मुख्य समाचार
कप्तानगञ्जमा यही साउन १० गते भएको घटनामा मृत्यु भएका रवीन्द्रकुमार मेहताको परिवार र सरकारबीच सातबुँदे सहमति
कप्तानगञ्जमा यही साउन १० गते भएको घटनामा मृत्यु भएका रवीन्द्रकुमार मेहताको परिवार र सरकारबीच सातबुँदे सहमति

। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा यही साउन १० गते भएको घटनामा मृत्यु भएका रवीन्द्रकुमार मेहताको परिवार र सरकारबीच सातबुँदे सहमति भएको छ ।

मेहताका अभिभावक र गृहमन्त्री सुधन गुरुङबीच सोमबार सहमति भएको हो ।

सहमतिअनुसार मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइने भएको छ ।

सहमतिमा साउन १० गते राति देवानगञ्ज–३, कसानगञ्जमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीउपर प्रचलित कानुनबमोजिम आवश्यक कारबाही तत्काल अघि बढाउने उल्लेख छ ।


यस्तै, देवानगञ्ज–३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल प्रारम्भ गर्ने सहमति भएको उनको सचिवालयले जनाएको छ ।

सहमति पत्रमा सरकारले मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारी उपलब्ध गराउन आवश्यक पहल गर्ने भएको छ ।

घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेस गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिस प्रचलित कानुनबमोजिम कार्यान्वयन गर्न आवश्यक प्रक्रिया अघि बढाउने पनि सहमतिमा उल्लेख छ ।

त्यसैगरी, नेपाल सरकारले मृतकको शव नेपाली सेनाको हेलिकोप्टरमार्फत देवानगञ्ज गाउँपालिका–३ सुनसरी लैजाने व्यवस्था गरी मृतकको दाहसंस्कार गर्ने सहमति गरेको छ ।

घटनामा मृत्यु भएका तीन जनाको सम्झनामा गाउँपालिकाको उपयुक्त क्षेत्रमा स्थानीय सरकारसँगको समन्वयमा यसै वर्ष बजेट विनियोजन गरी स्मृति पार्क निर्माण गर्ने सहमति पनि भएको छ ।

रविन्द्र मेहताको शव ६ दिनदेखि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा आज बिहान पहिरोले पुरिँदा एक जना बेपत्ता र एक जना घाइते भएका छन् । विद्युतगृहका कामदार अन्नपूर्ण-६ का ५५ वर्षीय दीपक बरुवाललाई पहिरोले पुरेर बेपत्ता बनाएको र गौरीगङ्गा नगरपालिका-५ का ३१ वर्षीय सुरेन्द्र विक घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, ...
। पर्सामा प्रहरीले ५२ लाख ५० हजार स्रोत नखुलेको रकमसहित ४ जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका-१० आदर्शनगरबाट उक्त रकमसहित चार जनालाई नियन्त्रणमा लिएको हो । प्रदेश २-०३-००३ प७२१५ र ना५७प५१८२ नम्बरको मोटरसाइक खानतलासी गर्दा उक्त रकम बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारतको विहार जिल्ला सितामढी थाना डुमराका ...
। वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा निर्मलकुमार उप्रेती नियुक्त भएका छन् । मन्त्रिपरिषद्को आज बसेको बैठकले उप्रेतीलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । युवा, श्रम तथा रोजगार मन्त्रालयले बोर्डको रिक्त रहेको कार्यकारी निर्देशक पदका लागि आवेदन आह्वान गरेको थियो । जसका लागि १३ जनाले आवेदन दिएका थिए । तीमध्ये ६ जना अन्तर्वार्ताका लागि छनौटमा ...
। नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच मंगलबार भेटवार्ता भएको छ । बिहान विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा दुई नेताबीच छलफल भएको हो । कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले भेट भएको पुष्टि गरे । उनले बिहान साढे ९ बजे विशालनगरमा भेट भएको जानकारी दिँदै पार्टीभित्रको आन्तरिक विवाद समाधानका विषयमा केन्द्रित रहेर कुराकानी भएको ...
। धनकुटामा १० जातको कोदो रोपेर उत्पादन, अनुकूलता र सम्भावनाको अध्ययन सुरु गरिएको छ । धनकुटा नगरपालिका वडा नं. ८ खाम्बेलाको बारीमा १० जातका कोदो रोपेर परीक्षण सुरु गरिएको हो । एउटै बारीमा फरकफरक जातका कोदो रोपेर वैज्ञानिक अनुसन्धान सुरु गरिएको हो । झट्ट हेर्दा हेर्दा सामान्य कोदो खेतीजस्तै देखिए पनि साना–साना प्लटभित्र कोदो रोपेर अनुसन्धान ...