानगन्ज घटनाका मृतकलाई तत्काल शहीद घोषणा गर्न माग गरिएको छ। राष्ट्रियसभा सदस्यसमेत रहेका जनता समाजवादी पार्टी नेपालका नेता महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, राष्ट्रिय निर्माण दलका समिम मिया अन्सारीलगायतले एक विज्ञप्ति जारी गरेर उक्त माग गरेका हुन्। विज्ञप्तिमा देवानगन्ज घटनापछि पीडित परिवारसँग सरकारले गरेको लिखित सम्झौतामा मृतकलाई शहीद घोषणा गर्ने, ...
: दक्षिणी झापाको कचनकवलबाट प्रतिबन्धित भारतीय ब्रान्डका औषधिहरू बोकेको एउटा इभी गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म घेराबारीबाट खटिएको टोलीले आज बिहान १०:५५ बजेको समयमा कचनकवल गाउँपालिका–३ बगानमा भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०१–००२ च १०१७ नम्बरको इभी कारलाई शंकास्पद अवस्थामा चेकजाँच गरेको थियो। प्रहरी टोलीले चेकजाँच गर्न ...
: साँगुरीगढी गाउँपालिका–८ हर्चुवास्थित खहरे खोल्सीबाट प्रहरीले वेवारिसे अवस्थामा रहेको एकनाले भरुवा बन्दुक बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार सोमबार बिहान करिब १०:२० बजे इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी गस्ती टोलीले पालिकाका विभिन्न स्थानमा गस्ती गर्ने क्रममा ढुंगाको चेपमा लुकाइराखेको अवस्थामा उक्त बन्दुक फेला पारेको हो। प्रहरी टोलीले एक नाले भरुवा बन्दुक बरामद ...